बुटवल - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मुलुक लोकतान्त्रिक पद्धतीमा चल्न छोडेको बताएका छन्। नेपाल शिक्षक संघ प्रदेश नं ५ को सभालार्इ बुटवलमा सम्बोधन गर्दै नेता कोइरालाले दुइ तिहाइको सरकारले राणा र पञ्चायतलाइ बिर्साउने गरी मुलुकलाइ हुकुमी शासनमा चलाइरहहेको आरोप लगाए। ‘प्रधानमन्त्री केपी शर्मा ओली शक्तिको अत्यन्तै भोको छन। सर्वसत्तावादको पर्याय बनेका छन’ नेता कोइरालाले भने।
सरकार संघीयता प्रति इमान्दार नभएको दावी गर्दै उनले संघीयता सफल बनाउने मुल दायित्व काग्रेसको काधमा रहेको बताए। प्रदेशलाइ ६ र स्थानीय सरकारलाइ १४ प्रतिशत बजेट छुट्याइनुले पनि ओली सरकार संघियता सफल गराउन चाहदैन भन्ने कुरालाइ पुष्टि गरेको नेता कोइरालाको भनाइ छ। भुमाफिया, राजनितीज्ञ र व्यापारी मिलेर सरकारी जग्गा धमाधम बेचीनुले पनि सरकारले देशलाई उल्टो बाटोमा डोराइरहेको पुष्टि गरेको बताए।
मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोग विधेयक र प्रधानमन्त्रिले सेना परिचालन गर्ने विधेयक पास भए लोकतन्त्रको समाप्ती भएर निरंकुश शासन सुरु हुने जिकिर गरे। लोकतन्त्रमाथि चौतर्फी हमला भइरहेकाले कांग्रेसका कार्यकर्ता सचेत हुनुपर्ने धारणा व्यक्त गरे।
सांसद सन्जय गौतम, अम्रेशकुमार सिंह, प्रदेश सांसद वीरबहादुर राना , नेपाली कांग्रेस गुल्मीका जिल्ला सभापति भुवन श्रेष्ठ , काँग्रेस रुपन्देहीका क्षेत्रीय सभापती हरी लम्साल,शिक्षक संघका केन्द्रिय उपाध्यक्ष भरत लम्साल, अमर खड्का, महासचिव सोमनाथ गिरी, धना भण्डारी,नेपाल शिक्षक संघ प्रदेश ५ का अध्यक्ष अमर योगी महासचिव कृष्ण पंगेनी लगायतले बोल्दै दुइ तिहाइको दम्भमा सर्बसत्तावाद लादेर जनतामाथि शासन जमाउन खोजिएको आरोप लगाए।
कार्यक्रममा बोल्ने शिक्षक संघका नेताहरुले स्थानीय सरकारले सरुवा र बढुवाको नाममा शिक्षकहरु माथि राजनीतिक हस्तक्षेप र विभेद गरेको भन्दै संघले देशव्यापी रुपमा त्यसको प्रतिकार गर्ने चेतावनी पनि दिए।
प्रकाशित: १८ जेष्ठ २०७६ ०४:५२ शनिबार