२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनवाइइएफको मेची महाकाली मोटर र्‍याली

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले मेची महाकाली मोटर र्‍यालीेको आयोजना गरेको छ। उक्त मोटर र्‍यालीको नारा   ‘आन्तरिक पर्यटनको लागि सबैसँगै’ रहेको छ।

आपसी भाइचारा र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको यस अभियानमा विभिन्न च्याप्टरहरूबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरू सहभागी रहेका छन्। नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बिहीबार बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर उद्घाटन गरेको मोटर र्‍याली मङ्गलबार सम्पन्न हुँदैछ।

एनवाइइएफका अध्यक्ष उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनको  प्रवर्द्धनसहित व्यक्तिगत, सामूहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रवर्द्धन गरी उत्साह बढाउन यस अभियानले सघाउ पुर्‍याउनेछ। काठमाडौंबाट सुरु भएको मोटर र्‍याली पोखरा र ललितपुरबाट सुरु भएको र्‍याली चितवनमा पुगेर जम्मा हुनेछ।

त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरू पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिएर अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछन्।

प्रकाशित: १३ चैत्र २०७८ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App