२६ वैशाख २०८१ बुधबार
image/svg+xml

लिखित जवाफसहित अदालतमा उपस्थित हुन ओलीलाई सर्वोच्चको आदेश

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीलाई जवाफसहित उपस्थित हुन आदेशव दिएको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित ७ दिनभित्र आफै उपस्थित हुन आदेश गरेको हो।

सबै उस्तै हुन् र ?

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरूपमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेयताको समय उद्वेलित भएको छ । मुलुकको ठूलो तप्कालाई प्रधानमन्त्रीको यो काममा चित्त बुझेको छैन ।

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बोलेको कुराले अदालतको अवहेलना भएको दाबीसहित हदैसम्मको सजाय माग गर्दै सर्वोच्च अदालतमा मंगलबार दुईवटा निवेदन दर्ता भएका छन्। प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आइतबार पेस गरेका रिट निवेदन दर्ता भएका हुन्।

‘संसद्लाई मार्ने कार्यकारी होइनन्’

वरिष्ठ अधिवक्ता थापाले विघटनको अधिकार श्रीपेचसँग मात्र भएको, सार्वभौमसत्ता जनतामा भनिएको अवस्थामा प्रधानमन्त्रीसँग नभएको तर्क गरे। थापाले दुई दिनसम्म करिब ४ घण्टा प्रतिनिधिसभाको विघटन अवस्था र प्रधानमन्त्रीले सर्वोच्चमा पठाएका लिखित जवाफमा आधारित रहेर बहस गरे।

प्रधानमन्त्री ओलीसहित पूर्व प्रधान्यायाधीशविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्दैन : विष्णु पौडेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले चुनावको विरोध गर्न नसक्ने बताएका छन्।

राप्ती पुलमाथि प्रधानमन्त्रीको ‘झुठ’

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार देउखुरी सिसहनीयाँमा रहेको नेपालकै दोस्रो लामो पुलको उद्घाटन गर्न आईपुगे। ०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको यो पुल निर्माणको ‘जस’ ४ वर्षपछि ओलीले लिने अवसर जुर्‍यो। पुल उद्घाटन सकिईसकेपछि छोटो मन्तब्य दिएका प्रधानमन्त्री ओलीले कोरोनाको कहरबाट आफ्नो भनाइ सुरु गरे। संगै यहि कोरोना महामारीकै बीचमा आफ्नो नेतृत्वको सरकारले विकासलाई गती दिएको गतिलो उदाहरणको रुपमा यो पुललाई देखाइदिए।

प्रधानमन्त्री कप क्रिकेट: पुलिस सेमिफाइनल पुग्ने अन्तिम टोली

सोमबार भएको समूहचरणअन्तर्गत अन्तिम खेलमा नेपाल पुलिसले प्रदेश–२ माथि ४ विकेटको जित हात पार्दै समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिमा ४ मा स्थान पक्का गरेको हो।

प्रतिगामीलाई अवसरवादी कम्युनिस्टले साथ दिएः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा (बादल) ले प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा परेको रिटमाथि बहस ढिलो भए सरकारले तोकेको मध्यावधि चुनाव तोकिएको समयसीमाभन्दा पछाडि सर्न सक्ने संकेत गरेका छन्।

देशमा विकासको लहर ल्याएका छौं : प्रधामन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशमा विकासको लहर ल्याएको दाबी गरेका छन्।

मुख्यमन्त्री राई र मोडल जाङ्मुबीच विवाह

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बैबाहिक सम्वन्धमा गाँसिएका छन्। आइतबार मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पाबीच विवाह भएको छ। काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको हो।

पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउँछः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले संविधानमा पहिरो गएको बताएका छन्। उनले आज सामाजिक सञ्जालमा ट्विट गर्दै पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठूलो दुर्घटना ल्याउने बताएका हुन्।

‘ओली रायमाझी भन्दा ठूला र खतरनाक प्रतिगमनकारी’

नेपाल कम्युनिस्ट पार्टी (दाहाल–नेपाल समूह) का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र नै विर्सजन गर्न खोजेको आरोप लगाएका छन्।

जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँ : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले निर्वाचनमा जाने निर्णय गरेर जनताबाट प्राप्त विश्वास जनतामै फर्काएको बताएका छन्। उनले लोकतन्त्रमा जनता नै सर्वेसर्वा भनिए पनि विभिन्न बहानामा केही नेताको लेनदेनमा देशलाई अड्काउन खोजिएपछि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्