८ मंसिर २०८१ शनिबार
image/svg+xml

संरक्षणको क्षेत्रमा नेपाल ‘ग्लोबल’ मोडल

सामुदायिक वनबाहेक हामीसँग मध्यवर्ती क्षेत्र छन्, अन्नपूर्ण र कञ्चनजंघा संरक्षण क्षेत्र छ, ‘होमस्टे’ छन्, आमा समूह छन्। हामीसँग हिउँचितुवा संरक्षण समितिहरू छन्। यी सबैमा समानता भनेको स्थानीय समुदायको सहभागिता हो। यस्ता थुप्रै अवधारणा छन् जसले विश्वमा नेपाललाई चिनाइरहेका छन्।

घान्द्रुकमा पर्यटन महोत्सव, होटलमा ३० प्रतिशत छुट

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको प्रवेशद्वारमा पर्ने पर्यटकीय गाउँ घान्द्रुकमा चैत अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव आयोजना गरिने भएको छ।

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै बढी पर्यटक

पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए।

घान्द्रुकमा होटल व्यवसायको जग बसाउने ‘शङ्करमान’

विसं २०२० को दशकमा पोखरा–बागलुङ राजमार्ग खुलेकै थिएन। पर्यटक अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे।

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

कास्कीको पर्यटकीय गाउँका रूपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उदघाटन गरिएको छ।

मौलिकता गुमाउँदै घान्द्रुक

पर्यटकको आउजाउ बढेसँगै कराडौँ लगानीमा होटलदेखि रिसोर्टसम्म खुलेका छन्। आधुनिकताले गाउँको पुरानो चिनारीलाई विस्थापित गर्दैछ।

अन्नपूर्ण पर्यटन महोत्सव हुने

पर्यटकीय केन्द्र घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ। अ

कास्की त पुगियो तर हिमाल छेकियो

कास्कीमा तुवाँलोे लाग्न थालेको एक साताभन्दा बढी भयो। यसले गर्दा यहाँबाट देखिने हिमशृङखला राम्रोसँग नदेखिएको त्यति नै समय भयो।

मन्दिर निर्माणार्थ १० लाख ६० हजार रुपैयाँ सहयोग

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा निर्माण हुन लागेको क्होइबों धिं (मन्दिर) निर्माण गर्न घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ। समाजले घान्द्रुकस्थित क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरुङलाई १० लाख ६० हजार रुपैयाँ हस्तारण गरेको हो।

सडकको अनाम मृत्यु

सडक पूर्वाधारको विकासमा ध्यान दिए पनि यसको गुणस्तरमा ध्यान दिएको देखिँदैन।यसै कारण दुर्घटना बढ्ने गरेको छ। सडकलाई व्यवस्थित बनाउने र पूर्ण सुरक्षित नभइ त्यहाँ सवारी चलाउन अनुमति नदिने हो भने पनि धेरैको जीवन रक्षा हुन्छ सक्छ।

घान्द्रुकमा जीप दुर्घटना, आठ जनाको मृत्यु

पोखराबाट पर्यटकीय गाँउ घान्द्रुक हिडेको जीप घान्द्रुकको कालाभीरमा दुर्घटना हुँदा चालक सहित आठजनाको निधन भएको छ।

पाहुनाको स्वागतमा खुलेको घान्द्रुक

कोरोनाको पहिलो लहरको संक्रमण कमजोर भएपछि केही महिनाका लागि चहलपहल देखिएका पर्यटकीय रुट संक्रमणको दोश्रो लहरसँगै पुनः सुस्ताउन पुगेका थिए। तर, दोश्रो लहर पनि कमजोर भएको मौका पारेर घान्द्रुक सहितका पर्यटकीय गन्तव्यले पाहुनालाई स्वागत गर्न थालेका छन्।

घान्द्रुकका व्यवसायी भन्छन्ः खोप नपाएसम्म पाहुनालाई सेवा दिन्नौ

पाहुनाको आउजाउ बढ्दा कोरोनाको संक्रमणको जोखिम झनै बढ्ने भन्दै पोखराका पर्यटन व्यवसायीले यसअघि नै कोरोना विरुद्धको खोप नपाएसम्म पाहुनालाई सेवा दिन नसक्ने बताईसकेका छन । पोखरेली व्यवसायीले खोप नपाएसम्म सेवा नदिने बताईरहेका बेला अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको महत्वपूर्ण गन्तव्यका पर्यटन व्यवसायीले पनि खोपबिना सेवा नदिने निर्णय गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्