गीत गाऊ ए दिदी दिलै खोलेर
दिलै खोलेर तिम्रो मीठो बोलीमा मह घोलेर दुई चुल्ठीमा रिबन आँखा गाजलु दाजु तिमी आएर बजाऊ मादलु छमछम नाचेर कम्मर भाँचेर भन्नु दिदी कस्तो भो मलाई जाँचेर !
दिलै खोलेर तिम्रो मीठो बोलीमा मह घोलेर दुई चुल्ठीमा रिबन आँखा गाजलु दाजु तिमी आएर बजाऊ मादलु छमछम नाचेर कम्मर भाँचेर भन्नु दिदी कस्तो भो मलाई जाँचेर !
नाम सगरमाथा होस् वा चोमोलोङमा वा एभरेस्ट जे भए पनि हाम्रो सगरमाथा चुचुराले संसारको सबैभन्दा अग्लो चुचुराको रूपमा मान्यता पाएपछि यसको महत्त्व ह्वात्तै बढ्यो । संसारभरिका मान्छेहरू यो चुुचुरामा पुग्न प्रयास गर्न थाले । तर सधैँ असफलका असफल हुन्थे । हाम्रो सगरमाथा संसारभरिका मान्छेका लागि सपना भयो ।
याद हुन्छ , माया हुन्छ र पो हुन्छ आफ्नो मान्छे, भित्री मनको आवाज सुन्छ र पो हुन्छ आफ्नो मान्छे । हाँसोखुसीमा विनानिम्तो झुम्मिने कतिकति , दुख पर्दा सँगै रुन्छ र पो हुन्छ आफ्नो मान्छे।
मेरो बुबा त विदेशमा काेराेना काेविड-१९ ले खस्नुभयाे । झरी, पहिराेले बाटाे बन्द छ । चामल, दाल, पैसा छैन । हजुरबुबाकाे दमाकाे दवाई तुरेकाे छ । तर ताताे पानीकाे बाफ लिँदै गाउँपालिकाबाट राहात ल्याएर हामीलाई खुवाउदै हुनुहुन्छ । माइ ग्रेट ग्रान्ड फादर । अाफतमा कसरी बाँच्नुपर्छ उहाँबाट सिक्दै छु ।
मेरो बुबा त विदेशमा काेराेना काेविड-१९ ले खस्नुभयाे । झरी, पहिराेले बाटाे बन्द छ । चामल, दाल, पैसा छैन । हजुरबुबाकाे दमाकाे दवाई तुरेकाे छ । तर ताताे पानीकाे बाफ लिँदै गाउँपालिकाबाट राहात ल्याएर हामीलाई खुवाउदै हुनुहुन्छ । माइ ग्रेट ग्रान्ड फादर । अाफतमा कसरी बाँच्नुपर्छ उहाँबाट सिक्दै छु ।
म जस्ता सानो उमेरका धेरै केटाकेटीहरूलाई कोरोनाका कारण आफ्नोे घरमा मात्र बस्नुपरेको छ । यसरी घरभित्र मात्र बस्नुपरेकोले मलाई आजभोलि दिनहरू बिताउन धेरै गाह्रो भएको छ । अहिले मैले विद्यालय जान पाएको छैन । साथीहरूसँग भेट्न पाएको छैन । साथीहरूसँग खेल्नदेखि आफूलाई मन लागेको ठाउँ घुम्न पाएको छैन ।
बालापन भनेको यस्तो स्वर्णीम समय हो, जुन समयलाई सम्झँदा पनि मन पुलकित हुन्छ । फर्केर त्यही समयमा पुगूँजस्तो लाग्छ । अनि आफ्ना समयका रमाइला पल सम्झँदा बालबालिकाको संसारमा पुगूँजस्तै लाग्छ । तर यो सम्भव नभए पनि आफ्नो समयका चञ्चलपन, जिज्ञासा, चकचक यी सबैलाई सम्झेर बालसाहित्य सिर्जना गर्नु रमाइलो पक्ष हो । आफ्नो रमाइलोका लागि लेख्नुभन्दा पनि बालबालिकालाई हामी कस्तो खुराक दिँदैछौँ भन्ने कुरामा सचेत भएर लेख्नुपर्छ जस्तो लाग्छ ।
मानिसहरूकै विनाशकारी कार्यले गर्दा कोरोना र लकडाउन भएको हो । हामी विद्यार्थी विद्यालय जान नपाएर धेरै क्षति भएको छ । यस्तो हुनु आफैंमा एउटा गम्भीर विषय हो । केही विद्यार्थी इन्टरनेटको माध्यमबाट अनलाइन क्लास लिँदै छन् । तर, केही विद्यार्थीको हकमा भने अनलाइन क्लास लिने अवस्था छैन ।
पोखरा सेकेन्डरी स्कुल पोखराको आयोजनामा २०७ औँ भानु जयन्ती समारोह सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा स्कुलले आयोजना गरेको ’राष्ट्रव्यापी बालकविता प्रतियोगिता’ र ’भर्चुअल ट्यालेन्ट सो’का उत्कृष्ट विद्यार्थीको नतिजा सार्वजनिक भएको छ ।
रुकुम (पश्चिम)को मेरो गाउँ स्वर्ग समान छ । गाउँमा दसैंताका झुल्ने सुनौलो धान खेती र हिउँदमा मुलाको फूलले सेताम्मे बनेको फाँटले लोभ्याउँछ ।
सबै बालबालिकाले घरायसी काम सिकेर अभिभावकलाई सहयोग गर्नुपर्छ र असल छोराछोरी बन्नुपर्छ ।
कुनै गाउँमा एउटा ठूलो पिपलको रुख थियो। त्यो रुखमा धेरै थरीका चराहरू बसेका थिए। सबै चराहरू आआफ्नो गुँडमा आउँथेजान्थे। त्यही रुखमा सुगाका बथान पनि बसेका थिए। त्यही पिपलको बोटको टुप्पोमा एउटा बूढो गिद्ध पनि झोक्राएर बसेको थियो।