७ आश्विन २०८१ सोमबार
image/svg+xml

विमान दुर्घटनामा पाइलटको मृत्यु

केही समयदेखि हराइरहेको एउटा विमान क्यालिफोर्नियाको उपल्यान्ड नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। पीए २८ विमान उडेको केही समयपछि कन्ट्रोल टावरसँग सम्पर्क विच्छेद भएको थियो।

दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गको झापाको लखनपुर–१ सीतापुरीस्थित सडकखण्डमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।

पोखरामा अल्ट्रालाइट जहाज दुर्घटना, पाइलटको मृत्यु

ह्याङग्लाइडर उडाउने क्रममा एभिया क्लवले पोखरामा सञ्चालन गर्दै आएको अल्ट्रालाइट जहाज दुर्घटनामा परेको छ। जहाज दुर्घटनामा परेर एभिया क्लवमा कार्यरत रसियन पाइलट अलेक्जेन्डर म्याक्सिमोभको मृत्यु भएको छ।

भातको डल्लो घाँटीमा अड्किएर मृत्यु

जापानमा एक मानिसको खाना अड्किएर मृत्यु भएको त्यहाँको सञ्चार माध्यमले जनाएका छन्। छिटो खाना खाना खाने ‘स्पिड इटिङ’ प्रतियोगीता दौरान भातको डल्लो अड्किएर मृत्यु भएको हो।

सडक दुर्घटनामा ६ बालबालिकाको मृत्यु

अमेरिकाको टेन्नेस्सी राज्यमा भएको विद्यालयको एक बस दुर्घटनामा परी कम्तीमा ६ बालबालिकाको मृत्यु भएको छ भने अरू २३ जना घाइते भएका छन्।

एयर एम्बुलेन्स दुर्घटना हुँदा चारको मृत्यु

एयर एम्बुलेन्स दुर्घटना हुँदा अमेरिकामा चार जनाको मृत्यु भएको छ। उडिरहेको सानो जहाज पृथ्वीमा बजारिएपछि आगलागी भएको थियो।

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापाको शरणामतिमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शरणामति–४ निवासी ६० वर्षीया झुमा देवी भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर शर्माले बताए ।

ब्राजिलमा प्रहरी हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्रहरी हेलिकोप्टर दुर्घटना हुँदा चार प्रहरी अधिकारीको मृत्यु भएको छ।

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु

-काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो । दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ ।

पाल्पामा ढुङ्गाले लागेर मजदुरको मृत्यु

नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत पाल्पा खालिवन– ५ का ५० वर्षीय भीमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पटना आउने रेल दुर्घटना हुँदा कम्तीमा ९१ जनाको मृत्यु

भारतको कानपुरमा रेल दुर्घटना हुँदा कम्तीमा ९१ जनाको ज्यान गएको छ। भारतको इन्दोरबाट पटना आइरहेको उक्त रेल कानपुरको पुख्र्यानमा लिकबाट बाहिर गएर पल्टिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा १ सय जनाभन्दा बढी घाइते भएका छन्।

२१ वर्षीया किशोरीको छाउपडी गोठमा मृत्यु

अछाम जिल्लाको तिमिल्सैन गाविस वडा नम्बर ७ की एक किशोरीको छाउपडी गोठमा मृत अवस्थामा भेटिएकी छन्। २१ वर्षीया डम्बरा उपाध्यायको गए राति गोठमा सुतेको अवस्थामा मृत अवस्थामा भेटिएको स्थानीयले जनाए।

हेटौंडामा कार दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंबाट हेटौँडातर्फ आइरहेको बा३च ९२८९ नं को कार भीमफेदी-कुलेखानी सडकखण्डको चुरीखेतमा आज बिहान दुर्घटना हुँदा उक्त कारमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्