कमला नदीले परिवारै बगायो
कमला नदीमा आएको बाढीले दूधौली नगरपालिका–१, डकाहामा बस्ने ६ जनाको परिवारै बगाँउदा एक बालकको मृत्यु भएको छ भने तीन बेपत्ता छन्। दुईजनाको उद्धार गरिएको छ ।
कमला नदीमा आएको बाढीले दूधौली नगरपालिका–१, डकाहामा बस्ने ६ जनाको परिवारै बगाँउदा एक बालकको मृत्यु भएको छ भने तीन बेपत्ता छन्। दुईजनाको उद्धार गरिएको छ ।
ढुंगाले च्यापेर आठबीसकोट नगरपालिका–६ की १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भएको छ।
भोजपुरको दक्षिण रामप्रसाद राई गाउँपालिका–५, भञ्ज्याङमा पहिरोले घर पुरिएर एकै परिवारका आमा र दुई छोरा गरी तीनजनाको ज्यान गएको छ।
दुई दिनयताको लगातार वर्षाका कारण जिल्लाको चुलाचुलीका एकजनाको खोलाले बगाएर मृत्यु भएको छ। चुलाचुली गाउँपालिका १ बस्ने अन्दाजी ५० वर्षका अञ्चल लावतीको शव खोलाले बगाएर लगेको अवस्थामा झापाको कमल गाउँपालिका २, भालुगाउँमा फेलापरेको प्रहरीले जनाएको छ।
केहि दिन अघिदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ। बाढी र पहिरोले देशभर १७ जनाले ज्यान गुमाएका छन् भने सात जना बेपत्ता भएका छन्। त्यस्तै हालसम्म सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले हालसम्म चार जनालाई उद्धार गरेको जनाएको छ।
चीनको साङ्गारो नगरको एक आवासीय भवनमा शुक्रबार भएको आगलागीमा परी चार जनाको ज्यान गएको छ।
पहिरोले घर पुरिँदा रामप्रसाद दंगालकी श्रीमती अन्दाजी ६० वर्षीया गोमा दंगाल र उनकी नातिनी ७ वर्षीया सुहाबी दंगालको घटनास्थलमै मृत्यु भएको हो।
पाँच दिनदेखि परेको अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ। अविरल वर्षातको कारण घर भत्किँदा र चर्पी बगाउँदा मृत्यु भएको हो।
उपचारका क्रममा एक बालिकाको मृत्युपश्चात् मृतकका आफन्त एवं स्थानीयले उपकरण तोडफोड गरेपछि तीन दिनदेखि सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्र बन्द भएको छ। सर्पदंशको बिगबिगी हुने मौसममा जनकपुर र वीरगंजबीचमा एकमात्र सुविधा–सम्पन्न उपचार केन्द्र बन्द हुँदा सर्पदंशपीडित बिरामी उपचारका लागि ढाढा जानुपर्ने बाध्यता सिर्जना भएको छ। समयमा सपंदंशको उपचार नहुँदा बिरामीको मृत्यु हुने जोखिम उच्च बनेको छ।
झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ।
अफगानिस्तानको दक्षिणी प्रान्त हेलमाण्डमा बुधबार भएको एक सुरक्षा कारबाहीमा परी कम्तीमा सात लडाकू मारिएका छन्।
भारतमा भवन भासिँदा एकै परिवारका तीन नेपालीसहित पाँच जनाको ज्यान गएको छ। ज्यान गुमाउने नेपाली बैंगलोरस्थित शिवनगरस्थित ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने गरेका थिए।
सिरियाको पूर्वीक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा मंगलबार कम्तीमा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले जनाएको छ।
विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानास्थित एक अदालतले साउदी गठबन्धनका निम्ति जासुसी गरेको आरोपमा ३० जनालाई मृत्युदण्डको फैसला गरेको छ।