१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अनिल गुरुङद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास (भिडियो)

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अनिल गुरुङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। एएफसी एशिया कप २०१९ छनौटका लागि मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको नेपाल र फिलिपिन्सबीचको खेलपछि उनले सन्यास घोषणा गरेका हुन्।सो खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

मतदाताको मन बदल्न रवीन्द्र मिश्रको प्रयास (भिडियो)

शुक्रबार बिहान नयाँ वानेश्वर खरिबाेटमा विवेकशील साझा पार्टीको चुनाबी कार्यक्रम तय थियो। काठमाडौं १ का प्रतिनिधिसभा उम्मेदवार रवीन्द्र मिश्र एक हुल युवासहित नयाँ वानेश्वरबाट खरिबोटतर्फ लागे। खरिबाेट नपुग्दै खबर आयो, ‘त्यो ठाउँमा त काँग्रेसको कार्यक्रम सुरु भइसकेछ।’ साउन्ड सिस्टम र बाद्यवादन लिएर खरीबाेट हिँडेको टोली बाटोमै रोकियो। अब के गर्ने?

काठमाडौंमा अन्तर्राष्ट्रिय रेस्लरको भिडन्त (भिडियो)

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार ८ देशका रेस्लरहरु एक आपसमा भिडे। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा उनीहरु भिडेका हुन्। उक्त प्रतियोगितामा नेपालसहित ८ देशका २१ रेस्लरले सहभागिता जनाएका थिए।

ट्रम्पले चीनमा गएर सार्वजनिक गरे नातिनीको भिडियो

एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी नातिनी अरबिल्या कुश्नरले गाएको  चिनियाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।  उक्त भिडियो सार्वजनिक भएपछि अरबिल्या कुश्नरले ठूलै चर्चा पाएकी छिन् ।उक्त भिडियो सार्वजनिक भएपछि चिनियाँ राष्ट्रपति सी जिङ पिङले अरबिल्या एक स्टार हुन् भन्दै उनको खुल्ला हृदयले प्रशंसा गरेका थिए। अरबिल्याको प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले उनी गायन क्षेत्रमा निपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

मैले जोत्ने राँगाहरु तन्नेरी थिए: केपी ओली (भिडियो)

म युवा छँदा हलो पनि जोत्थे। मैले जोत्ने राँगाहरु भर्खरका तन्नेरी थिए। केहीमा हलो अड्कियो भने, राँगाले बड्याङ–बुडुङ भाचिदिन्थे केहीले रोक्न नसक्ने। प्रदेश १ र २ मा हेर्नुस् त, अनुभवी युवाहरुको जोश । आज हामीले साझा घोषणापत्र जारी गरेका छौं। यो चुनाब घोषणापत्र मात्र होईन, देश बनाउने घोषणापत्र हो । देश विकास, राष्ट्रियता रक्षाको घोषणापत्र हो।

एयरबस भित्र खुल्यो एभिएसन म्युजियम (भिडियो)

काठमाडौंमा एभिएसन म्युजियम खुलेको छ। उड्यान क्षेत्रको जानकारी दिने उदेश्यका साथ सिनामंगलमा म्युजियम खुलेको हो।

उल्लासपूर्ण मनोनयन (फोटो/भिडियो)

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाबका लागि ४५ जिल्लामा उम्मेदवारी दर्ता सम्पन्न भएको छ। मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि बिहीबार ५ बजेसम्म मनोनयन भएको हो।

एएफसी यु-१९ च्याम्पियनसीप छनौट : नेपाल कीर्गिस्तानविरुद्ध खेल्दै (लाइभ भिडियो)

नेपालले एएफसी यु-१९ फुटबल च्याम्पियनसीप छनोट प्रतियोगितामा आज कीर्गिस्तानसँग खेलिरहेको छ। पहिलो हाफ सकिँदा नेपाल एक गोलले पछि परेको छ।

टिसर्ट लगाएको व्यक्तिले चलाएको थियो गौचनमाथि गोली (भिडियो/फोटो)

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन चढेको बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी सोमबार दिउँसो खरिबोटतर्फ आउँदै थिए। त्यही बेलै उनीमाथि रिभल्वरबाट गोली प्रहार भयो। गोली लागेका उनी गाडीभित्रै ढलेका थिए। अर्धचेत भइसकेका उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो।

तीन दलको तालमेल घोषणामा कसले के भने ? (भिडियो)

नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा ओलीले जनताको आकांक्षा र राजनीतिक आवश्यकताका कारण एकताबद्ध पार्टी बनाउन सहमत भएको बताएका छन्।

टुँडिखेलमा सेनाको फूलपाति बढाइँ (फोटो/ भिडियो)

नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेलमा आयोजित विशेष फूलपाती बढाइँ समारोहमा सरिक भइन्। सो अवसरमा नेपाली सेनाका जवानले राइफल र तोपको बढाइँ गरेका थिए। छिटो लहरे बढाइँ, एकट्ठा बढाइँ, एकसाथ लहरे बढाइँ र आफूखुशी बढाइँ गरिएको थियो।

सभामुखको निर्लज्ज निरंकुशता : कोरम नपुर्‍याई जबर्जस्ती विधेयक पारित (भिडियो)

सोमबारको संसद बैठकको कार्यसूचिमा देवानी संहिता विधेयक २०७१ माथिको छलफल तोकिएको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार संसदको दोस्रो बैठकमा सभामुख ओनसारी घर्तीले सो विधेयकमाथि छलफलमा भाग लिन सांसदहरुलाई समय दिइन्। एक दर्जनभन्दा बढी सांसदले तीन मिनेटको निर्धारित समयमा अा अाफ्नो मन्तव्य राखे।

चिकित्सा शिक्षा विधेयकको विरोधमा प्रदर्शन, ११ पक्राउ [फोटो-भिडियो]

चिकित्सा शिक्षा विधेयकको विरोध गर्दै संसद भवनमा धर्ना दिने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। संसद सचिवालयले उक्त विधेयक आजको कार्यसूचीमा राखेपछि डाक्टर, कलाकार, विद्यार्थीलगायत ब्यक्तिहरु संसद भवनअघि धर्ना दिन पुगेका थिए। धर्ना बसेका उनीहरुलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।

तस्बिरमा संविधान दिवस (फोटो/भिडियो)

संविधान दिवसको अवसरमा सैनिकमञ्च टुँडिखेलमा विविध कार्यक्रम भएको छ। संविधान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका विशिष्ठ व्याक्तिहरुको उपस्थिति थियो।

प्रदेश २ को चुनाबी उल्लास भिडियोमा हेर्नुहोस्

स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं.२ मा मतदान जारी छ। निर्वाचन भएका जिल्लाबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्