२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बजेट कार्यान्वयन हुँदैन: कांग्रेस सांसद

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको बजेट कार्यन्वयन हुन नसक्ने बताएका छन्।

हुरीपीडितका लागि नमुना घर, चार सय १० घरको जग खनियो

क्षति भएका घरहरूमध्ये सेनाले एक हजार ६२ घरमात्रै निर्माण गर्ने भएपछि एक हजार एक सय ३१ घरहरू त्यसै रहने अवस्था छ।

‘अदालतलाई तर्साउने तथा मानवअधिकारमाथि अंकुश लगाएर ओलीले जनमतको दुरुपयोग गरे’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

विश्वप्रकाश भन्छन्ः भित्र सुध्रिँदै, बाहिर गर्जिदै छ कांग्रेस

‘नेपाली काँग्रेस पार्टी सुधारोन्मुख बाटोमा अगाडि बढ्दै छ। त्यसैले त हामी भित्र सुध्रिँदै, बाहिर गज्रिँदै छौं’, प्रवक्ता विश्वप्रकाश शर्माको भनाई हो यो। ‘रुखको हाँगा भाँचिएका होलान् तर जरा अब झन् गडेर तल जाँदैछ’, उनले थपे।

पटवाललाई औपचारिक जिम्मेवारी

राष्ट्रिय खेलकुद परिषद्को पहलमा आइसिसीले प्रशिक्षणका लागि नेपाल पठाएका उमेश पटवालले नेपाली राष्ट्रिय टोलीको क्रिकेट प्रशिक्षणका लागि औैपचारिक रूपमा जिम्मेवारी पाएका छन्।

सरकार अल्झियो : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकार महत्वाकांक्षी योजनामा अल्झेको बताए। कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकामा आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै सांसदसमेत रहेका थापाले सरकारले जनताको आधारभूत आवश्यकताभन्दा रेल र पानीजहाजको महŒवाकांक्षी योजना अघि सारेर अल्झने काम गरेको आरोप लगाए।

जनताको अधिकारमाथि चौतर्फी हस्तक्षेप : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले जनताका अधिकारमाथि चौतर्फी हस्तक्षेप गरी प्रजातन्त्रमाथि नै हमला गर्न खोजेको बताएका छन्। कांग्रेस रूपन्देही जिल्ला सम्मेलनमा बोल्दै देउवाले न्यायलय, स्वतन्त्र प्रेस र मानवअधिकारमाथि सरकारले पञ्चायतमा भन्दा बढी नियन्त्रण गर्न खोजेको आरोप लगा।

‘पञ्चायतका राजाभन्दा ओली तल्लो स्तरमा झरेर निरंकुशता लाद्न खोजिरहेका छन्ः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले जनताका अधिकार माथि चौतर्फी हस्तक्षेप गरी प्रजातन्त्रमाथि नै हमला गर्न खोजेको बताएका छन्। नेपाली काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलनलाई शनिबार मधवलीयामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले न्यायालय, स्वतन्त्र प्रेस र मानवअधिकारमाथि ओली सरकारले पञ्चायतमा भन्दा बढी नियन्त्रण गर्न खोजेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमण असफलः नेता सिंह

नेपाली कांग्रेसका नेता तथा सांसद डा.अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण असफल भएको टिप्पणी गरेका छन्।

सांसदलाई ६ करोडले पुग्दैन, १० करोड चाहिन्छः कांग्रेस नेता खड्का

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको बताएका छन्। उनले यसलाई अझै बढाएर १० करोड पुर्याउनुपर्ने आवश्यकता औंल्याए। रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘सांसदलाई पैसा दिने कुरा ठीक छ। सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्छ।’

ओलीले राणा र पञ्चायत बिर्साउँदैछन्: कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुक लोकतान्त्रिक पद्धतीमा चल्न छोडेको बताएका छन्।

कविताबाटै क्रान्ति सन्देश

युगकवि सिद्धिचरण नेपाली साहित्यका ढुकढुकी हुन्। हामी सिद्धिचरणलाई सश्रद्धा ‘युगकवि’ सम्बोधन गछौँ। युगकवि नै भन्नुको आशय र कारण पहिल्याउँदै जाँदा उनीमाथि लगाइएको एउटा प्रमुख आरोपचाहिँ उनले मातृभाषा (नेवार भाषा, नेपालभाषा)मा आजभन्दा ७५ वर्षअघि फत्तेबहादुर सिंहद्वारा सम्पादित तथा प्रकाशित ‘नेपाली विहार’ नामक कवितासंग्रहमा निस्केको उनको ‘वर्षा’ शीर्षकको कविता नै अग्रपंक्तिमा देखापर्छ। तत्कालीन राणाहरूको निरंकुश हुकुमी शासनमा प्रगतिशील विचारधाराका पुस्तक छाप्नु सम्भवै थिएन। त्यसमा नेवार भाषाका पुस्तक छपाइको त कुरै भएन। यसैले फत्तेबहादुरले उक्त ‘नेपाली विहार’ पुस्तक छिमेकी मुलुकको विहार प्रान्तको वेतियामा लगी उतैबाट छपाएर नेपाल भिœयाएका थिए। दुर्भाग्य, उक्त पुस्तक भिœयाएको थाहा भएपछि जफत गरियो।

साहित्यिक युगका निर्माणकर्ता

नेपाली तथा नेपाल भाषाका महान् स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म १९६९ जेठ ९ गते मंगलबार शुक्लपञ्चमीका दिन ओखलढुंगामा भएको थियो। उनका पिताको नाम विष्णुचरण र माताको नाम नीरकुमारी हो। उनको ११ वर्षसम्मको बाल्यजीवन ओखलढुंगामै बित्यो र त्यसपछि मातापिताका साथ उनी काठमाडौँ आएर पैतृक घर ओमबहालमा बस्न थाले।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पटवाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका उमेश पटवाल बन्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्