क्रिकेटरसँग यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (भिडियो)
प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीका लागि शुक्रबारको दिन विशेष रहयो। खेलप्रेमी नेतृत्वका रुपमा आफूलाई स्थापित गरेका ओलीको शुक्रबार ६७ औं जन्मदिन थियो।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्न सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकले एकीकृत पार्टी निर्माणको लागि सात बुँदे सहमति गरे। एमाले र माओवादी नेताहरुले पार्टी एकताको प्रारम्भिक आधार भन्दै सात बुँदे सहमति समेत गरेका छन्। पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, पार्टीको मार्ग निर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद रहेने सहमति भएको छ। सहमति पछि माओवादी नेता नारायणकाजी श्रेष्ठेले पत्रकारहरुसँग कुराकानी गर्दै सहमति सुनाए।
गायक वीरेन्द्र जोहारी नयाँ देउडा गीतका साथ दर्शकश्रोता समक्ष आएका छन्। पेशाले नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक पदमा कार्यरत जोहारीले ‘याँ सम्झिन्या कोई भएन’ बोलको गीत सांगीतिक बजारमा लिएर आएका हुन।
शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाएका छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको नयाँ वर्ष सुरु हुन्छ। यस्तै त्यसैगरी बौद्ध महायानी धर्मावलम्बीहरूले आजै सोनम ल्होसार मनाइएको छ। यो वर्ष सोनाम ल्होसार र ग्याल्बो ल्होसार एकैदिन परेको थियो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराईन्।
नेपाली सेनाले ‘महाशिवरात्री तथा सेना दिवस २०७४’ मनाएको छ। मंगलबार टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति एवं परमाधिपति विद्यादेवी भण्डारीको उपस्थितीमा विविध रोचक कार्यक्रम गरी सेना दिवस मनाइएको हो।
महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ। बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३:१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको २६औं बार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम भएका छन्।
पानी परे हिलो र घाम लागे धुलो हुने यो क्षेत्र व्यवस्थित बन्न अझै कति लाग्ने निश्चित छैन । अहिले धुलोले अत्याए पछि कलंकी माई मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारिहरुले जुक्ती निकाले । सडक विस्तार र ढल खन्दा भाँचिएको झन्डै एक लेन सडकमा ढुंगाको छेको लगाएर बाटो बन्द गरिदिए ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको २६ औं वार्षिकोत्सवको अवसरमा ‘हिडौं साथ–साथ’ कार्यक्रम आयोजना गरिएको छ। पुनर्मिलन, भातृत्व र सहकार्यको भावसहित आयोजित ‘हिडौं साथ–साथ’ कार्यक्रम प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्यालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो।
शनिबार विहान ३ बजे सिचाईं मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव सवार जिप दुर्घटना भयो। कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खस्यो।
‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ भृकुटीमण्डपमा शुक्रबारबाट सुरू भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिद्वारा संयुक्त रूपमा आयोजित प्रदर्शनीमा निर्माण तथा काष्ठ क्षेत्रका नयाँ प्रविधिको बारेमा जानकारी दिइएको छ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको दोस्रो स्मृती दिवस सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघको आयोजना गरेको स्मृती दिवशमा कांग्रेस नेतहरुले कोइरालाका योगदानलाई सम्झिए।
नेपाली सेनाले फोटो प्रदर्शन गर्दै आफूले गर्दै आएका कामहरु र चलाउँदै आएका हतियार देखाएको छ । बिहीवार त्रिभूवन आर्मी अफिसर क्लबमा आयोजित प्रदर्शनीको प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले उद्घाटन गरे ।
राष्ट्रियसभा सदस्यको लागि प्रदेश नम्बर २ बाहेर सबै प्रदेशमा निर्वाचन भएको छ। २ नम्बर प्रदेशमा आठै सिटमा निर्विरोध मनोनयन भैसकेको कारण बाँकी १,३,५,६ र ७ नम्बर प्रदेशमा निर्वाचन भएको हो।