८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पहिरोमा पुरिएर स्याङ्जामा चार जनाको मृत्यु

स्याङजाको केवरे-७ उपल्लोताप्के गाउँमा पहिरोले घर पुरिँदा तीज मनाउन आएका आफन्तसहित चार जनाको ज्यान गएको छ। आइतबार बिहान करिब १ बजे झरेको पहिरोले घर पुरेको थियो। स्याङजाका डीएसपी वीरबहादुर पुलामी मगरका अनुसार स्थानीय थमनसिं सारुको घर पहिरोमा पुरिएको थियो।

एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु

सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ। इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ नंको एम्बुलेन्स एकआपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाउँदा एक महिलासहित दुई जनाको मृत्यु

महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गएराति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार शनिबार राति साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका–१० स्थित मरहा खोला तर्न लाग्दा खोलामा अचानक आएको बाढीले बर्दिबास–१० बस्ने विमल बुलनका छोरा १० वर्षीय मानव बुलनलाई बगाउँदा उनको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर ६ को मृत्यु

अविरल वर्षापछि आएको पहिरोले ताप्लेजुङमा चार र भोजपुरमा दुई गरी ६ जनाको ज्यान गएको छ। एक जना घाइते छन्। शुक्रबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताप्लेजुङ नगरपालिका–२, निरौला टोलमा तीन र ताप्लेजुङ– ८, धुसेनी, अँधेरीमा दुई जनाको मृत्यु भएको हो।

ताप्लेजुङको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो

ताप्लेजुङ- ताप्लेजुङ नगरपालिकाका बिभिन्न स्थानमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। बेपत्ता एक महिलाको शव शनिवार अपरान्ह फेला परेपछि पहिरोमा पुरिएका चारैजनाको मृत्यु भएको पुष्टी भएको हो।

फिलिपिन्समा बम विस्फोट १२ जनाको मृत्यु

फिलिपिन्सको दक्षिणी डावाओ सहरमा बम फिस्फोट हुदाँ १२ जनको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

पहिराले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु [अपडेट]

भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका-२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ। अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने अर्की एक महिला घाइते भएकी छन्।

पाकिस्तानको अदालतमा आक्रमण १० को मृत्यु, ४० घाइते

पाकिस्तानको मर्दान सहरमा अवस्थित एक जिल्ला अदालतमा शुक्रबार बिहान सवेरै भएको बम आक्रमणमा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रेमिकाको लभबाइटका कारण प्रेमीको मृत्यु

प्रेमी-प्रेमिकाले एक अर्कालाई लभबाइट दिनुलाई सामान्य मानिन्छ । तर यो कसैले पनि सोच्दैनन् की लभबाइटले ज्यानै लान पनि सक्छ । हालै अमेरिकामा आप्नी प्रेमिकाको लभबाइटले प्रेमीको मृत्यु भएको छ ।

दर खाएर फर्किंदै गरेकी महिला सडकमाथिकाे पानीमा बगेर मृत्यु

खोला, नदी, बाढीले बगाएर मान्छेको मृत्यु हुने गरेको त सामान्य नै हो, तर भीषण वर्षासँगै सडकमा आएको बाढीले बगाएर मानिसको मृत्यु भएको समाचार भने पोखराका लागि नौलो भएको छ।

उपचार नपाउँदा २१ वर्षीया गर्भवतीको मृत्यु

सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो।

स्कुलको पर्खाल भत्किँदा एकको मृत्यु

स्कुलको पर्खाल भत्किएर पिपरा १ की २५ वर्षीय रन्जु देवी धनकारको मृत्यु भएको छ । घर नजिकैको धाराबाट पानि ल्याउन गएका बेला पिपरा– १ स्थित मनोज साहले सञ्चालन गरेको आस इङ्गिलिस बोर्डिग स्कुलको कम्पाउण्डको पर्खाल एक्कासी भत्किएर रन्जुलाई थिचेपछि उनी गम्भीर घाइते भएकी थिइन्।

भर्याङबाट लडेर शिक्षकको मृत्यु

लामो समयदेखि शिक्षण पेशा, साहित्य, शिक्षक संगठनमा आवद्ध ३७ वर्षीय कृष्ण लामिछानेको मृत्यु भएको छ। गएराति ९ बजे कोहलपुर–११ स्थित घरको भर्याङबाट लडेड घाइते भएका लामिछानेको मेडिकल कलेज कोहलपुरमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो। लामिछानेको टाउँकोमा गम्भीर चोट लागेको थियो।

लामाबगरमा पहिरो जाँदा दुईको मृत्यु, पाँच बेपत्ता

दोलखाको लामाबगर-४ छ्योत्छ्योत् भन्ने स्थानमा गएराति पहिरो जाँदा दुई जनाको पुरिएर मृत्यु भएको छ। पाँच जना बेपत्ता छन्। मृत्यु हुनेमा बटुले तामाङ र पेममाया तामाङ रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन कार्कीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्