१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

योजनावद्ध हत्या भएको आफन्तको आशंका

प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन्।

पीडित पक्ष र अस्पतालबीच पाँच बुँदे सहमति

स्वास्थ्यकर्मीको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भएको भन्दै भएको प्रदर्शनका कारण तनावग्रस्त बनेको हरिवनको स्थिति सामान्य बनेको छ । मृतकका आफन्त, अस्पताल व्यवस्थापन एवं प्रहरी प्रशासनबीच पाँचबुँदे सहमति भएकाे छ।  मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पतालतर्फ लगिएको छ।

सुत्केरी महिला मृत्यु प्रकरण : प्रदर्शनकारीमाथी अश्रुग्याँस र लाठी चार्ज

उपचारमा लापरबाही गरेकाले सुत्केरी महिलाको मृत्यु भएको भन्दै सर्लाहीको हरिवन स्थित नमूना अस्पतालमा आगजनी एवं तोडफोड भएपछि भिड नियन्त्रणका लागि प्रहरीले ११ सेल अश्रुग्याँस प्रहार गरेको छ।

लापरवाहीले सुत्केरी मृत्यु भएको भन्दै अस्पताल तोडफोड, राजमार्ग अवरुद्ध

उपचारमा लापरबाही गरेकाले सुत्केरी महिलाको मृत्यु भएको भन्दै सर्लाहीको हरिवनस्थित नमूना अस्पतालमा तोडफोड भएको छ।

बस दुर्घटनामा एककाे मृत्यु

बर्दियाको बाँसगढीमा यात्रु वाहक बस दुर्घटना हुँदा एक पैदल यात्रीकाे मृत्यु भएको छ भने बसमा सवार अन्य सात घार्इते भएका छन्।

छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

सिन्धुली र धनकुटामा भएको छुटाछुटै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दुर्घटनामा सिन्धुलीमा २ जना र धनकुटामा १ जनाको मृत्यु भएको हो।

मानव तस्करको जालोमा परेर जोर्डन हिँडेको मान्छे इराक

सन् २००४ को जुलाई ३० तारिखमा ३५ नेपालीहरुले वैदेशिक रोजगार विभागबाट श्रम गर्न जोर्डन जाने अनुमति पाएका थिए । जोर्डनको लागि श्रम स्वीकृति पाएका तीमध्ये १२ नेपाली झन्डै एक महिनापछि हिंसाग्रस्त इराकमा मारिए।

सल्यानमा घर भत्कदा एकै परिवारका ५ जनाको मृत्यु

सल्यानमा घर भत्कदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका वडा नम्बर ४ का रामबहादुर बिकको घर गएराती भत्कँदा च्यापिएर ३९ वर्षीय रामबहादुर सहित उनकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी २५÷३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

कमलाले खोस्यो महतो परिवारको खुसी

दुर्घटना नभइदिएको भए कृष्णकुमार महतो औरही–२ तुलसीपुरस्थित आफ्नो घरमा हुन्थे। जहाँ दुई दिदीबहिनी पुनमदेवी र सोनीकुमारी राखी लिएर उनको प्रतीक्षामा थिए। तर त्यसो हुन सकेन।

पहिरोमा परी बालकको मृत्यु

पहिरोमा पुरिएर जिल्लाको शिवपुरी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका–६ का लोकबहादुर तामाङका नौ वर्षीय छोरा अर्पण तामाङको आइतबार पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

कमला नदीमा बेपत्ता भएका तीन मध्ये एकको शव फेला

कमला नदीमा नुहाउने क्रममा शनिबार साँझ बेपत्ता भएका तीनजना मध्ये एकजनाको शव आइतबार मध्यान्ह फेला परेको छ।

‘तैं होस् ढुंगा हान्ने भनेर सीधै छातीमा गोली ठोक्यो’

शुक्रबार दिउँसो ३ बजे भीमदत्त नगरपालिका–१८ भगतपुर शुभकामना टोलका साथी उमेश खुनाका साथा सन्नी खुना काम गरेबापत आफूले पाउनुपर्ने पैसा माग्न भनी निस्किए। उनीहरू बाटोभरि रक्षाबन्धनमा दिदीहरूसँग राखी बाँधी माग्ने र उनीहरूलाई मिठा परिकार खुवाउने कुरा गर्दै ठेकेदारकहाँ पुगे । उमेश र सन्नी घरमा मार्बल बिछ्याउने मिस्त्रीको हेल्परका रूपमा काम गर्थे।

‘बलात्कारीलाई अमेरिकामा मृत्युदण्ड दिन मिल्ने, हाम्रोमा किन नमिल्ने ?’

महिला नेतृहरुले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिकाका दोषीलाई मृत्युदण्ड दिन माग गरेका छन्। उनीहरुले अमेरिकामा बलात्कारीलाई मृत्युदण्ड दिन हुने, नेपालमा किन नहुने भनी प्रश्न समेत गरेका छन्।

मृत्युदण्डको कानुन बनाउन संसदमा उठ्यो अावाज

पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले बलात्कार र भ्रष्टाचारजस्ता घटनाका अपराधीलाई मृत्युदण्ड दिन मिल्ने व्यवस्था गराउने पहल थाल्न सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्