२ मंसिर २०८१ आइतबार
image/svg+xml

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट सोमबार राति ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ।

रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु, २१ घाइते

घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ।

डुबेर बालकको मृत्यु

फिदिम नगरपालिका–६ शिवामा एक बालकको डुबेर मृत्यु भएको छ। स्थानीय याङदिन खोल्सामा नुहाउने क्रममा डुबेर १३ बर्षीय गोरे तुम्रोकको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर महिलाको मृत्यु

घाँस काट्न जंगल जाँदै गरेकी एक महिलाको सल्यानमा करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका २ की ३६ वर्षिया भुमी ओलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। स्थानीय सेराचौरमा घाँस काट्न जंगल जाँदै गरेकी उनीलाई भुइँमा झरेको तारबाट करेन्ट लागेको बताइएको छ।

हवाई दुर्घटनामा दुई जनाको मृत्यु

संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु

फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

जंगली च्याउ खाँदा एकको मृत्यु, १० बिरामी

निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ।

आँधीबाट उत्तर प्रदेशमा २६ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ। यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु दुई घाइते

ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

चितुवाको आक्रमणबाट बालिकाकाे मृत्युु

तनहुँकाे भानु नगरपालिका-२ भकुन्थाेकमा चितुवाको आक्रमणबाट बालिकाकाे मृत्युु भएकाे छ। घरमा खेलीरहेकाे अवस्थामा चितुवाले आक्रमण गर्दा ईश्वर अधिकारीको ९ वर्षीया छाेरी पुष्पा अधिकारीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्