१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

उत्तर कोरियाले ३ मिसाइल परीक्षण गरेको दक्षिणको दाबी

उत्तर कोरियाले पुनःतीन वटा ब्लास्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले दाबी गरेको छ। दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री तटीय क्षेत्रबाट उक्त ३ ब्लास्टिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ।

अन्तर्राष्ट्रिय र आन्तरिक उडानकालागि १२ जहाज किन्ने पर्यटन मन्त्रीको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालभित्रै अन्तर्राष्ट्रिय उडानको लागि कम्तिमा ६ वटा र आन्तरिक उडानको लागि १२ वटा विमान किन्ने बताएका छन्।

४६ करोड बिगो दाबी गरेको मुद्दा अख्तियारले हार्‍यो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४६ करोड ५६ लाख बिगो दाबी सहितको एउटा मुद्दा विशेष अदालतमा हारेको छ।

आइएस नेता हफिज शाहिद मारिएको अमेरिकाको दाबी

इस्लामिक स्टेट आइएसआईका लागि दक्षिण एसियाली राष्ट्र अफगानिस्तान र पाकिस्तानका प्रमुख भनिएका हफिज शाहिद आफ्नो हवाई हमलामा मारिएका अमेरिकाले दाबी गरेको छ।

अजित घटना छानबिन समिति गठन, गृह प्रवक्तासमक्ष हत्याको दाबी

असार ३० मा मृत फेला परेका काभे्र होक्से–६ का १८ वर्षीय अजित ढकाल मिजारको मृत्यु प्रकरणबारे छानबिन समिति गठन गरिएको छ। असार ३० गते मिजारको शव धादिङ, गजुरीमा फेला परेको थियो। असार २९ गते काभे्र, पाँचखालस्थित घरबाटै उनी बेपत्ता भएका थिए।

अविश्वासको प्रस्तावमै पहिला छलफल गर्नुपर्ने कांग्रेस–केन्द्रको दाबी

काठमाडौं– नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले व्यवस्थापिका संसदको बिहीबारको बैठकमा अविश्वासको प्रस्तावमाथि नै छलफल हुनुपर्ने अडान दोहोर्याएका छन्। कांग्रेस संसदीय दलको कार्यालयमा बसेको दुई दलको बैठकले अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यसूचिसहित सभामुखले रुलिङ गरिसकेको भन्दै आर्थिक विधेयकमाथिको छलफल त्यसपछि मात्रै अघि बढाउनु पर्ने ठहर गरेकाे हो।

सरकार ढाल्न काँग्रेस–माओवादीले ७ बुँदे सम्झौता दिल्लीमा गरेको दाबी

प्रधामन्त्री केपी ओलीले सरकार परिवर्तन ‘स्वचालित नभइ ब्याट्रीबाट’ भन्ने अभिव्यक्ति दिएको केही दिनपछि उपप्रधान एवं रक्षामन्त्री भीम रावलले कांग्रेस–माओवादी केन्द्रबीच भएको सात बुँदे सम्झौता दिल्लीमा भएको दाबी गरेका छन्। उपप्रधानमन्त्री रावलले कांग्रेस–माओवादीका नेता दिल्लीमा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न षडयन्त्र गरेको आरोपसमेत लगाए।

प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादीको दाबी

तराईका जिल्लामा नागरिकमाथि गरिने प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादी संस्थाले जनाएको छ।

नयाँ शक्ति प्रभावकारी रुपमा अगाडि बढेको दाबी

काठमाडौँ-नयाँ शक्ति नेपालले पार्टी गठन र सङ्गठन विस्तारको प्रक्रिया प्रभावकारी रुपमा अगाडि बढेको दाबी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्