६ आश्विन २०८१ आइतबार
image/svg+xml

मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु

गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ।

अदालत भवनमा मार्वल झार्ने क्रममा एकको मृत्यु

गोरखा जिल्ला अदालतको निर्माणाधिन भवनमा मार्वल झार्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। सिराह मोतिपुर का ३० वर्षिय नागेन्द्र शाहानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चीनमा हावा फुस्किएर बस दुर्घटना, ३६ जनाको मृत्यु

चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ। देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

बाढीका कारण भारतमा ४४ जनाको मृत्यु

भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन्। देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो।

आफ्नै ट्रकले च्यापेर चालकको मृत्यु

सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा जनरल अस्पतालको ट्रकले च्याप्दा सोही ट्रकको चालकको ज्यान गएको छ। ट्रक चालक ३५ वर्षका विजय तामाङको उपचारका क्रममा प्रस्तावित चरिकोट अस्पतालमा शुक्रबार ज्यान गएको दोलखा प्रहरीले जनाएको छ।

भिन्नाभिन्नै दुर्घटनामा तीनजनाको मृत्यु

मकवानपुरमा भएको तीन भिन्नाभिन्नै सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा तीनजना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका ११ थानाभ¥याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा बिहीबार भएका दुर्घटनामा तीनजनाको ज्यान गएको हो।

सवारी दुर्घटनामा तीन जनाको मृत्यु, तीन घाइते

मकवानपुरका तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तरगत हेटौंडा उपमहानगरपालिका ११ थानाभ-याङ, हेटौंडा ११ राप्तीपुलनजिक र भीमफेदी गाउँपालिका ६, माण्डुमा विहीबार भएको दुर्घटनामा तीन जनाले ज्यान गुमाएका हुन्।

गाईगोरु मृत्यु प्रकरण– छानबिन समितिद्वारा प्रतिवेदन पेश

नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले आज गृहमन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्