११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बन्दुकसहित एक पक्राउ

प्रहरीले भरुवा बन्दुकसहति एक जनालाई पक्राउ गरेको छ। शुक्ला गण्डकी नगरपालिका–१६ सिम्ले बस्ने ५३ वर्षीय चेतबहादुर भुजेललाई शिशाको छर्रा लोड गरेको भरुवा बन्दुकसहित प्रहरीले शुक्रबार पक्राउ गरेको जनाएको छ।

बन्दुकको मोल २५ लाख डलर

ऐतिहासिक चिनियाँ बादशाहको एउटा प्राचीन बन्दुक २५ लाख अमेरिकी डलरमा लिलामी भएको छ। विश्वभरीका पुरातात्विक महत्वका वा अनौठा उत्पादन, सरसामान लिलाम गर्ने प्रख्यात बेलायती कम्पनी “सुथबाइज लन्डन”ले उक्त बन्दुक लिलामीमा चढाउँदा अन्तिम बोल, कबोलमा निजी क्षेत्रका एकजना एसियाली पारखीले १९ लाख ८५ हजार बेलायती पाउण्ड (पच्चीस लाख अमेरिकी डलर) खन्याएको सुथबाइजद्वारा प्रकाशित एक बिज्ञप्तिमा जनाइएको छ।

ट्रम्पको सभामा बन्दुकधारी !

अमेरिकाको नेभादा राज्यमा अवस्थित रेनोमा शनिबार राति आयोजित डोनाल्ड ट्रम्पको आमसभा झन्डै बिथोलिएको थियो । ट्रम्पले सम्बोधन गरिरहेका बखत एकजना श्रोताले ‘बन्दुक बन्दुक’ भनी कराउँदा मञ्च वरपर तीव्र होहल्ला र भागदौड मच्चिएपछि आमसभा केहीबेर बिथोलिएको थियो । बन्दुकको हल्ला फैलिएपछि ट्रम्पपनि सुरक्षाकर्मीको सहायता लिई केहीबेर मन्च पछाडि गएका थिए । तर एक मिनेट पछाडि नै ट्रम्प मन्चमा फर्केका थिए ।

बन्दुक बनाउँदै गरेका सापकोटा पक्राउ

ताप्लेजुङ- ताप्लेजुङ प्रहरीले पश्चिमी क्षेत्रको सावादिन गाँउ विकास समितिबाट भरुवा बन्दुक बनाई रहेको अवस्थामा एकथान भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ।

भरुवा बन्दुकसहित दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले भरुवा बन्दुकसहित दुई जना पक्राउ गरेको छ। जिल्लाको पातारासी गाविस– ३ का पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर वुढाको घरबाट चोरी गर्ने दुई जनालाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।

महिला उत्पिडनका बिरुद्ध हिजो बन्दुक उठाउन बाध्य भइयो : सभामुख घर्ती

सभामुख ओनसरी घर्तीले परम्परागत पितृसत्तात्मक सत्ताले महिला माथि ठूलो उत्पिडन गरेकाले हिजो बन्दुक बोक्न वाध्य भएको बताएकी छन्। मंगलबार राजधानीको पद्मकन्या क्याम्पसमा अखिल (क्रान्तिकारी) द्वारा आयोजित तीज विशेष कार्यक्रममा बोल्दै सभामुख घर्तीले भनिन्-" महिला उत्पिडनका विरुद्ध हिजो हामीले बन्दुक उठायौ,अब संविधान कार्यान्वयन गर्ने दायित्व नयाँ पुस्ताको हो।"

बन्दुक बोकेका हातमा कुटो–कोदालो

तत्कालीन नेकपा माओवादीका लडाकु गैरागाउँ–२, का भरत बोहरा (२८) अहिले व्यावसायिक तरकारी खेती गर्छन् । सानै उमेरमै राजनीति नै सबैथोक हो भनेर माओवादीको पूर्णकालीन कार्यकर्ता बनेका उनी अहिले आयआर्जन पनि महत्वपूर्ण हो भन्ने निष्कर्षमा पुगेका छन् ।

बन्दुकधारीले कब्जामा लिएको क्याफे सेनाको नियन्त्रणमा

ढाका – सेनाले बन्दुकधारीको कब्जामा रहेको भनिएको ढाकाको एक स्थानीय क्याफेलाई पूर्णरुपमा नियन्त्रण लिएको बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्