६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

साउदीका राजदूत हुसेनद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आइतबार बिदाइ भेट गरेका छन्।

मीराको तिथिमा यशोदाको बिदाइ

नेपालमा ‘मित्रता’को कुरा गर्दा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’लाई उदाहरणका रुपमा लिइन्छ । कलाकारिताको लामो यात्रा सँगै तय गरेका दुवैका श्रीमति पनि यो यात्राका साक्षी थिए।

ओलीद्वारा फुटबल खेलाडीको बिदाइ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीका फुटबल खेलाडीहरूलाई बुधबार बिदाइ गर्नुभएको छ । मलेसियामा हुने हिमालयन गोल्डकपको उद्घाटनका अवसरमा मैत्रीपूर्ण फुटबल खेल्न सो टोली मलेसिया जान लागेको हो।

सुखद भएन म्यादीको बिदाइ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रहरीसँगै खटिएका ९८ हजार म्यादी प्रहरीको शुक्रबार म्याद सकियो । शान्तिपूर्ण निर्वाचन गराएको जस पाएका उनीहरुको बिदाइ भने सुखद भएन। मतदानअगाडि निर्वाचन प्रचारका क्रममा भएको शृंखलाबद्ध विस्फोटका घटनाले निर्वाचन शान्तिपूर्ण हुनेमा शंका बढाएको थियो तर दुवै चरणको मतदान शान्तिपूर्ण सम्पन्न भएपछि निर्वाचन सुरक्षाको नेतृत्व गर्ने गृह प्रशासन र परिचालित सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अुनसन्धान विभागसँगै म्यादी प्रहरीले समेत स्याबासी पाएका थिए।

महिला बास्केटबल टोलीको बिदाइ

मित्रराष्ट्र भारतको बैंगलोरमा आयोजना हुने फिबा यु–१६ महिला एसियन च्याम्पियनसिप २०१७ मा नेपाली महिला बास्केटबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छ ।

फुटबल खेलाडीको बिदाइ

एएफसी एसिया कप छनोट फुटबल खेल्न नेपाली पुरुष फुटबल टोली त्यसतर्फ गएको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवरलगायतले टोलीलाई बिदाइ गरे ।

टोट्टीको बिदाइ सम्झनलायक

डिएगो पेरिटोले अन्तिम मिनेटमा गोल गरेपछि आइतबार दर्शकले भरिभराउ साडियो ओलम्पिकोमा जिनोवामाथि ३–२ को सनसनीपूर्ण जितका साथ रोमाले क्लबका महान् हस्ती फ्रान्सिस्को टोट्टीको बिदाइ सम्झनलायक बनाएको छ।

पोडोलस्कीको स्वर्णिम बिदाइ

इङ्ल्यान्डमाथि १–० को विजय हासिल गर्दा बुधबार राति गोल गरेका स्ट्राइकर लुकास पोडोलस्कीले जर्मनीको राष्ट्रिय टिमबाट आफूले स्वर्णिम बिदाइ पाएको बताएका छन्।

भलिबल टोलीको बिदाइ

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले खेल र खेलाडीलाई व्यापारको रूपमा हेर्न नहुने बताएका छन्। आइतबार राष्ट्रिय पुरुष भलिबल टोलीको बिदाइमा मन्त्री श्रीपालीले खेलकुद क्षेत्रको नेतृत्व गरेको व्यक्तिले इमानदारिता देखाए नेपाली खेलकुदले सफलता हासिल गर्न सक्ने बताए।

फुटबल टोलीलाई बिदाइ

एसएफटी दक्षिण एसिया यु–१६ फुटबल प्रतियोगिता खेल्न श्रीलंका जान लागेको नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले बुधबार बिदाइ गरेको छ। यु–१६ को प्रतियोगिता भए पनि नेपालले यु–१५ टोलीलाई सहभागी गराउन लागेको एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बताए।

पशुपतिबाट साधुसन्तलाई बिदाइ

महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा आएका साधुसन्तलाई बिदाइ गरिएको छ। गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले आज मन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा संस्थानका तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडालगायतका क्षेत्रमा बसेका साधुसन्तलाई बिदाइ गरिएको हो।

मोर्चाले गर्‍यो भारतीय राजदूतको बिदाइ

मधेसी मोर्चाले कार्यकाल सकेर स्वदेश फर्कन लागेका भारतीय राजदूत रन्जित रेको बिदाइ गरेको छ। मोर्चाले शनिबार साँझ र्‍याडिसन होटलमा राजदूतको बिदाइ कार्यक्रम राखेको थियो। कार्यक्रममा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीलगायतका नेता उपस्थित थिए।

भारतीय राजदूतको बिदाइमा मधेसी दलको अलग-अलग कार्यक्रम

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै तराई–मधेस बन्द गर्ने तराई मधेस केन्द्रित दलले भारतीय राजदुत रञ्जित रेको भव्य बिदाइ समारोह आयोजना गर्दैछन्।

महानिरीक्षक राईको बिदाइ

सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईसहित अन्य दुई अतिरिक्त महानिरीक्षकले ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाएका छन्। राईसँगै अतिरिक्त महानिरीक्षकद्वय डा. कृष्णकुमार तामाङ र जितबहादुर पुनले पनि अवकाश पाएका हुन्।

९०,०००औँ शरणार्थी ठटाललार्इ अमेरिकी राजदूतले गरिन् बिदाइ

नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुन गइरहेकी ९०,०००औँ भुटानी शरणार्थी सरीमाया ठटाललाई नेपालबाट बिदाइ गरेकी छन्। अमेरिकाको न्यू ह्याम्पशियरमा नयाँ जीवनको थालनी गर्नका लागि ठटाल आफ्ना चार सन्तानका साथ नेपालबाट भोलि प्रस्थान गर्दैछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्