१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मध्यपहाडी लोकमार्गः मुआब्जा नदिई बाटो निर्माणको स्वीकृति

पोखरा महानगरपालिका–१६ का तत्कालीन वडाध्यक्ष जीवनप्रसाद आचार्यले पुष्पलाल मध्यपहाडी लोकमार्ग पोखरा छिराउँदा बदमासी गरेको पाइएको छ। उनले स्थानीयको सहमति नलिई बाटो निर्माणको स्वीकृति दिएको पाइएको हो। जुन स्वकृतिमा उनले मुआब्जासमेत नलिई बाटो निर्माण गर्न भन्दै वडा र महानगरबाट सहमति पत्र लेखेको पुष्टि भएको छ।

बूढीगण्डकी मुआब्जाको सात अर्ब ६५ करोड रुपैयाँ खर्च भएन

बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइलाई चालु वर्ष सात अर्व ६५ करोड रुपैयाँ बजेट निकासा भएको छ। जग्गाको मुआब्जा वितरण सकेर घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण अन्तिम चरणमा पुर्‍याएको कार्यालयले अर्थमन्त्रालयबाट ह्रासकट्टीको निर्णय नहुँदा उक्त रकम खर्च गर्न नसकेको जनाएको छ।

काँकरभिट्टा–इनरुवा रेलमार्ग: जग्गा मुआब्जाको विरोधमा स्थानीयबासी

रेलकै कारण उठिबास लाग्ने अवस्था आएको भनेर धेरै ठाउँमा आन्दोलन समिति बनेका छन् । झापा र मोरङका रेल मार्गले छुने स्थानीय तहमा संघर्ष समिति गठन भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्