१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

२२ वर्षपछि बल्ल बन्यो माओवादीले भत्काएको पुल

कालिकोटको खाँडाचक्र नगरपालिका–२ झाम्लामोडको डाँडादेखि शुभकालिका– २ छहरा जोड्ने झोलुंगे पुल बनेपछि यहाँका नागरिकलाई सहज भएको छ।

प्रधानमन्त्रीले गरे देशकै लामो झोलुंगे पुल उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार कमला नदीमा निर्माण गरिएको झोलुंगे पुल उद्घाटन र पक्की पुल शिलान्यास गरेका छन्।

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुंगे पुल उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहालले कमला नदीमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरेका छन्।

पर्यटकीय पदमार्गमा बन्याे झोलुंगे पुल

मुस्ताङको थासाङ गाउँपालिका– २ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुंगे पुल निर्माण भएको छ।

पुनर्निर्माण गरिँदै १३६ बर्से झोलुंगे पुल

एक सय ३६ वर्षअगाडि निर्माण गरिएको म्याग्दीको बेनी नगरपालिका ७, मंगलाघाटमा म्याग्दी नदीमाथिको झोलुंगे पुल पुनर्निर्माण हुने भएको छ।

एक हजार २१ वटा झोलुंगे पुल निर्माण

कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुंगे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, संघीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार २१ वटा झोलुंगे पुल निर्माण भएका हुन् ।

जोखिमपूर्ण झोलुंगे पुलमा यात्रा गर्नुपर्ने बाध्यता

गत असोजको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कर्णाली र तिलानदी दोभानको जितेगडामा रहेको झोलुंगे पुल भत्काएपछि स्थानीयलाई जीर्ण पुलबाट यात्रा गर्नुपर्ने बाध्यता छ।

झोलुंगे पुलका लागि २७ अर्ब आवश्यक

सर्वसाधारणले जोखिम लिएर तुइनबाट तर्नुपर्ने बाध्यताको अन्त्य गर्न झोलुङ्गे पुल निर्माण गर्ने योजना सरकारले अघि सारेको हो।

चुनावी एजेन्डा बन्यो साँंगाको झोलुंगे पुल

नेता महेश वस्नेतको यो क्षेत्रमा कांग्रेससहित अर्काे शक्तिको रुपमा रहेको नेपाल मजदुर किसान पार्टीले विकासको नाममा अनावश्यक ठाउँंमा पैसा खर्च गर्न लगाएर एकप्रकारको भ्रष्टाचार गराउनेमाथि कारबाही हुनुपर्ने माग राख्दै आएको छ।

रूपातालमाथि झोलुंगे पुल

पोखराको पर्यटकीय गन्तव्य रूपातालमाथि झोलुंगे पुल निर्माण भएको छ। पोखराको लेखनाथस्थित रूपातालमाथि २ सय ६९ मिटर लामो झोलुंगे पुल निर्माण भएको हो। पोखरा महानगरपालिका–३१ र रूपा गाउँपालिका–६ को मिलनविन्दु सिमलटुँडामा बनेको पुलको मंगलबार उद्घाटन गरियो।

गौरमा पुल चोरीको प्रयास

रौतहटको सदरमुकामा गौरको बरहवा तालस्थित एक पुल नै चोरीको अभ्यास भएको छ। आइतबार राति झोलुंगे पुलको एउटा पट्टा नै चोरी भएको छ।

पहिरोले गोरखाको चुमनुब्रीमा झोलुंगे पुल चुँडियो

पहिरोले गोरखाको चुमनुब्री गाउँपालिका ६, ७ जोड्ने झोलुंगे पुल चुँडिएको छ। मंगलवार रातीको पहिरोले लोक्पास्थित डुयु खोला पुल भत्काउँदा पुल चुँडिएको स्थानीयले बताएका छन्।

धमाधम ठूल–ठूला पक्की पुल भत्किँदा स्थानीय चिन्तित

जब्दी घाटको पुल ४ सय २५ मिटर लम्बाई पुलको तीनवटा स्पान भत्किएको थियो भने सत्ति घाटको पाँचसय मिटर लामो पुलको पूर्वतर्फको एउटा स्पान भत्किएको छ।

मुलुककै लामो झोलुंगे पुल उद्घाटन

नेपालकै लामो झोलुंगे पुल शनिबार उद्घाटन गरिएको छ। बागलुङ नगरपालिका–१ रामरेखा बाँगेचौरबाट पर्वतको कुस्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने मुलुककै एकमात्र ५६७ मिटर लामो झोलुंगे पुलको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्