२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाली फुटबल टोली मलेसिया प्रस्थान

मलेसिया र चाइनिज ताइपेईविरुद्धको मैत्रीपूर्ण खेलमा खेल्न नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ। नेपाली टोलीलाई अखिल नेपाल फुटबल(एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बिदाइ गरेका थिए। नेपाली टोलीले आइतबार क्वालालम्पुरमा पहिलो मैत्रीपूर्ण खेलमा मलेसियाको सामना गर्नेछ भने बिहिबार चाइनिज ताइपेईविरुद्ध चुनौती दिनेछन्। टोली मलेसियाबाट ताइपेइ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय टोली तयारीको निर्देशकमा गुरुङ

नेपाली तेक्वान्दोका पूर्वमुख्य प्रशिक्षक ध्रुवबहादुर गुरुङले राष्ट्रिय टोली तयारीको निर्देशकको जिम्मेवारी पाएका छन्। राष्ट्रिय टोली तयारीका उप–निर्देशकसमेत रहेका गुरुङलाई पदोन्नती गर्दै शुक्रबारदेखि लागू हुने गरी राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले निर्देशकको जिम्मेवारी दिएको हो। यसअघि उक्त पदको जिम्मेवारी तेक्वान्दोकै वरिष्ठ प्रशिक्षक अर्जुन विक सम्हाल्दै आएका थिए। विकले अब तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी सम्हाल्ने भएका छन्।

बजेटले मुलुकको अर्थतन्त्रमा नकारात्मक असर पार्छ: कांग्रेस

उत्पादनभन्दा वितरणमै बजेटले जोड दिएको भन्दै कांग्रेसले आगामी एक वर्षमा प्रत्यके नेपालीको भागमा थप १६ हजार ऋणको भार थपिने कांग्रेसले जनाएको छ।

संघीयता वास्तविकता हो, पछाडि फर्किन सकिँदैनः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताएका छन्।

'जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याइयाे'

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले जनताको चाहना प्रतिकूल हुनेगरी बजेट ल्याएको निष्कर्ष निकालेको छ।

कम्युनिष्ट सरकारले जनतालाई अन्याय गर्‍याेः पौडेल

पौडेलले कम्युनिष्टको सरकारले देशलाई समाजवाद उन्मुख गर्नुको साटो करोडौं अरर्बौ रकमको योजना आफ्ना कार्यकर्ता केन्द्रित गरिरहेको बताउदै देशको ढुकुटी रित्याउने काम र कार्यकर्ता पोस्ने कामबाहेक अरु केहि गर्न नसकैको आरोपसमेत लगाएका छन्।

देउवाले भने : सरकारसँग याे बजेट कार्यान्वयनको ‘क्यापासिटी’ नै छैन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको आर्थिक वर्ष २०७६/०७७ को बजेटको आलोचना गरेका छन्।

हिंसाका बछिटा गणतन्त्रका लागि अशुभः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सुरु गरेको बमबारुदको प्रयोग देशका लागि शुभसंकेत नभएको बताएका छन्। जागरण अभियानका क्रममा डोटी पुगेका पौडेलले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा गणतन्त्र दिवसको शुभकामना दिँदै गणतन्त्र फेरि जोखिममा परेको बताए।

सरकारले लोकतन्त्रमाथि हमला गर्‍योः देउवा

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन्।

‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाएर देशलाई द्वन्द्वमा फसाउन खोजियो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्। मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिए ।

अबको ३ वर्षभित्र फास्ट ट्रयाक सञ्चालनमा आउँछः सेना, प्रतिवेदन स्वीकृत गर्न निर्देशन

नेपाली सेनाले काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्माणको काम तोकिएकै समयभित्र सम्पन्न हुने गरी अघि बढाइएको जनाएको छ। सेनाका अनुसार अबकाे ३ वर्षभित्र फास्ट ट्रयाक सञ्चालनमा आउने छ।

राजधानीमा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले  राजधानीमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। केपीशर्मा ओली नेतृत्वको सरकारले जनतालाई सुशासन दिन नसकेको भन्दै नेविसंघ सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको हो।

शशांक भन्छन्ः सरकारले विप्लवलाई आतंककारी भने पनि अन्तिममा मिल्ने देख्छु

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकार नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग मिल्ने दावी गरेका छन्। महामन्त्री कोइरालाले नेपाली जनताले बनाएको संविधान फेर्ने नियतका साथ वर्तमान सरकार र चन्द नेतृत्वको नेकपा मिल्ने तर्क गर्दै संविधानको रक्षा गर्न पनि काँग्रेस नेता, कार्यकर्ता एकजुट भएर अघि बढनुको विकल्प नरहेको पनि बताए।

मिडिया काउन्सिल विधेयक संसदीय प्रक्रियाबाट पारित हुन्छ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन्।

सैनिक जवान हत्याका प्रतिवादी पक्राउ

बिदामा घर आएका सैनिक जवानलाई कुटपिट गरि हत्या गर्नमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टी–४ स्थित तेनुवापट्टी गाउँका ३८ वर्षिय मंगल साह रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्