५ आश्विन २०८३ सोमबार
image/svg+xml

भीमादबाटै राष्ट्रिय परिचयपत्रको सेवा प्रदान

जिल्ला प्रशासन कार्यालय तनहुँले भीमाद नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु गरेपछि वरपरका चार पालिकाका सर्वसाधारण लाभान्वित भएका छन्।

कृषि उत्पादन र बजारीकरणमा जोड दिँदै काभ्रे

काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ।

परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना

जलवायु परिवर्तनका असमान र विकराल प्रभाव बढ्दै जाँदा नेपालको संस्कृति, सभ्यता तथा हिमालयसँग जोडिएको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै परराष्ट्र मन्त्रालयले जलवायु कूटनीति शाखा स्थापना गरेको छ।

एमाले सचिवालय : पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय

नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको छ।

केन्द्रीय कमिटी बैठकका लागि घनी मण्डल पुगे अध्यक्ष ओली (तस्बिरहरू)

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक केहीबेरमा सुरु हुँदैछ। ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुन लागेको हो।

जलवायु कूटनीति: शाखा थप्ने कि शक्ति बढाउने?

जलवायु परिवर्तनका कारण नेपालका हिमाल, जलस्रोत, कृषि, पूर्वाधार र जनजीवनमा असर बढ्दै जाँदा परराष्ट्र मन्त्रालयले वातावरण कूटनीति शाखा स्थापनाको निर्णय गरेको छ।

तेलको अभाव भए प्रतिलिटर हजार रुपैयाँमा पनि पाउन गाह्रो हुने चेतावनी

यमनका हुथी विद्रोहीहरूको बढ्दो गतिविधि र साउदी अरेबियाका तेल केन्द्रमा भएका आक्रमणका कारण तेल आयात गर्न झनै कठिन भएको छ।

'बाः एक योद्धा’ हेरेर दर्शकले दिए यस्तो प्रतिक्रिया

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ।

ऊर्जा सुरक्षा र पुनर्जीवित इभी ब्याट्री

हाम्रा नदीहरूले वर्षायाममा प्रशस्त जलविद्युत् उत्पादन गरे पनि हामी अझै मौसमी विद्युत् अभाव, महँगो विद्युत् आयात र पेट्रोलियम पदार्थप्रतिको ठुलो परनिर्भरताजस्ता चुनौतीहरू सामना गरिरहेका छौं।

डुजुआन टाइफुनका कारण जापानमा २७५ उडान रद्द, जनजीवन प्रभावित

चिबा प्रान्तमा चार हजारभन्दा बढी घर विद्युत्विहीन भएका छन् भने टोकियो र आसपासका क्षेत्रमा रेल सेवा प्रभावित भएको छ।

‘महाभारत’ का 'भीम'लाई महिला उत्पीडनको आरोपमा जेल

विवाहको आश्वासन दिएको र मानसिक उत्पीडन गरेको आरोपमा हैदराबाद प्रहरीले नियन्त्रणमा लिएको छ।

एक महिनामै २ खर्ब १५ अर्ब बढी रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा मात्रै २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

इक्वेडरलाई ४-० ले हराउँदै बेलायत डेविस कप फाइनल्समा

लन्डनस्थित कपर बक्स एरिनामा भएको छनोटमा इक्वेडरलाई ४-० ले पराजित गर्दै बेलायतले सन् २०२३ पछि पहिलोपटक डेविस कपको अन्तिम आठमा स्थान बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्