१५ मंसिर २०८१ शनिबार
image/svg+xml

पुँजी बजारमा हस्तक्षेप हुन सक्छ : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारले राम्रोसँग काम नगरे सरकारले हस्तक्षेप गर्ने बताएका छन्। अर्थमन्त्री खतिवडाले पूँजी बजारलाई संचालनमा सरकारले रोकावट नगरेपनि त्यसले राम्रोसँग काम नगरे कडा निगरानी राख्ने पनि स्पष्ट पारे।

‘वायुसेवा निगमलाई एक पैसा पनि दिन सकिँदैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमलाई यथास्थितिमा एक पैसा पनि दिन नसकिने बताएका छन्। उनले ३७ अर्ब घाटामा रहेको नेपाल वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वासनै नरहेको पनि स्पष्ट पारे।

'स्वार्थले मलेसिया खुलेन, झार उखेलेर मुलुकमा सम्वृद्धि आउँदैन'

दुई देशबीच सम्पन्न श्रम-सम्झौताको मर्म अनुरुप मलेसिया रोजगारी तत्काल सुचारु गर्न वैदेशिक रोजगार व्यवसायीले सरकारलाई आग्रह गरेका छन्।

ओली इतिहासकै डरपोक प्रधानमन्त्रीः काँग्रेस नेताहरू

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बहुमतको सरकारले लोकतान्त्रिक संविधानलाई संस्थागत नै गर्न नचाहेको आरोप लगाएका छन्। आइतबार बुटवलमा कांग्रेसका संस्थापक नेता स्वर्गीय गणेशमान सिंहको शालिक अनावरण गर्दै नेता सिंहले प्रचण्ड बहुमतको सरकार लोकतान्त्रिक संबिधान संस्थागत गर्ने पक्षमै नरहेको जिकिर गरे।

मुख्यमन्त्री र सभामुखकाे एउटै स्वरः हेटौंडा नै स्थायी राजधानी

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडामा रहने बताएका छन्। पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत बताएका छन्।

१५ दिन बित्यो, बजेटमाथिको छलफल शुरु भएन

सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले असार १ गते अगामी आर्थिक वर्ष २०७६/०७७ का लागी प्रस्तुत गरेको बजेटमाथि १५ दिन बित्दा समेत छलफल शुरु हुन सकेको छैन्। बजेटमाथि प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सासंदहरुको निरन्तरको विरोधका कारण प्रदेशसभा बैठक बजेटमाथि छलफल हुन नसकि स्थगित गरिदै आएको छ।

आइएनजिओलाई मुख्यमन्त्रीले भने: सरकारको योजना र प्राथमिकताका क्षेत्रमा काम गर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारको योजना र प्राथमिकतामा काम गर्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुलाई आग्रह गरेका छन्।

भोलिदेखि मुख्यमन्त्री कप फुटबल

पहिलो पटक आयोजना हुन लागेको ‘प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिता ०७६’ सोमबारदेखि उदयपुरबाट सुरु हुँदैछ।

परराष्ट्रमन्त्री चीन प्रस्थान

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीनको डालियान सहरमा यही असार १६ देखि १८ गतेसम्म आयोजना हुने विश्व आर्थिक मञ्चको १३ औँ वार्षिक बैठकमा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन्।

मेरै कार्यकालमा गरिबी र बेरोजगारी अन्त्य हुन्छःप्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा मुलुकबाट गरिबी र बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘प्रधानमन्त्रीलाई किन चाहियो सबै शक्ति ?’

डा. शेखर कोइराला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य हुन् । पार्टीभित्र र बाहिर स्पष्ट वक्ताका रूपमा परिचित उनीसँग नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलले नागरिक फ्रन्टलाइनका लागि गरेको संवादको सम्पादित अंशः

हरिवनमा ४२२ लाई रोजगार

सर्लाहीको हरिवन नगरपालिकामा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा ४२२ जनालाई नियुक्त गरिएको छ। शनिबार साँझ हरिवन नगरपालिकाको निर्माणाधिन भवन परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गणेश प्रसाईं लगायतले काममा खटिनेहरुलाई हेल्मेट, ज्याकेट लगायत सन्दर्भ सामग्री प्रदान गरेका छन्। १० दिनसम्म प्रतिदिन ५१७ रुपैंया पारिश्रमिक पाउने गरी उनीहरुलाई खटाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए।

असारभित्रै पार्टी एकीकरणको काम सकिन्छः ओली

मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतामा केही अलमल भए पनि निराश हुने अवस्था नरहेको बताएका हुन्।

प्रधामन्त्री रोजगार कार्यक्रमः ३१० जनालाई १५ दिनको काम

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३१० जनाले १५ दिनको काम पाएका छन्। यहाँ २ हजार १ सय ७८ जना बेरोजगारीको संख्यामा सूचीकृत भएका थिए।

प्रधानमन्त्री आलोपालोको विषय सचिवालयले जान्दैनः रक्षामन्त्री

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने कुरा नेकपाको सचिवालयले औपचारिक ढंगमा नजानेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्