८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सरकारी अनुगमनको विरोधमा दरबारमार्ग बन्द (फोटो/भिडियो)

काठमाडौं— सरकारी अनुगमनको विरोधमा व्यापारीले दरबारमार्गका पसल बन्द गराएका छन्। आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वमा सोमबार भएको अनुगमनमा ४ हजार ७ सय पर्ने जुत्तालाई २६ हजार मूल्य राखेर बेच्ने गरेकोसम्म भेटिएको थियो। नाइक, बेन्ट्ले, पुमा, स्टोर वान, एभिन्यू मार्केटिङसहितका पसलहरुले उपभोक्ता ठगेको पाइएपछि सरकारी टोलीले सिलबन्दी गरेको थियो।

४ हजार ७ सय पर्ने जुत्तालाई २६ हजार मूल्य राखेर बेच्ने गरेकोसम्म भेटिएको थियो।

सो कदमको विरोध गर्दै दरबारमार्गका व्यापारीहरुले बिहीबारदेखि अन्तरार्ष्ट्रिय ब्रान्डेड पसल अनिश्चितकालका लागि बन्द गराएका हुन्। कानुनअनुसार सामानको मूल्य परलमूल्यभन्दा २० प्रतिशतभन्दा बढी राख्न पाइँदैन। सिलबन्दी गरेका पसलहरु अनुगमनका क्रममा १००० प्रतिशतसम्म बढी मूल्य राखेको भेटिएको थियो।

छापा मार्दा बेन्ट्लीले सामानको खरिद बिल समेत देखाउन सकेको थिएन। अत्याधिक नाफा राखेर कालोबजारी गर्नेविरुद्ध कानुनी प्रक्रिया सुरु गर्ने तयारी भइरहेको आपूर्ति व्यवस्था विभाग स्रोतले जनाएको छ।

भिडियो/फोटो

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App