८ आश्विन २०८१ मंगलबार
image/svg+xml

साउदीमा दुई नेपालीको मृत्यु

रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ। साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो।

तान्जानियामा ५.७ रेक्टर स्केलको भूकम्प, ११ जनाको मृत्यु

अफ्रिकी मुलुक तान्जानियामा शनिबार गएको ५.७ रेक्टर स्केलको भूकम्पमा परी ११ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

बंगलादेशको एक कारखानामा आगलागी, १५ जनाको मृत्यु

ढाका–बंगलादेशको एक प्याकेजिङ कारखानमा आगलागी हुदाँ १५ जनाको ज्यान गएको र ७० जना भन्दा बढी घाइते भएका छन्।

पर्वतको धाइरिङमा जीप दुर्घटना, तीनको मृत्यु

पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ग१ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट महिलाको मृत्यु

विराटनगर- मोरङको इन्द्रपुरमा ना ५ ख ७०८३ नम्बरको बसको ठक्करबाट महिलाको मृत्यु भएको छ। कोसीहरैंचा—९ इन्द्रपुरस्थित पूर्व पश्चिम राजमार्गमा पैदल हिंडिरहेकी भोजपुर षडानन्द नगरपालिका —४ की पदमकुमारी घिमिरेलाई शुक्रबार विहान बसले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको हो।

लेखनाथमा पहिरोले घर पुरिँदा ४ बालबालिकाको मृत्यु

अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा लेखनाथ-४ खरानीफाँटमा बिहीबार चार जनाको ज्यान गएको छ। पहिरोमा परेर दुई बालक र दुई बालिकाको ज्यान गएको कास्की प्रहरीले जनाएको छ।

चट्याङ लागेर आमा छोराको मृत्यु

चट्याङ लागेर गएराति सिरहामा आमा छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढीमाई– २ भवानीपुरका ४० वर्षीया जुर्मी सदा र उहाँको १२ वर्षीय छोरा सुरज सदा रहेको प्रहरीले जनाएको छ ।

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु (भिडियाे)

रुसी राष्ट्रपति भ्लादमिर पुटिनको कार दुर्घटना हुदाँ उनका चालको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अरिङ्गलले चिल्दा एकको मृत्यु, दुई घाइते

तनहुँ-आमासँग वनमा घाँस काट्न गएका बेला अरिङगलले चिल्दा तनहुँमा आज दिउँसो एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।

कारागारमा पूर्वलडाकुको मृत्यु

माओवादी पूर्वलडाकु सञ्जय जर्घामगरको डिल्लीबजार कारागारमा मृत्यु भएको छ। ठगी आरोपमा पक्राउ परेका २५ वर्षीय मगरको आइतबार बिहान २ बजेतिर मृत्यु भएको हो। मकवानपुर, भैंसेका मगरलाई प्रहरीले गत साउन ९ गते गट्ठाघरस्थित प्रवीण आयल स्टोरमा मिटर बिगारेर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो। मगरले उक्त आयल स्टोर ठेक्कामा लिई सञ्चालन गरेका थिए।

अफगानिस्तानमा इन्धन ट्याङ्कर दुर्घटना हुँदा पैँतीसको मृत्यु

अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् ।

आगोमा जलेर तीज मान्न माइत आएकी चेलीकाे मृत्यु

आगलागीमा परी तीजमा आमा बुवा भेटन आएकी नायकवाडा– २ की संगीता बोहराको ज्यान गएको छ भने अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त प्रमुख हिक्मत बोहराले बताए। मृतक वोहराको डेढ वर्षको वच्चा छ। आगलागी भएपछि घाइते चारै जना माथिल्लो तलामा पुगेर झयालबाट हामफालेर भागेर बाँच्न सफल भए भने मृतक बोहरा भने भाग्न नसकेर आगोमै जलेकी हुन्।

चितुवाको आक्रमणमा परी बालिकाको मृत्यु

बैतडी-चितुवाको आक्रमणमा परी बैतडीमा एक बालिकाको मृत्यु भएको छ। शनीबार साँझ आँगनमा खेल्दै गरेकी उदयदेव–२ कफाडीका हिरा चन्दकी ४ वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी जंगलतिर लगेको थियो।

डुबेर बालबालिका मृत्यु हुने क्रम बढ्दो ,सुनसरीमा १९ जनाको मृत्यु, दुई बेपत्ता

जिल्लामा खोला, नदी र पोखरीमा डुबेर श्रृख्लाबद्ध रुपमा मृत्यु हुने क्रम बढ्दो छ। २०७२ साउनदेखि २०७३ भदौ १९ गतेसम्म १९ जना बालबालिकाको डुबेर मृत्यु भइसकेको छ। दुई जना बालिका बेपत्ता भएका छन् ।

दुर्घटनामा बिरामीसहित दुई जनाको मृत्यु

उपचार गर्न अस्पताल ल्याउँदै गरेका बिरामीसहित दुई जनाको शनिबार राति सुनसरी सिमरियामा भएको दुर्घटनामा परी मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्