११ मंसिर २०८१ मंगलबार
image/svg+xml

हामी इतिहास समीक्षामा अल्झिदैनौँ (भिडियो)

भारतसँग मित्रतापूर्ण सम्बन्ध, घनिष्ठ र दुई देशको जनताको हितमा लाभ हुने गरी सम्बन्ध राख्न खोजेका हौँ । दुवै देशबीचको सम्बन्धका कतिपय आयामहरूलाई अद्यावधिक गर्न जरुरी छ।

अबको खर्च कसरी धान्ने ? (भिडियो लाइभ)

नेपाल रिपब्लिक मिडियाको आयोजनामा 'अबको खर्च कसरी धान्ने ?' बहस भइरहेको छ। छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्मा, पूर्व गभर्नर  डा. युवराज खतिवडा र विश्व बैंक वरिष्ठ अर्थशास्त्री दामिर कोसिक सहभागि छन्।

दाहाल-स्वराज भेटवार्ता: दुर्इ देशको सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल (भिडियो)

काठमाडाै‌- नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच शुक्रबार बिहान सोल्टी होटलमा भेटवार्ता भएको छ ।

यस्तो भयो ३ नम्बर प्रदेशको प्रदेश सभा बैठक (भिडियो)

तीन नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठक हेटौंडामा सम्पन्न भएको छ। बैठकले माघ २७ गतेको लागि सभामुखको निर्वाचन कार्यतालिका तय गरेको छ।

भिडियोमा हेर्नुहोस् भारतीय विदेशमन्त्री स्वराजको काठमाडौं आगमन

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आफ्नो दुई दिने भ्रमणको क्रममा काठमाडौंमा छिन्। भारतीय वायुसेनाको विशेष विमानबाट अपराह्न ४ बजे आएकी स्वराजलाई अर्थराज्यमन्त्री उदय शमशेर राणाले स्वागत गरे।

भिडियोमा हेर्नुस् चन्द्रग्रहणको लाइभ

एक सय ५२ वर्षपछि खग्रास चन्द्रग्रहण लागेको छ। बेलुकी साढे ६ बजेबाट चन्द्रमालाई इशान कोणबाट ग्रहणले छोएको छ।

न्यायमा पहुँच महत्वपूर्ण : प्रधानन्यायाधीश पराजुली (भिडियो)

प्रधानन्यायाधीश गोपाल पराजुलीले स्वतन्त्र न्यायको पक्षमा बोलीरहँदा स्वतन्त्र न्याय मात्र नभइ न्यायमा पहुँच हुनु महत्त्वपूर्ण कुरा रहेको बताएका छन्।

कामना फिल्म अवार्ड : छक्का पञ्जालाई ८ अवार्ड (भिडियो)

पुराना समयका प्रेमध्वज प्रधानदेखि नयाँ पुस्ताकी मिना निरौलासम्मका अनुहार आफ्ना चलेका गीत गाउँदै पालैपालो स्टेजमा आउँदा त्यहाँको माहौल दर्शकका लागि ऐतिहासिक बन्छ।

जुत्ता पालिस गर्न कांग्रेस नेता सडकमा (फोटो/भिडियो)

नेपाली कांग्रेसका नेताहरु मंगलबार नयाँ बानेश्वरमा जुत्ता पालिस गर्दै गरेका भेटिए। उनीहरु सडक पेटीमा आफ्नो जुत्ता होएइ बटुवाका जुत्ता पालिस गरिरहेका थिए। यो मंगलबारको यो दृष्यले केहीबेर त सर्वसाधारणहरु झुक्किए पनि।

क्यान इन्फोटेकमा युवापुस्ताको आकर्षण (फोटो/भिडियो)

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको महामेलाका रुपमा लिइने क्यान इन्फोटेक अवलोकन गर्नेमा युवा वर्ग अग्रपंतीमा आउँछ। सुबिसु क्यान इन्फोटेक–२०१८ माघ १६ गतेसम्म भृकुटीमण्डपमा चल्ने छ।

‘माछीले खाने खोलीको लेऊ’ को भिडियो सार्वजनिक (भिडियो)

‘माछीले खाने खोलीको लेऊ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा नायिका प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको छ । लामो समय पछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन्।

राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी (भिडियो)

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर ३ मा १७ जनाको उम्मेदवारी परेको छ। ललितपुरमा मंगलबार सम्पन्न मनोनयनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र नेमकिपाले उम्मेदवारी दिएको निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीले जानकारी दिए।

चन्द्रागिरिमा हिमपात (भिडियोसहित)

समुन्द्री सतहबाट २५ सय ५१ मिटरको उचाईमा अवस्थित चन्द्रागिरिमा आज बुधवार बिहानैदेखि बाक्लो हिमपात भएको छ ।

असीमित अधिकार कसैसँग पनि छैन: प्रधानन्यायाधीश (भिडियो)

प्रधानन्यायाधीश गोपाल पराजुलीले निरपेक्ष र असीमित अधिकार कसैसँग पनि नरहेको बताएका छन्। प्रेस काउन्सिल नेपालले सञ्चालनमा ल्याएको अनलाइन उजुरी प्रणालीको आइतबार शुभारम्भ गर्दै प्रधानन्यायाधीश पराजुलीले यस्तो बताएका हुन्।

‘मिस्टर झोले’द्वारा ‘ओखती’ कभर भिडियोका विजेता घोषणा

फिल्म ‘मिस्टर झोले’ टिमले ‘ओखती’ कभर भिडियो प्रतिस्पर्धाका विजेताहरु घोषणा गरेको छ। टिमले सोमबार पत्रकार सम्मेलनमार्फत पहिलोलाई १ लाख ५५ हजार, दोस्रोलाई १ लाख २५ हजार र तेस्रो हुनेलाई १ लाख ५ हजार नगतको चेक हस्तान्तरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्