१० मंसिर २०८१ सोमबार
image/svg+xml

‘प्रेम र सद्भावमा लागिरहनू’

वीरगन्ज महानगरपालिका–२, छप्कैयास्थित इदगाह (प्रार्थनास्थल) मा नयाँ र सफा पहिरनमा हजारौंको संख्यामा भेला भएका बालकदेखि वृद्धसम्मका इस्लाम धर्मावलम्बीलाई बुधबार बिहान करिब ९ बजेतिर इमाम (धर्मगुरु) ले इदको विशेष प्रार्थना गराइरहेका थिए । प्रार्थनाअघिको प्रवचनमा उनले भने, ‘अल्लाह (ईश्वर) मा भरोसा राख्नू, धर्ममा आस्था राख्नू, दीन–दुःखी तथा गरिबलाई सहयोग गर्नू, छिमेकीलाई समस्या पर्दा आफ्नै ठान्नू, आमाबुवालाई दुःख हुने काम नगर्नू, पवित्रता, शान्ति, प्रेम र भाइचारालाई प्रश्रय दिनू ।’

निर्माण सकिनुपर्ने बेला आधामात्र

दुई वर्षमा सक्नुपर्ने वीरगन्ज–पथलैया ६ लेन व्यापारिक मार्गको निर्माण तीन वर्षमा आधामात्र सकिएको छ।

औचित्यबिनाका छोटी भन्सार

वीरगन्ज भन्सार मातहतका ११ छोटी भन्सारमध्ये अधिकांश औचित्यहीन देखिएका छन्। ११ मध्ये १० भन्सारसँग सीमापारि भारतीय भन्सार जोडिएका छैनन्, जसले गर्दा छोटी भन्सार चोरी तस्करीको माध्यममात्र बनेका छन्।

करको दायरा बढाउँदै, दर घटाउँदै

जग्गाको मूल्यांकन दबाबमा आएर घटाउँदा त्यसको नराम्रो असर देखिन आएको छ। सरकारी योजनाका लागि जग्गा अधिग्रहण गर्दा मुआब्जाका लागि गरिएको मूल्यांकन पनि त्यसबाट प्रभावित भयो।

प्रधानन्यायाधीश जबराको आदेशमा सरकारी जग्गा व्यक्तिगत

२०७२ साउनमा वीरगन्ज उपमहानगरपालिका–२ छपकैयास्थित सार्वजनिक पोखरीको जग्गा किनबेच सुरु भएपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र दीपकराज जोशीको नाम एकाएक सतहमा आएको छ।

वीरगन्जमा गरिमा विकास बैंक

गरिमा विकास बैंक लिमिटेडले बुधबार वीरगन्जमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका थिए।

ट्याक्टर, ट्रक र टेम्पुको आयात उच्च

ट्याक्टर, ट्रक तथा मिनी ट्रक र टेम्पुजस्ता साधनको आयात उच्च छ। योसँगै सधैं झैं पेट्रोलिय पदार्थको आयात पनि उच्च छ। इन्जिन आयल र गाडीका पार्टपुर्जाको आयात पनि बढेको छ।

चार अर्ब ४३ करोडको तेल निर्यात

वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँ बराबरको दुईथरी खानेतेल भारत निर्यात भएको छ। नेपालबाट भारततिर भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो।

उद्योगद्वारा विद्यालयलाई १० लाख

वीरगन्ज पथलैया करिडोरमा पर्ने रामपुर टोकनीस्थित जनता उच्च माध्यामिक विद्यालयमा अब प्राविधिक शिक्षा अध्यापन हुने भएको छ। करिडोरका दुई औद्योगिक समूहले ‘कर्पोरेट समाजिक उतरदायित्व’अन्तर्गत सो विद्यालयमा कृषितर्फ तीनवर्षे प्राविधिक शिक्षा सुरु गर्न पाँच–पाँच लाख रुपैयाँका दरले सहयोग गरेपछि यो सम्भव भएको हो।

च्यासलको जितमा मिलन नायक

वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

वीरगन्जमा भीषण आगलागी

'केमिकल भएको उद्योग हो, नाम र अरु विवरण अाउन बाँकी छ, आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ,' पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, 'यति क्षति भयाे भन्ने अवस्था छैन।'

रिद्धि सिद्धिद्वारा निर्माणकर्मी भेला

शंकर गु्रपको उत्पादन रिद्धि सिद्धिको आयोजनामा निर्माणकर्मी समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यले एक बृहत् अन्तरक्रिया भएको छ।

२० वर्षीया महिलाले जन्माइन् चार वटा शिशु

वीरगन्ज हेल्थ केयर अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकैपटकमा चार शिशु जन्माएकी छन्। पर्साको छिपहरमाई गाउँपालिका–४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले तीन छोरी र एक छोरा गरी चारजना शिशुलाई एकसाथ जन्म दिएकी हुन्।

वीरगन्जमा महिलाले जन्माइन एकसाथ चार बच्चा

वीरगन्जको एक निजी अस्पतालमा मंगलबार एक २० वर्षीया महिलाले एकै पटकमा चार जना शिशुलाई जन्माएकी छिन्। पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती नजमा खातुनले ३ छोरी र १ छोरा गरी चार जना शिशुलाई एकसाथ जन्म दिएकी हुन्।

६ महिनादेखि भन्सार राजस्व ओरालोमा

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्ममा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व असुलेको छ। मुलुककै प्रमुख नाकामा रहेको यो भन्सार तालुक निकाय भन्सार विभागले सम्भावना आँकलन गर्दै दिएको मासिक लक्ष्यमा पुग्न लागतार ६ महिनादेखि असफल छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्