११ मंसिर २०८१ मंगलबार
image/svg+xml

पोखरा विमानस्थलको नाफा बर्सेनि बढ्दै

यात्रुको चाँप र हवाइ जहाजको उडान थपिँदै जाँदा पोखरा विमानस्थलले हरेक वर्ष नाफा कमाउने गरेको छ। आर्थिक वर्ष ०७५/७६ मा पोखरा विमानस्थलले झन्डै साढे नौ करोड रुपैयाँ कमाइ गरेको थियो। विमानस्थलको उक्त आर्थिक वर्षको खर्च भने जम्मा चार करोड रुपैयाँ थियो। खर्च कटाउँदा पनि झन्डै साढे पाँच करोड रुपैयाँ विमानस्थलले नाफा कमाएको छ।

चार वर्षमा प्राधिकरणको आम्दानी दोब्बर

आर्थिक वर्ष ०७२/७३ मा प्राधिकरणको कुल आम्दानी ३५ अर्ब सात करोड रुपैयाँ थियो। प्राधिकरणले आर्थिक वर्ष ०७५/७६ मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार वर्षको अवधिमा आम्दानी दोब्बर गर्न सफल भएको बताए।

बैंक सफलताका सारथि

सरकारी संस्था भन्नासाथ बेथिती, अव्यवस्था, राजनीति र अन्त्यमा घाटा हुन्छ भन्ने आम बुझाइ छ। कतिपय त्यस्ता संस्था पनि छन्, जसले निजी क्षेत्रका संस्थालाई टक्कर त दिएकै छन्, आफूलाई अब्बल स्थापित पनि गरेका छन्।

बैंक, वित्तीय संस्था बढी नाफामुखी भए: खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक पाँच अर्बभन्दा बढी नाफा गरेको भन्दै आगामी दिनमा नाफामुखीभन्दा सेवामुखी हुन आग्रह गरेका छन्।

पोहोरको नाफा ७२० करोड, सञ्चित नोक्सानी अझै १५ अर्ब

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष ०७५/७६ मा सात अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा एक सय ४९ प्रतिशत बढी हो। प्राधिकरणले गत वर्ष अघिल्लो वर्षको तुलनामा चार अर्ब ३० करोड रुपैयाँ बढी नाफा कमाएको हो।

राष्ट्रिय वाणिज्य बैंक, नाफामा नम्बर वान

‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ।

दुग्ध संस्थानको नाफा पौने पाँच करोड

सरकारी स्वामित्वका अधिकांश सार्वजनिक संस्थान घाटामा गइरहेका बेला दुग्ध विकास संस्थाले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पौने पाँच करोड रुपैयाँ नाफा कमाएको छ।

पुष्प व्यवसायमा रमाउँदै किसान

नुवाकाेटकाे पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे।

पुष्प व्यवसायमा रमाउँदै किसान

पञ्चकन्या गाउँपालिका–१ बानियाँटार निवासी रामप्रसाद लामिछानेले यसअघि तरकारी, खर्बुजाजस्ता फलफूल खेती गर्ने गर्थे। त्यसलाई बजार व्यवस्थापन गर्न समस्या भएपछि उनी २०७१ देखि फूल खेतीलाई निरन्तरता दिइरहेका छन्।

बैंकहरूको नाफा पौने ४६ अर्ब (सूचीसहित)

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २८ वटा वाणिज्य बैंकहरूले ४५ अर्ब ६६ करोड ९२ लाख रुपैयाँ नाफा गरेका छन्। ‘क’ वर्गका वाणिज्य बैंकहरूले चालु आवको यो अवधिमा गरेको नाफा यसै आवको दोस्रो त्रैमास (कात्तिकदेखि पुससम्म) भन्दा ४८.१८ प्रतिशतले बढी हो।

बैंकको नाफा अर्बभन्दा माथि, कसको कति ?

बिहीबारसम्म तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका २१ वटा बैंकको नाफा अर्बभन्दा माथि रहेको देखिएको छ। हाल संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये हालसम्म वित्तीय विवरण प्रकाशित गरेका २१ वटा बैंकले गत वर्षको तुलनामा सुधार गरेका छन्।

‘लोडसेडिङ निम्त्याउने खेल सुरु’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिजो लोडसेडिङ गराउनेहरु नै आज यो वा त्यो बहानामा आफूलाई कमजोर पार्ने खेलमा लागेको बताएका छन्।

‘व्यवसाय चल्ने र बैंकलाई निश्चित मुनाफा हुने गरी ब्याजदर निर्धारण’

अर्थमन्त्री युवराज खतिवडाले व्यवसाय चल्ने र बैंंकलाई निश्चित मुनाफा हुने गरी ब्याजदर निर्धारण हुनुपर्ने बताएका छन्। उनले मंगलबार बजेटको अर्धवार्षिक समीक्षामा यस्तो बताएका हुन्।

रेल : किन र कसरी ?

रेल यातायात सेवा अरु यातायत प्रणालीभन्दा सरल, सहज, सस्तो, सुरक्षित यातायात सेवा हो। यसको कार्यक्षमता सडक वा वायुसेवाको भन्दा बढी हुन्छ। नेपालमा मुख्य यातायातको माध्यम सडक हो र त्यसपछि वायुसेवा। रेलको विकास यी दुई यातायात प्रणालीको बीचमा रहनेछ। रेल सेवा सडकको भन्दा ज्यादा क्षमताको दु्रत तथा सुरक्षित हुनेछ भने वायुसेवा भन्दा सस्तो हुनेछ।

१३ बैंकको नाफा अर्ब नाघ्यो

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको वित्तीय विवरण अनुसार २४ मध्ये १३ वाणिज्य बैंकको खुद नाफा अर्बभन्दा माथि छ। त्यसमध्ये पनि राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको नाफा दुई अर्ब नाघेको छ। ६ नयाँ बैंक एनआइसी एसिया, ग्लोबल आइएमई, एनएमबि, सिद्धार्थ, प्रभु र एसबिआई अर्ब क्लबमा उक्लिएका छन्। सानिमा बैंक अर्ब क्लबमा पुग्न नसके पनि अर्ब क्लबको डिलमा पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्