१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादीको दाबी

काठमाडौं–तराईका जिल्लामा नागरिकमाथि गरिने प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादी संस्थाले जनाएको छ।
पीडितहरुको सहयोगार्थ आइतबार मनाइएको अन्तर्राष्ट्रिय दिवस २६ जुनको अवसरमा मानव अधिकारवादी संस्थाहरुले यातनामा कमी नआएको प्रतिवेदन सार्वजनिक गरे।
राष्ट्रिय मानव अधिकार आयोग, उपक्षेत्रीय कार्यालय वुटवल, तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स), एडभोकेसी फोरम र नेपाल बार एशोसिएशन रुपन्देही जिल्ला अदालत बार इकाईको संयुक्त आयोजना तथा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारीको प्रमुख अतिथित्वमा आयोजित कार्यक्रमा यातना बढ्दै गएको मावन अधिकारवादीले बताए।
कार्यक्रममा एडभोकेसी फोरमका तर्फबाट अधिवक्ता शिवप्रसाद गौडेलले प्रस्तुतको गरेको प्रतिवेदनमा सन २०१५ मा झापामा ३४ प्रतिशत प्रतिशित बाँकेमा २५.८ प्रतिशत, रुपन्देही र मोरंगमा १०.९ प्रतिशत रहेको छ ।
त्यसै गरी थर्ड एलायन्सको तर्फबाट शैलेन्द्र अम्बेडकरले प्रस्तुत गरेको प्रतिवेदनमा सन २०१६ मा मार्चदेखि जुन सम्ममा १५२ थुनुवासँग अन्र्तवार्ता गर्दा २७ प्रतिशतले यातना पाएको बताएका छन्। सन् २०१४ भन्दा सन् २०१५ मा यतनाको घटना बढी प्रतिवेदनमा उल्लेख छ।
 

 

प्रकाशित: १२ असार २०७३ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App