६ आश्विन २०८१ आइतबार
image/svg+xml

महावीर रेलिगेसनमा

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार खुमलटार युथ क्लबसँग ४–२ ले पराजित भएपछि महावीर क्लब रेलिगेसनमा पर्ने पहिलो टोली बनेको छ। एन्फा मुख्यालयमा भएको खेल जितेसँगै खुमलटार १५ अंकसहित सातौं स्थानमा उक्लिएको छ।

अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले नेपालीलाई छात्रवृत्ति दिने

काठमाडौं—अस्ट्रेलियाको मेलवर्न सहरस्थित विश्वकै प्रतिष्ठित ला ट्रोब विश्वविद्यालयले नेपाली विद्यार्थीलाई १५ देखि २५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको छ।

पाकिस्तानमा रेल दुर्घटना, ६ जनाको मृत्यु

पाकिस्तानमा बिहीबार भएको रेल दुर्घटनामा परी ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण

अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन्।

समस्या समाधानप्रति सरकार गम्भीरः पोखरेल

माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अगाडि विवादित विषयमा सहमति गर्नसरकार लागि परेको बताएका छन्।

टी—२० मा अस्ट्रेलियाको नयाँ कीर्तिमान

अस्ट्रेलियाले टी—२० क्रिकेटमा उच्च स्कोरको नयाँ कीर्तिमान बनाएको छ। श्रीलङ्का भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीविरुद्धको पहिलो टी—२० खेलमा २ सय ६३ रन बनाउँदै नयाँ कीर्तिमान बनाएको हो।

एमाले नेता शंकर पोख्रेलको ट्विट विवादः राैतहटमा पुत्ला दहन

एमाले नेता शंकर पोखरेलको अभिव्यक्तिको विरोधमा रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाले प्रदर्शन गरेको छ। मोर्चा संबद्ध कार्यकर्ताले बुधबार बिहान नेता पोख्रेलको पुत्ला दहन गरेका छन्।

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

तीव्र गतिका बलर मिचेल स्टार्क र जोस हाज्लेउड अनुपस्थित हुने दक्षिण अफ्रिकाविरुद्धको दिवसीय शृंखलाका लागि अस्ट्रेलियालेतीन नयाँ खेलाडीलाई मौका दिएको छ। श्रीलंकाविरुद्धको टेस्ट र एकदिवसीय शृंखलापछि छनोट समितिले हाज्लेउड र स्टार्कलाई आराम दिने निर्णय गरेको हो। सोमबार घोषणा गरिएको १५ जनाको टोलीमा क्रिस ट्रेमैन, जोए मेन्नी र डानियल वोर्रेल नयाँ अनुहार हुन्।

अष्ट्रेलियाली टोलीमा तीन नयाँ

तीव्र गतिका बलर मिचेल स्टार्क र जोस हाज्लेउड अनुपस्थित हुने दक्षिण अफ्रिकाविरुद्धको दिवसीय शृंखलाका लागि अस्ट्रेलियालेतीन नयाँ खेलाडीलाई मौका दिएको छ। श्रीलंकाविरुद्धको टेस्ट र एकदिवसीय शृंखलापछि छनोट समितिले हाज्लेउड र स्टार्कलाई आराम दिने निर्णय गरेको हो। सोमबार घोषणा गरिएको १५ जनाको टोलीमा क्रिस ट्रेमैन, जोए मेन्नी र डानियल वोर्रेल नयाँ अनुहार हुन्।

देउवा र निधिलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार छैन: नेता पोखरेल

नेकपा एमालेका नेता शंकर पोखरेलले काँग्रेसलाई संविधान संशोधनको कुरा गर्ने नैतिक अधिकार नभएको बताएका छन्। विगतमा आफूहरुले आन्दोलनकारीसँग सहमति गरेरमात्रै संविधान संशोधन गर्ने प्रस्ताव गर्दा काँग्रेसले नै दुईवटा विषयमा मात्रै संशोधन गरौं भनेपछि आफूहरुले सोही अनुसार सहमति गरेको उनले जनाए।

अष्ट्रेलिया विजयी

जोन ह्यास्टिङको ६ विकेट तथाआरोन फिन्च र जर्ज बेलीको आक्रामक अर्धशतकप्रेरित अस्ट्रेलियाले बुधबार श्रीलंकाविरुद्धको चौथो एकदिवसीय खेल ६ विकेटले जितेको छ। फिन्चको १९ बलमा ५५ र बेलीको अविजित ९० रन मद्दतमा २ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ३१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो। जितसँगै भ्रमणकारी टोलीले ५ खेलको शृंखला जितेकोछ।

कर्ण दास र राजनलाई पोखरेली पुरस्कार

पोखरेली युवा सांस्कृतिक परिवारले यस वर्षका लागि सोम बज्राचार्य स्मृति संगीत पुरस्कारबाट गायक कर्ण दासलाई र ललितकला पुरस्कारबाट कलाकार राजन काफ्लेलाई पुरस्कृत गर्ने भएको छ। पुरस्कार दुई–दुई वर्षमा प्रदान गरिँदै आएको छ।

संविधान संशोधन हुँदैन: महासचिव पोखरेल

भक्तपुर-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले कसैको लहडका आधारमा संविधान संशोधन नहुने बताएका छन्। संविधान गतिशिल र परिवर्तनशिल दस्तावेज भए पनि औचित्य, अभ्यास, अनुभव र आवश्यकताका आधारमा मात्र संशोधन हुने उनले बताए।

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तिएको बताएका छन्। मुख्य तीन राजनीतिक दलबीचको सहकार्य र सहमति सत्तासँग मात्रै जोड्ने कार्य नेताहरुले गरेकाले सम्बन्धमा चिसो पसेको उनले बताए ।

कसैले भाग नलिएपनि चुनाव भएरै छाड्छ: गजुरेल

नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले समयमै स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्