२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सुर्तीसहित बोलेरो जिप बरामद

कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी रु दुई लाख ३० हजार बराबरको २०० प्याकेट सुपरपावर सुर्तीसहित से १ च २८९ नम्बरको सेतो रङको पिकअप बोलेरो जिप बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्