७ आश्विन २०८१ सोमबार
image/svg+xml

बेग्लाबेग्लै दुर्घटनामा मोटरसाइकल सवार चारजनाको मृत्यु

बर्दिया धदवार–६ माथिल्लो बनगाई चोकस्थित महेन्द्र राजमार्गमा ना. ६ ख ६२६७ नम्बरको ट्रकले बुधबार राति रा. १ प ७८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार कतर्निया–३ बस्ने २१ वर्षीय अर्जुन थारु र २२ वर्षीय प्रदिप थारुको घटनास्थलमै मृत्यु भएको छ।

घाँस काट्न जाँदा भीरबाट खसेर महिलाको मृत्यु

बैतडीको गाँजरी–४ कोटिलाका नरेन्द्रसिंह धामीकी ३७ वर्षीया पत्नी राजमतीको भिरबाट खसेर मृत्यु भएको छ।

ट्याक्टर दुर्घटनामा मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। बाग्दुलाबाट पुँजा–९ जादै गरेको रा १ च १८९७ नम्वरको ट्याक्टर दुर्घटनामा रजवारा–८ का करिव २२ वर्षीया सिता परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

गुर्जामा डोल्चा खोलाले बगाउँदा एकको मृत्यु

म्याग्दीको अति विकट गुर्जा गाविसमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ। हिमाली क्षेत्रमा रहेको गोठबाट भैंसी लिएर बस्तीतर्फ आउँदै गरेका गुर्जा–९ का ६० वर्षीया तुलप्रसाद छन्त्याललाई डोप्चा खोलामा खसेका थिए।

प्रधानमन्त्री—युएई राजदूत भेटः नेपालीलाई मृत्युदण्ड नदिन दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार बिहान संयुक्त अरब इमिरेट्स (युएई) का राजदूतसँग भेटघाट गर्दै त्यहाँ अप्ठ्यारोमा परेका नेपालीबारे छलफल गरेका छन्।

ट्रकले ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

बिहीबार बिहान करिब १ बजेतिर बर्दियाको धधवार–६ माथिल्लो वनगाई चोकमा धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना६ख ६२६७ नम्बरको ट्रक र सोको विपरीत दिशाबाट आउँदै गरेको रा१प ७८३३ नम्बरको मोटरसाइकल एकापसका ठक्कर खादा मोटरसाइकलमा सवार दुईको मृत्यु र एक घाइते भएका छन् ।

इदलिब हवाई आक्रमणमा बाइसको मृत्यु

सिरियाको उत्तरपश्चिमी क्षेत्रमा पर्ने विद्रोहीले कब्जा गरेको इदलिबमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनास्थलमा पुगेको अनुगमन टोलीले मृतकमध्ये झन्डै आधा सङ्ख्या बालबालिकाको रहेको जनाएको छ ।

पाकिस्तानको क्वेटामा आतंकवादी आक्रमण, ५७ प्रहरीकाे मृत्यु

पाकिस्तानको क्वेटामा प्रहरी तालिम केन्द्रमा आतंकवादी आक्रमण भएको छ। सो आक्रमणमा ५७ प्रहरीको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्। सो आक्रमणमा एक सय भन्दा बढी प्रहरी घाइते भएका छन्। करिब सात जनाको संख्यामा आएका आक्रमणकारीले अन्धाधुक्ध गोली चलाउँदा ठूलो संख्यामा प्रहरीको मृत्यु भएको हो। प्रहरीको जवाफी कारवाहीमा ३ आक्रमणकारी मारिएका छन्।

इराकमा ७४ आइएस लडाकुको मृत्यु

उत्तरी इराकको किरकुक प्रान्तमा इराकी फौजले शुक्रबार गरेको कारबाहीमा ७४ आइएस लडाकु मारिएको दाबी गरेको छ । इराकी सुरक्षाकर्मीले सोमबार एक विज्ञप्ति जारी गरी यस्तो दाबी गरेको हो ।

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आतंककारी हमला, कम्तीमा ४४ जनाको मृत्यु

पाकिस्तानको एक प्रहरी प्रशिक्षण केन्द्रमा भएको हमलामा कम्तीमा ४४ जनाको मृत्यु भएको छ। सोमबार राति तीन चार जनाको संख्यामा आएका आतंककारीले प्रशिक्षण केन्द्रको होस्टेलमा आक्रमण गरेको पाकिस्तानका अधिकारीहरुले बताएका छन्। उनीहरुले होस्टेलमा अन्धाधुन्ध फाइरिङ र बम हानेका थिए।

विमानस्थल नजिकै खसेको विमान दनदनी बल्यो, पाँचको मृत्यु

माल्टाको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार एक सानो विमान प्रस्थानको क्रममै दुर्घटनागस्त भएको छ। दुर्घटनामा परी विमानमा रहेका पाँच व्यक्तिको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्।

ट्क्याटर दुर्घटनामा दुईको मृत्यु

मुगु- सुर्खेतबाट खाद्यन्न बोकेर आएको ट्याक्टर मुगु जिल्लाको खत्याड भेग स्थित खमाले गाविसमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

स्यालको टोकाइबाट शिक्षकको मृत्यु भएपछि जिल्लाका सबै विद्यालय बन्द

स्यालले टोकेर शिक्षकको मृत्यु भएपछि शोकमा आइतबार जिल्लाका सम्पूर्ण विद्यालयको पठनपाठन बन्द भएका छन् । गत असोज १८ गते गरुडा नगरपालिका वार्ड नम्बर ३ का शिक्षक वसन्तकुमार यादव बिहानी भ्रमण(मर्निङ वाक)मा निस्केका वेला बहुला स्यालले टोकेको थियो।

पिङको डोरी घाँटीमा बेरिँदा बालिकाको मृत्यु

नारायण नगरपालिका–९ बाँसकोट डोप्का बस्ने रत्नबहादुर सोनीको १३ बर्षीया छोरी कमलाको पिङको डोरी घाँटीमा बेरिँदा मृत्यु भएको छ।

रसियन हेलिकप्टर दुर्घटना, १९ जनाको मृत्यु

रसियाको एक हेलिकप्टर दुर्घटना हुदाँ १९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बतएका छन्। रसियाको सरकारले तेल तथा ग्यास क्षेत्रका कर्मचारी बोकेको एमआई –८ हेलिकप्टर सर्भियाको एक ग्रामीण भेगमा शुक्रबार दुर्घटनामा हुदाँ १९ जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्