टंकबहादुर अालेमगर
अनलाइनमा शिक्षिका विद्यार्थीसँग प्रश्न गर्दै हुनुहुन्छ ।
शिक्षिका : अाज हामी पाठ्यक्रमभन्दा बाहिरकाे कुरा गराैँ ल ?
सबै विद्यार्थी : (एकै स्वरमा) हुन्छ मैडम ।
शिक्षिका: शान्ता भन्नाेस त याे लकडाउनभरि बुबाबाट के प्रेरणा पाउनुभयाे ?
शान्ता: मेराे बुबा माइ गड हुनुहुन्छ । उहाँबाट सानाेलाई माया र ठूलाेलाई सम्मान गर्न सिकेँ मैडम ।
शिक्षिका : रमेश तपाईंले नि ?
रमेश: पठन संस्कृति । केही समय कसरत याेगा र कविता लेखन ।
शिक्षिका : जीवनले नि ? जीवन: याे काेराेना महामारीमा गाउँका साथीहरूसँग खेल्न नजाने परैबाट कुरा गर्ने । धेरै बाहिर हिँडडुल गर्दा काेराेना सर्ने र अाफूसँगै परिवार नै संक्रमिक हुने भन्ने कुराे सिकेँ मैडम ।
शिक्षिका : सानी रञ्जुले नि ?
रञ्जु: मेरो बुबा त विदेशमा काेराेना काेविड-१९ ले खस्नुभयाे । झरी, पहिराेले बाटाे बन्द छ । चामल, दाल, पैसा छैन । हजुरबुबाकाे दमाकाे दवाई तुरेकाे छ । तर ताताे पानीकाे बाफ लिँदै गाउँपालिकाबाट राहात ल्याएर हामीलाई खुवाउदै हुनुहुन्छ । माइ ग्रेट ग्रान्ड फादर । अाफतमा कसरी बाँच्नुपर्छ उहाँबाट सिक्दै छु ।
शिक्षिका : अाेफ ! ! मार्मिक रञ्जुज्यूकाे दिनचर्या । नमन मेराे पनि हजुरबालाई ।अँ वियाेगजी तपाईं सुनाउनाेस्न अाफ्नाे प्रेरणा ।
वियाेग: लकडाउनभरि पसल नखाेलिदा घर चलाउन बुबालाई साह्राे परेकाे हाे , अहिले पनि स्थिति सुधार छैन ।तर बुबाले अाफ्नाे लत त्यागेर हामीलाई अभावग्रस्तबाट बचाउनु भा'छ । अाफतकाे बेला धर्यता, बुध्दिमता र सहनशीलता हुने शिक्षा पाएँ मैडम ।
शिक्षिका : लीसार तपाईं काेसँग प्रेरित हुनुभाे ।
लीसार: मेराे बुबा पनि साथीहरूकाे जस्तै दी ग्रेट अनि घरभेटी अान्टी पनि ।
शिक्षिका : (चाखिनु हुँदै) कसरी ?
लीसार: मेराे बुबा निजी संस्थामा सहयक कर्मचारी हुनुहुन्थ्याे । लकडाउनसँगै बुबाकाे कार्यालय बन्द भयाे । सानाे तलब, हाम्राे दैनिकीसँगै बुबाकाे तलब सकिन्थ्याे । गाउँबाट पाहुना पात र घरमा काेही बिमार भए खानै हम्य पर्थ्याे र हामीसँग पैसाकाे जाहाे थिएन । त्यसपछि कहिल्यै भारी नबाेकेकाे बुबाले लुकेर घर बनाउने ठाउँमा ज्यामी गरेर पाल्दै हुनुहुन्छ । त्यस्तै घरभेटी अान्टीले दुइमहिनाकाे घरभाडा छाेडेर पाँच बाेरा चामल दिनुभाे । अहिले म, उहाँ कै निशुल्क वाइफाई बाट प्रतक्ष्य प्रसारणमा छु । अहिले अात्माहत्याकाे खबर सुन्दा मलाई डर लाग्थाे र बुबा बाट, जस्तै विपतमा पनि नअात्तिने संघर्ष गर्ने प्रेरणा पाएँ भने दी ग्रेट घरभेटी अान्टी बाट अाफू भन्दा गरीबलाई सकेकाे सहयाेग गर्ने उत्साह पाएँ मैडम ।
शिक्षिका : धन्यवाद बाबूनानी हाे ।अर्काे भेटमा यस्तै पाठ्यपुस्तकभन्दा बाहिरकाे सम्समायिक विषयमाथि विचारविमर्श गर्ने छाैँ । अाजकाे रमाइलो पल बाेकेर बिदा भएँ , तपाईंहरू कैप्याराे मैडम ।
विद्यार्थीहरू : (एकै स्वरमा ) शुभ संध्या मैडम ।
प्रकाशित: १३ श्रावण २०७७ ०६:१८ मंगलबार