आफैले चलाएको बन्दुकको गोली लागेर घाइते
बाख्रा चराउन गएका एक जना स्थानीय बिहीबार दिउँसो जंगलमा आफूले बन्दुक पड्काउँदा घाइते भएका छन्। नौमुले गाउँपालिका–२ घर भएका ३२ वर्षका विर्खबहादुर शाहीले बन्दुक पड्काउँदा घाइते भएका हुन्।
बाख्रा चराउन गएका एक जना स्थानीय बिहीबार दिउँसो जंगलमा आफूले बन्दुक पड्काउँदा घाइते भएका छन्। नौमुले गाउँपालिका–२ घर भएका ३२ वर्षका विर्खबहादुर शाहीले बन्दुक पड्काउँदा घाइते भएका हुन्।
दुई थान भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गुलरिया नगरपालिका–९ टपरी गाँउका ५७ वर्षिय दिपबहादुर खड्काले माछा पोखरीको किनारामा रहेको सानो झुपडी घरमा लुकाई छिपाई भरुवा बन्दुक र गोली प्रहरीले बरामद गरेको हो।
बागलुङको तमानखोलामा आफ्नै भरुवा बन्दुकको छर्रा लागेर एक व्यक्तिको मृत्यु भएको छ। छर्राले घाइते भएका तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४७ वर्षीय ओमबहादुर घर्तीलाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ।
सन् २०१९ मा अमेरिकामा बन्दुकबाट मात्र ३८ हजार भन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। एक संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा सो कुराको जानकारी दिएको हो। एफे न्यूजको रिपोर्ट अनुसार गन भ्वाइलेन्स अर्काइव (जीवीए) संगठन, जसले देश भरमा बन्दुकबाट भएका हिंसाका घटनाहरुको तथ्यांक राख्ने गर्छ। जीवीएको प्रतिवेदन अनुसार बन्दुकबाट २०१९ मा ३८ हजार ७ सय ३० जना मानिसले ज्यान गुमाएका छन्।
चेकोस्लोभाकियाको पूर्वी शहर ओस्ट्रोभामा अवस्थित अस्पतालमा एक बन्दुकधारीले प्रहार गरेको गोलीबाट चार व्यक्तिको मृत्यु भएको छ।
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लाग्दा साथीको मृत्यु भएपछि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । ३ दिनअघि सिकार खेल्ने क्रममा गोली लाग्दा कटारी नगरपालिका ११ का ४९ वर्षीय शंकर राउतको मृत्यु भएको थियो ।
बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्केर लाग्दा एक किशोरको ज्यान गएको छ। मोलुङ्ग गाउँपालिका–३ को थुम्की जंगलमा बाँदर मार्न बोकेको भरुवा बन्दुक पड्किदा अष्ट बहादुर तामाङका १७ वर्षिय छोरा लालमान तामाङको ज्यान गएको हो।
मोरङको सुन्दरहरैंचा–५ स्थित नमुना सामुदायिक वनमा ३ थना भरुवा बन्दुक फेला परेको छ। सोमबार बिहान जंगलमा बन्दुक छ भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले लोड गरेको ३ थान भरुवा बन्दुक फेला पारेको मोरङ प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ बर्षसम्म पनि संघीय कानुन नबन्दा संघीयता कार्यान्वयनमा समस्या देखिएको बताएका छन्।
चीनको हेबेइ प्रान्तको प्रहरीले अनलाईनबाट बन्दुक विक्री गर्नेहरुको संजाल तोडिएको जनाएको छ।
प्रहरीले सिरहाको गोलबजार नगरपालिका–१ खजनपुरिया टोलबाट आज भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी मोक्सारबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो।
अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या हिंसाका घटना नियमित झैं हुन थालेका छन्। यी घटनाहरुमा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।
संयुक्त राज्य अमेरिकामा २४ घण्टाभित्र भएका दुई भिन्न बन्दुक आक्रमणमा परी ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । पहिलो बन्दुक आक्रमण स्थानीय समयअनुसार शनिबार बिहान टेक्सास राज्यको एल पासोस्थित वालमार्ट सुपरमार्केटमा भएको थियो । सो आक्रमणमा परेर २० जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएको थिए ।