जनगणनाको प्रारम्भिक नतिजामा लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने
राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ।
राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ।
यसअघिको धेरै निर्वाचनमा सबै राजनीतिक दलका नेताका मुख्य ऐजेण्डा दार्चुला जिल्लामा तुईन बिस्थापित गर्ने हुन्थे। सबैतिर तुईन बिस्थापित गरेर झोलुंगे पुल बनाउने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको आकर्षक मुद्दा थियो। नेपालमा राष्ट्रियताको हट केक मुद्दा बनेको दार्चुलाको कालापनी क्षेत्र सधै राजनीतिक चर्चाको केन्द्र मात्र बनेन् यसको साहारामा धेरैले आफ्नो राष्ट्रवादी छवी बनाए।
भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो। अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंँको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ।