कल्पना प्रधान
कुनै गाउँमा एउटा ठूलो पिपलको रुख थियो। त्यो रुखमा धेरै थरीका चराहरू बसेका थिए। सबै चराहरू आआफ्नो गुँडमा आउँथेजान्थे। त्यही रुखमा सुगाका बथान पनि बसेका थिए। त्यही पिपलको बोटको टुप्पोमा एउटा बूढो गिद्ध पनि झोक्राएर बसेको थियो। त्यो झोक्राएर बसेको गिद्धलाई देखेर एउटा सुगा उसको नजिक गएर भन्यो, ‘तपाईको अवस्था चिन्ताजनक देखेर मलाई अति दु ःख लाग्यो। म तपाईको दुःख हटाउने कुनै काम गर्न सक्छु ?’
‘तपाईले मेरो सेवा गर्न सक्नु हुन्न। तपाई मभन्दा धेरै सानो र कलिलो उमेरको हुनुहुन्छ। तपाईको भावनाले मलाई अति प्रभावित बनायो। यो भावना हुने तपाईलाई धन्यवाद।’ गिद्धको कुरा सुनेर सुगाको मनले मानेन। उसले अरू कुरा थप्दै भन्यो,‘हामी सुगाको बथान ठूलो छ। हामी सबै मिली प्रत्येक दिन आहारा ल्याएर सबैले थोरैथोरै दियौ भने तपाईको एक दिनको आहारा पुग्दैन ?’
सुगाको कुरा सुनेर गिद्धले भन्यो, ‘पुग्न त पुग्छ तर म एउटा सर्वशक्तिमान् गिद्ध हुँ। आपूmभन्दा सानो चरासँग मागेर कसरी खाऊँ ? म कसैको सहायता नलिई नखाएरै आफ्नो प्राणपखेरु उडाउन चाहन्छु।’ गिद्धको कुरा सुगालाई मन परेन। उसले नम्र भएर भन्यो, ‘हेर्नुस् महाशय, यो पिपलको रुखमा हामी सबै अटाएका छौँ। हामी सबै यो रुखको संरक्षणमा बसेका छौँँ। कसैको माया नभई कोही पनि बाँच्न सक्तैन। हामी कतै जान पर्दैन। यही पिपलको रुखलाई हेरे पुग्छ। यस्तो आदर्श रुख हामी सबैको सामु उभिएको छ। यसको देखासिकी गरी हामी पनि तपाईको सेवा गर्न चाहान्छौँ।’
सुगाको सत्य र मीठो कुरा सुनेर गिद्धले भन्यो, ‘तपाईको कुरा मलाई अति मन प¥यो। एक्लै बाँच्न गाह्रो हुने कुरा बल्ल मलाई थाहा भयो। तपाईहरूका ससाना बचेराहरूलाई पढाउने काम मलाई दिनुहोस्। म त्यही काम गरी तपाईहरूको माया लिएर बस्ने छु।’
गिद्धको कुरा सबै सुगाहरूलाई मन प-यो। अब ती साना बच्चाहरूलाई हेरचाह गर्दै बेलामौकामा अर्तीबुद्धि दिन थाल्यो। यी राम्रा कुराहरू सबैले थाहा पाए। एउटाको घरमा पालिएर बसेकी काली बिरालीले पनि सबै कुरा सुनी। उसलाई त्यो सुन्दा मुखभरि पानी उम्रियो। मनभरिको लोभ बोकेर एक दिन त्यो काली बिराली गिद्ध बसेको रुखमा पुगी। उसले रुखको फेदबाटै गिद्ध दादा नमस्कार भन्र्दै रुख चढी। उसलाई देखेर गिद्ध छक्क प-यो।
काली बिरालीले नम्र भएर भनी, ‘दादा, म पनि बुढी भएँ। ती पहिले जवानीमा गरेका सबै पाप अब पखालेर फाल्न मन छ। धर्म कर्म कसरी गर्ने ? तपाईको जस्तो बच्चालाई पढाउन पाएँ म पनि गजबले पढाउने थिएँ।’ यो कुराले गिद्धको मनमा नराम्रो कुराको झस्का पस्यो। त्यही पनि त्यो काली बिरालीको कुरा सुनेर गिद्धले भन्यो,‘तिमी के विषय पढाउन सक्छ्यौ ?’
उसले पूmर्तिसाथ भनी, ‘जमाना कहाँबाट कहाँ पुगिसक्यो। तपाईलाई थाहै छैन। अहिले सबै ठाउँमा ‘क्याटवाक’को माग बढेको छ। म यही कुरा जान्दछु र त्यही सिकाउँछु। त्यो बूढो गिद्धले काली बिरालीका कुरा केही पनि बुझ्न सकेन। भोलि आउनु अनि कुरा गरौँला भनी बिदा गरिदियो। बिदा हुँदै काली बिरालीले झुक्याएर सुगाको एउटा सानो बच्चा मुखमा च्यापेर रुखबाट हामफाल्दै भागी।
साँझमा सबै सुगाहरू आए र आआफ्नो गुँडमा बसे। त्यही रुखमा एक जोडी सुगा भने खोई हाम्रो बच्चा भन्दै बिलौना गर्न थाले। त्यो कुरा रुखमा बस्ने सबैले थाहा पाए। सबै मिली त्यो सुगाको बच्चा खोजी गरे तर कसैले पत्ता लगाउन सकेनन्।
गिद्धले भन्यो, ‘आज दिउँसो एउटी काली बिराली आएकी थिई। पक्का यो काम सबै उसैको हो। भोलि पनि आउँछु भनेकी छे। सबैले विचार गरेर बस्नू।’ सबै चराहरूले दुष्टको बाटो हेरेर बस्न थाले। दिउँसो त्यो आई र नमस्कार दादा भन्दै लुसुक्क रुखमा चढ्न थाली। त्यही मौकामा सबै सुगाले ठुगेर भुइँमा लम्पसार पारेर लडाइदिए।
यो कुरा गिद्धले ती साना बचरालाई सुनाउँदै भन्यो, ‘नानी हो,हामी कसैले पनि विश्वासघात गर्नु हुँदैन। ग¥यो भने त्यो काली बिरालीको जस्तै सबैको हालत हुन्छ। आफ्नो प्यारा गुरुकोे कुरा सुनेर बचराले भने, ‘गुरु, तपाईले चिन्ता लिनु पर्दैन। हामी कसैको विश्वासघात गर्ने छैनौँ।’
बचराहरूको यस्तो कुरा सुनेर गिद्ध पनि खुसी भयो र खुरुखुरु आफ्नो काम गरिरह्यो। त्यो दुष्ट काली बिरालीले भने अझै बचरा चपाएको स्वाद भुलेकी छैन र बिरालाको शाखासन्तान सबै बचराको गन्ध पाउनासाथ रुखमा चढ्न पल्केका छन् तर ती आउँदा सबै चरा मिलेर एकै स्वरमा कराउँदै त्यो दुष्टलाई भगाएरै छाड्छन्।
प्रकाशित: ४ आश्विन २०७६ ०६:५० शनिबार