२९ वैशाख २०८१ शनिबार
image/svg+xml

पर्यटन प्रवर्द्धन गर्न इजरायली र रुसी प्रतिनिधिसँग छलफल

नेपालका लागि इजरायली दूतावासका डेपुटी चिफ अफ मिसन ताल स्वार्तमानले नेपाल विश्वकै सुन्दर मुलुक भएको र यहाँ पर्यटनको अथाह सम्भावना रहेको उल्लेख गर्दै नेपालको समग्र आर्थिक विकासमा इजरायल सधैं तयार रहेको बताए। उनले पर्यटक खोज तथा उद्धारको क्षेत्रमा समेत इजरायलको अभ्यास राम्रो रहेकाले त्यस क्षेत्रमा आपसी सहयोग र सहकार्य गर्न सकिने धारणा राखेका छन्।

पर्यटनमन्त्री आलेसहित नौ जनाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित नौ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका छन्।

पर्यटन बोर्डका सिइओलाई स्पष्टीकरण दिन निर्देशन

पुस २ गते बोर्डका उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा गठित तीन सदस्यीय छानबिन समितिले सिइओ रेग्मीले निर्माण तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐनविपरीत आर्थिक हानि–नोक्सानी पुर्‍याएको ठहर गरेको छ।

रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चकाे आदेश

अदालतले दुवै पक्षलाई छलफलका लागि आगामी माघ ३ गते बोलाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको यही पुस २ गते बसेको पर्यटन बोर्ड सञ्चालक समितिको बैठकले रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो।

कीर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल उद्घाटन

कार्यक्रममा पूर्वमन्त्री केसीले कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको अवस्थामा सञ्चालन भएको यस परियोजनाले पर्यटन मजदुरलाई अल्पकालीन रोजगार प्रदान गर्नुका साथै विभिन्न स्थानमा पर्यटकीय गन्तव्य निर्माण हुनु सकारात्मक भएको बताए।

बाबा रामदेवलाई पर्यटन सद्भावना दूतको प्रस्ताव

आइतबार विहान पशुपति हंस मण्डपमा आयोजित योग शिविर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले समेत बाबा रामदेवलाई पर्यटन दूतको रूपमा प्रस्ताव गरेका थिए।

महिला श्रमिकलाई अल्पकालीन रोजगार

नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगार प्रदान गर्ने भएको छ।

पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीलाई स्पष्टीकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही कात्तिक २० गते शनिबार भएको घटनालाई लिएर नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी विवादमा तानिएका छन्।

पर्यटन बोर्ड र भारतको टाईबीच सम्झौता

नयाँ दिल्लीमा भएको उक्त सम्झौतामा बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी र टाईका अध्यक्ष ज्योति मायालले हस्ताक्षर गरेका छन्।

रामानुज दर्शनका दुई पुस्तक सार्वजनिक

कृतिहरूको सारांश र रामानुजाचार्यसम्बद्ध स्तोत्र समेटिएको विशालकाय ग्रन्थ सार्वजनिक गरिएको हो। रामानुजाचार्यसम्बद्ध सम्पूर्ण विषय समेटिएको नेपाली भाषाको पहिलो पुस्तक भएको वक्ताहरूले बताएका छन्। ‘यतीन्द्रमतदीपिका’ श्रीनिवासाचार्यद्वारा रचित कृतिको नेपाली अनुवाद सार्वजनिक गरिएको हो।

पर्यटन प्रवर्द्धनमा नेपाल र रुसबीच सहकार्यमा जोड

नेपाल र रुसबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र काठमाडौंस्थित रुसी राजदूतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभाबीच भेटवार्ता भएको छ।

बाँके निकुञ्जभित्र पूर्वाधार तयार, पर्यटकको प्रतीक्षा

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने संरचना तयार गरेको छ। निकुञ्जका विभिन्न स्थानमा सफारीका लागि वनपथ, मचान, ताल तथा पोखरी निर्माण गरिएको हो। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते सरकारले बाँचे निकुञ्ज स्थापना गरेको थियो।

‘नेपाल आउन पर्यटकहरू तयार छन्’

नेपाल आउन पर्यटकहरू तयार छन्। युरोपतिर नेपालको भिसा लगाएर बसेका पर्यटक पनि छन्। त्यसैले यो वर्षको अन्त्यबाट पर्यटक आवागमन हुन्छ कि भन्ने अनुमान गरेको छु।

पर्यटन विभागमा दर्ता हुन व्यवसायीलाई आग्रह

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपालका पर्यटन व्यवसायी र होटल व्यवसायीलाई पर्यटन विभागमा दर्ता हुन सूचना जारी गरी प्रोत्साहन गरिएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्