प्रदेश २ को चुनाबी उल्लास भिडियोमा हेर्नुहोस्
स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं.२ मा मतदान जारी छ। निर्वाचन भएका जिल्लाबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।
स्थानीय तह तेस्रो चरणको चुनावअन्तर्गत सोमबार प्रदेश नं.२ मा मतदान जारी छ। निर्वाचन भएका जिल्लाबाट नागरिकन्युजकर्मीहरुले जनाएअनुसार दिउँसो १ बजेसम्म करिब ५० प्रतिशत मत खसेको छ।
कप्तान दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने बलिङमा हाबी हुँदा नेपालले एसीसी यु १९ इस्टर्न रिजन क्रिकेटमा भुटानलाई ९ विकेटले हराएको छ। समूह ‘ए’ मा लगातार दोस्रो जित हासिल गरेपछि नेपाल ४ अंकसहित प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।
लोकरक ब्याण्ड नेपथ्यले आफ्नो रजत उत्सव पारेर ‘मै मरि जाउँला’गीत सार्वजनिक गरेको छ। स्थापनाको २५वर्ष पुगेका अवसरमा ब्याण्डले आफ्ना स्रोतालाई यो वर्षभरि नयाँ म्यूजिक भिडियो उपहार दिने घोषणा गरेको थियो। सेप्टेम्बर महिनाका निम्ति चयन गरिएको यो गीत नेपथ्यको नवौं अल्बम‘ऐनाझ्याल’बाट लिइएको हो।
गाँजाको खेती भेटिए के कारवाही गर्नुहुन्छ ? महानगरीय प्रहरी परिसरलाई यो प्रश्न सोध्ने हो भने बडा फूर्तिलो जवाफ आउनेछ, ‘हामी तत्काल त्यो नष्ट गर्छौं। कानुन उल्लंघन गर्नेलाई कारवाही गर्छौं।’ राज्यको कानुनपालकबाट यो जवाफ आउनु स्वभाविक हो। तर यो पनि वास्तविकता हो काठमाडौंभित्रै करिब १६ सय रोपनीमा खुलेआम गाँजाखेती भइरहेको छ।
मेलिसयामा भइरहेको एसिसी यु १९ इस्टर्न रिजनको दोस्रो खेल भोलि बुधबार नेपालले भूटानसँग खेल्दैछ। यसअघि थाइल्यान्डलाई पराजित गरिसकेको नेपाल आक्रमक खेल खेल्ने सुरमा छ। हुन त यसै पनि भुटान नेपालका लागि ठूलो चुनौती होइन। तर नेपालको लक्ष्य समुह चरण विजेता बन्दै सेमिफाइनलमा पुग्ने सुरमा छ। यसो गर्न सके नेपालले नोभेम्बरमा मलेसियामै हुने यु १९ एसिया कपमा खेल्न पाउनेछ।
दशैँको लागि बसको अग्रिम टिकट बुकिङ मंगलबारदेखि खुला भएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको लामो रस्साकस्सीपछि मंगलबारदेखि अग्रिम बुकिङ खु्ल्ला गरिएको हो। दशैँको अग्रिम टिकट बुकिङ गर्न यात्रुहरु विहानै बसपार्कमा पुगेका थिए। यातायात व्यवसायीले काठमाडौं उपत्यकामा १२ स्थानबाट अग्रिम टिकट खुला परेपनि यात्रुको चाप नयाँ बसपार्क गोंगबुकै काउन्टरमा धेरै देखियो।
सरकारी अनुगमनको विरोधमा व्यापारीले दरबारमार्गका पसल बन्द गराएका छन्। आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वमा सोमबार भएको अनुगमनमा ४ हजार ७ सय पर्ने जुत्तालाई २६ हजार मूल्य राखेर बेच्ने गरेकोसम्म भेटिएको थियो। नाइक, बेन्ट्ले, पुमा, स्टोर वान, एभिन्यू मार्केटिङसहितका पसलहरुले उपभोक्ता ठगेको पाइएपछि सरकारी टोलीले सिलबन्दी गरेको थियो।
गृह मन्त्रालयबाट भएको सरुवाको घटनाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ। सोमबार संसदमा बोल्दै एमाले उपाध्यक्ष भीम रावलले सरकारले स्वेच्छाचारी ढंगले कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन्।
नेपाल आयल निगमको भ्रष्ट्राचार प्रकरण संसदमा प्रवेश गरेको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लेका उपाध्यक्ष भीम रावलले सोमबार सदनमा बोल्दै निगमले जग्गा अधिग्रहण गर्दा ठूलो भ्रष्ट्राचार भएकाले सो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरे।
भारतको मध्यप्रदेशस्थित सागर जिल्लाका एक प्रहरीको चर्चा चुलिएको छ। दस किलोको बम बोकेर एक किलोमिटर परसम्म लगेर फ्याँकेको भन्दै उनी समाजिक सञ्जालमा वाहवाही कमाइरहेका छन्।
सञ्चारकर्मी पवन भट्टराई अभिनित म्युाजिक भिडियो सार्वजनिक भएको छ। उनीसँगै मोडल सञ्चिता शाहीले अभिनय गरेकी छन्। विकास संगम राईको रचना र स्वर रहेको 'घायल चरी' शीर्षक रहेको गीतलाई बुढासुब्बा डिजिटलले बजारमा ल्याएको छ। म्युजिक भिडियोको निर्देशन आकाश उखेडाले गरेका छन्।
काठमाडौँ नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धनको विरोध गर्दै विवकेशील साझा पार्टीले काठमाडौँमा घण्ट सभा गरेको छ ।
अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। चरी जस्तै उड्न पाए बोलको गीतमा प्रियंका छमछमी नाँचेकी छन्।
गायिका चन्दा देवानको स्वरमा रहेको रम्दैछ अलि अलि बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट गरेका छन्। हैदरवाद हाउसमा एक्ला एक्लै भएको वार्तापछि दुई देशका प्रधानमन्त्रीले हैदरवाद हाउसमै प्रेस ब्रिफिङ गरिरहेका छन्।