२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

शिक्षालय नै विभेदका अखडा!

नेपालको शिक्षा प्रणाली एकथरी मानिसलाई सधैँ सम्पन्न र अर्काथरी मानिसलाई संधैभरि विपन्न बनाइरहने प्रकृतिको देखिन्छ।

लुम्बिनी प्रदेश: स्थायी राजधानीमा तत्काल तीन मन्त्रालय

प्रदेश पूर्वाधार बिकास प्राधिकरणका अनुसार स्थायी राजधानीमा थप दुई मन्त्रालय आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भुमि ब्यवस्था सहकारी तथा कृषि मन्त्रालय स्थानान्तरणको अन्तिम तयारी भैरहेको छ।

स्वास्थ्य मापदण्ड लत्याउँदा जोखिममा शिक्षालय

भेरी अस्पतालका अनुसार कोरोना भाइरसका नयाँ संक्रमितमा धेरैजसो शिक्षक, विद्यार्थी र अभिभावक छन्। कतिपय विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरे पनि धेरैजसोले त्यसलाई लत्याएका छन्। ‘कोरोना भाइरसका नयाँ संक्रमित विद्यालयबाटै फेला परिरहेका छन्। समयमै विद्यालय बन्द गर्ने विषयमा कुनै पनि जिम्मेवार निकाय गम्भीर भएनन्,’ एक अभिभावकले भने।

लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि बाटो खुल्यो

गत १ गते बसेको मन्त्री परिषद बैठकले प्राविधिक शिक्षालयको कम्पाउण्ड भित्र रहेको १७ बिघा जग्गा तथा भौतिक संरचना प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो । संघीय सरकारको यो निर्णय संगै स्थायी राजधानीमा प्रदेशसभा स्थापनाका लागि बाटो खुलेको छ ।

लुम्बिनी प्रदेश : स्थायी राजधानीमा प्रदेशसभा सञ्चालनका लागि पहल

स्थायी राजधानीको डिपिआर सुरु गरिसकेको सरकारले राप्ती गाउँपालिकामा रहेको प्राविधिक शिक्षालयको स्वामित्व लिन प्रकृया सुरु गरिसकेको छ । यो प्राविधिक शिक्षालाई लाई खालि गरेर यसको स्वामित्व आँफूमा निहित राख्नका लागि प्रकृया अगाडी बढाईसकेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

‘निजी शिक्षालयको १० अर्ब जोखिममा’

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) तर्फका प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेजी गरी निजी शैक्षिक संस्थालाई डुबाउने खेल खेलेको निजी शैक्षिक संस्थाहरूले बताएका छन् ।

कर्णालीबाट स्नातक तहमा फार्मेसी पढाई

नेपालको सबैभन्दा पुरानोे प्राविधिक शिक्षालय ‘कर्णाली प्राविधिक शिक्षालय जुम्ला’मा यो वर्षदेखि स्नातक तहमा फार्मेसीको पढाई हुने भएको छ ।

ताप्लेजुङमा प्राविधिक शिक्षालय निर्माण कार्य आरम्भ हुने

ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा चालू आर्थिक बर्षबाटै हरि नेपाल स्मृति बहुप्राविधिक शिक्षालय निर्माणको प्रकृया सुरु हुने भएको छ । जग्गा व्यवस्थापन सहितका समस्याले अहिले सम्म अल्झिएको यो कार्यले सोमवारबाट गति लिएको हो । फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाको सिद्धिडाँडामा बन्ने शिक्षालयका लागि आवश्यक पर्ने जग्गाको बन्दोबस्ती भई त्यसको प्राविधिक स्केच तयार गरिएको छ ।

धादिङमा प्राविधिक शिक्षालय

जर्मन उपमन्त्री नोर्बर्ट बार्थले नेपालमा जलस्रोतको उपयोग गरी ऊर्जा क्षेत्रमा उन्नति गर्न सकिने वातावरण भए पनि अझै अन्धकारमा बस्नुपर्ने परिस्थितिप्रति दुःख व्यक्त गर्दै यो अवसरलाई सदुपयोग गर्न आग्रह गरे।

चौतारामा बहुप्राविधिक शिक्षालय

प्रदेश सरकारले शिक्षा क्षेत्रको गौरवको योजनाअन्तर्गत मकवानपुरको हेटौंडा र सिन्धुपाल्चोकको चौतारामा दुईवटा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने नीति अघि सारेको छ। महाविद्यालय स्थापनार्थ प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले गत आवमै आवश्यक बजेट विनियोजन गरेको थियो।

प्रदेश सरकारको अगुवाईमा चौतारामा बहुप्राविधिक शिक्षालय

महाविद्यालयको अवधारणा अन्तर्गत प्रदेश नं. ३ सरकारको अगुवाइमा सदरमुकाम चौतारामा स्थापित दिनेश रामजी स्मृति बहुप्राविधिक शिक्षालय यसै शैक्षिक सत्रबाट सञ्चालनमा आउने भएको छ।

प्राविधिक शिक्षालयमा दुई विषय थपिने

जिल्लाको नुनथलामा स्थापित प्रदेश स्तरीय महुरेगढी प्राविधिक शिक्षालयअन्तर्गग डिप्लोमा तहमा थप दुई विषय इन्फर्मेसन टेक्नोलोजी र प्लान्ट साइन्सको पढाइ हुने भएको छ। सिटिइभिटिको आंगिक क्याम्पसका रूपमा २०७५ सालमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा सो शिक्षालय स्थापना गरिएको थियो।

वाइवाइ नेशनल एजुकेसन अवार्डको घोषणा

शिक्षालय राष्ट्रिय मासिकको प्रस्तुतिमा पन्ध्रौं वाइवाइ नेसनल एजुकेसन अवार्डको घोषणा गरिएको छ।यस वर्ष तेह्र विधामा अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ। यस वर्ष १३ विधामा १६ जनालाई सम्मान गरिन लागिएको हो। यस वर्ष प्रदान गरिने नेसनल एजुकेसन अवार्डका विधामा स्कुल अफ द इयर, स्कुल एक्सिलेन्स अवार्ड, बेस्ट टिचर अवार्ड, कन्ट्रिब्युसन अवार्ड, गुडविल अचिभमेन्ट अवार्ड, डेडिकेसन अवार्ड रहेका छन्।

खोटाङमा प्रदेशस्तरीय प्राविधिक शिक्षालय

खोटाङको नुनथलामा १ नम्बर प्रदेशस्तरीय बहुप्राविधिक शिक्षालय उद्घाटन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलास्थित महुरेमा स्थापना गरिएको महुरेगढी बहुप्राविधिक शिक्षालय मंगलबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले उद्घाटन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्