११ मंसिर २०८१ मंगलबार
image/svg+xml

४५ जिल्लामा मतदाता परिचप पत्र वितरण गरिँदै [भिडियो]

निर्वाचनका लागि खटिएका कर्मचारीले मतदान केन्द्रबाट आजदेखि मतदाता परिचय वितरण सुरु गरेका छन् । परिचय वितरण बुधबार पनि जारी रहनेछ । दोस्रो चरणअन्तर्गत बाँकी ४५ जिल्लामा हुन गइरहेको निर्वाचनका लागि आझदेखि परिचय पत्र वितरण सुरु गरिएको हो।

यस्तो छ मतगणनाको तयारी (भिडियो)

पहिलो चरणमा मतदान भएको सिन्धुपाल्चोकमा दोस्रो चरणको निर्वाचन सकिँनासाथ मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना सुरु गरिने भएको छ।

'घुम्तीमा आक्रमण भयो' (भिडियो)

४ का काँग्रेस उम्मेदवार गगन थापालाई लक्षित गर्दै बम आक्रमण भएको छ। घटनामा उम्मेदवार थापासहित ११ जना घाइते भएका छन्। बुढानिलकण्ठ नगरपालिका-२ चपलीको माटो कोलनीमा घरदैलो अभियान चलाइरहेका बेला बम आक्रमण भएको थियो।

डा.केसीले दिए गगन थापालाई जितको शुभकामना (भिडियो)

चिकित्सा शिक्षा क्षेत्रमा भएका वेथितिविरुद्धका अभियान्त डा.गोविन्द केसीले प्रतिनिधि सभाका उमेदवार गगन थापा तीन करोड नेपालीको हितमा बोल्ने र नीति बनाउने नेता भएको भन्दै उनलाई जितको लागि शुभकामना दिएका छन्।

७५३ वटै स्थानीय तहको विवरण वेबसाइटमा (भिडियो)

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको विवरण राखी वेबसाइट, मोबाइल एप्स सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक वेबसाइटमा स्थानीय तहका वडा स्तरसम्मको नक्सा एवं जानकारी उपलब्ध छन्।

ओली कटाक्ष : प्रधानमन्त्रीले जवाफ दिनुपर्छ नेपाल कति वटा देश हो ? (फोटो/भिडियो)

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीले घोषणापत्रमा उल्लेख गरेको मधेस अलग राष्ट्र भन्ने व्याख्याप्रति प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताएका छन्। राजपाको नाम नलिई उनले भने, ‘एउटा पार्टीले भन्छ नेपाल एउटा होइन बहुराष्ट्र  भन्छ। काँग्रेस त्यसमै ताली बजाउँछ, म तपाइँहरुका अधिकार दिलाउन चाहन्छु भन्दै जान्छ। ढाँट्छ। जनता अलमल्याउँछ।’

म्युजिक भिडियोबाट ग्रामीण पर्यटन

तपाईं आफ्नो गाउँ चिनाउन के गर्नुहुन्छ ? पर्चा पम्पलेट बनाउने । ठाउँठाउँमा होर्डिङबोर्ड राख्ने वा अरू केही । कास्की पोखरा र आसपासका जिल्लामा भने आफ्नो गाउँलाई चिनाउन गीत र म्युजिक भिडियोको भरमार प्रयोग हुन थालेको छ । संगीतको आनन्दसँगै सुन्दर भिडियोमा गाउँको प्रचार प्रसार गर्न सहज हुने भएपछि अहिले गाउँका भिडियो र गीत बनाउन होडबाजी जस्तै छ ।

घर ठड्याउन छोडेर मतदानमा सिन्धुवासी (फोटो/ भिडियो)

पुनर्निर्माणको चटारो र मंसिर थन्क्याउने व्यस्तता थाँती राखेर सिन्धुपाल्चोकका भूकम्प पीडितले उत्साहजनक ढंगले मतदान गरिरहेका छन्। दिउँसो साढे १ बजेसम्म झण्डै ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

रेल जोड्न सुरु गरियो (भिडियो सहित)

जयनगर–जनकपुर रेलमार्गमा बिछ्याउने रेल (लिक) जोड्न सुरु गरिएको छ । ३५ किलोमिटर लामो उक्त मार्गमा रेल सञ्चालनका लागि बुधबारदेखि लिक जोड्न सुरु गरिएको हो । उक्त मार्गका लागि आवश्यक झन्डै ४१ हजार टन लिक सोमबारदेखि भारतबाट ल्याउन सुरु गरिएको हो ।

ओलीले सपना पनि चुनाव सारेको देख्छन् : देउवा [भिडियो]

मौन अवधि सुरु हुनु केही घण्टा अगाडि रोल्पा पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाबी सभालाई सम्बोधन गरेका छन् ।

रोल्पाको सुरक्षा चुस्त (भिडियो)

माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलो रोल्पामा यतिबेला चुनाबको चटारो छ। उमेद्वारहरु घरदैलो कार्यक्रम गरिरहेका छन् भने स्थानिय प्रशासनलाई सुरक्षाको चुनौतिले थिचेको छ। पटक पटक उमेद्वारमाथि भएका बम आक्रमणका प्रयास गरिएसँगै नेता, कार्यकर्ता र प्रशासन जस्तै मतदाता पनि चिन्तामा छन्।

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल

भारतीय सत्तारूढ पाटीका एक मन्त्रीले खुल्ला ठाँउमा पिसाब गरेपछि उनी विश्वव्यापी रूपमा आलोचित भएका छन्। मन्त्री राम शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो सामाजिक सञ्जालमा हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको छ। मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले गरेको छ।

अफगानिस्तानसँग बदलाको अवसर [भिडियो]

सन्दीप लामिछानेको कप्तानीमा चार महिनाअघि नेपाली युवा टोलीले सिंगापुरमा आइसिसी यु–१९ विश्वकप छनोट प्रतियोगता खेलेको थियो । चार टोली सहभागी प्रतियोगिताका बाँकी दुई टोलीलाई हराएको नेपाल अफगानिस्तानसँग निरीह बन्यो । समूह चरण र फाइनल गरी अफगानिस्तानविरुद्धका दुवै खेलमा नेपाल नमीठो हार स्विकार्न बाध्य भयो । फलस्वरूप नेपाल न्युजिल्यान्डमा हुने २०१९ को यु–१९ विश्वकप खेल्नबाट वञ्चित भयो ।

ओलीद्वारा महाकविको कविता स्मरण गर्दै विप्लबमाथि व्यंग्य (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय उम्मेदवार आक्रमणमा सक्रिय नेपाल कम्युनिष्ट पार्टीका मुख्य नेता नेत्रविक्रम चन्दप्रति व्यंग्य गरेका छन्। बुधबार साँझ आयोजना गरिएको विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले सत्तारुढ दलको संरक्षमा विप्लवले बितन्डा मच्चाइरहेको उनको आरोप थियो।

ओड्डी ओड्डी आऊ सार्वजनिक (भिडियोसहित)

अछामी बड्डो र डोटीकी छाेर्‌याट्टीको सफलतापछि खप्तड डिजिटल म्युजिकको प्रस्तुतिमा ‘ओड्डी ओड्डी आऊ’ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्