आफूसँग भएको यातनापूर्ण व्यवहार र शोषणबाट आजित भएर वीरगन्ज कारागारमा एक कैदीले आत्महत्याको प्रयास गरेका छन्। कैद भुक्तान गरी रिहा भएका एक कैदीले जेलको यातना सहन नसकेर एक कैदीले आत्महत्याको प्रयास गरेको जानकारी दिए।
मंसिर २३ गते उद्योगले प्रदुषण गरेको बहानामा जितपुरसिमरा उपमहानगरपालिका प्रमुख कृष्ण पौडेल नेतृत्वको टोलीले वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत सिमरामा सञ्चालन गरिएका शालिमार सिमेन्ट र युनिटेक उद्योगमा ताला लगाए। शालिमारमा लगाइएको ताला भोलिपल्टै खोलिएको थियो भने युनिटेकमा लगाइएको ताला एक पहिनापछि मात्रै खोलिएको थियो।
बारा र पर्सामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण कलैया र वीरगन्जका अस्पतालमा घाइतेको चाप बढेको छ। पर्साका विभिन्न अस्पतालमा ३ सय ५० जना भन्दा बढी घाइतेले उपचार गराइरहेको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए।
चिकित्सक पतिको कुटाइबाट वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जकी ४५ वर्षीया सुनिताको निधन भएको भन्दै अधिकारकर्मीहरूले शनिबार बिहान वीरगन्जमा विरोध प्रदर्शन गरेका छन्। अधिकारकर्मीहरू विरोध -यालीसहित नगर परिक्रमा गरेका थिए।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरको रुपमा रहेको सिमराको जगदम्बा स्टिल प्रालिले बिस्तार गरिरहेको नयाँ जस्ता प्लान्टलाई रोक्न स्थानीयहरुले माग गरेका छन्। बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेललाई आइतबार ज्ञापन पत्र बुझाउँदै स्थानीयहरुको एक टोलीले नयाँ जस्ताको प्लान्ट बिस्तारमा रोक लगाउन माग गरेको हो।
वीरगन्ज महानगरपालिका–११ स्थित नयाँ बस्तीमा शुक्रबार राति ६ घरमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरभन्दा पाँच सय मिटर मात्र रहेको टोलमा चोरी भएपछि स्थानीयले प्रहरीप्रति आक्रोशसमेत जनाएका छन्। श्रीपुर नयाँ टोलको सन्तोष तिवारी, कुलदीप पाण्डेय, नन्दु साह तेली, जगरनाथ यादव, राजेश कुशवाहा र असर्फी महतोको घरमा गरगहनादेखि लत्ताकपडासम्म चोरी भएको छ। ताल्चा फुटाएर चोर घरमा प्रवेश गरेको पाइएको छ। घरका मानिस होली मनाउन गएका बेला घर छानीछानी चोरी गरेको स्थानीय विद्यानन्द चौधरीले बताए। उनले तीन वर्षभित्र सो टोलका प्रायः सबै घरमा चोरी भइसके पनि प्रहरीले एउटै घटनाका दोषी समात्न नसकेको बताए।
वीरगन्जमा एककै रातमा एकै टोलका ६ वटा घरमा लहरैले चोरी भएको छ। श्रीपुर वाडा नम्बर ११ को नयाँ बस्तीमा शनिवार राति एकै साथ ६ घरमा चोरी भएपछि स्थानीय त्रसित छन्।
वीरगन्जमा आइतबार सुरु भएको अश्वमेध गायत्री महायज्ञमा सहभागी दलित समुदायका सदस्यले अभूतपूर्व अनुभूति गरेका बताएका छन्। ‘धेरै राम्रो अनुभूति हुँदैछ। कुनै अवरोध छैन, भेदभाव छैन।
वीरगञ्जमा अश्वमेध गायत्री महायज्ञ आइतवारबाट सुरु भएको छ। वैदिक कालदेखी अहिलेसम्म नेपालमा अश्वमेध आयोजनाको यो पहिलो अवसर भएको आयोजकले बताएका छन्। आइतवार सुरु भएर बुधवारसम्म अर्थात चार दिन चल्ने महायज्ञको एक समारोहबीच शुभारम्भ गरिएको छ।
वीरगन्ज उद्योग वाणिज्य संघको हालै सम्पन्न ४३औं साधारणसभाबाट निर्वाचित अध्यक्ष हुन् गोपाल केडिया। ५८ वर्षीय उद्योगी केडियाले लायन्स क्लब, जेसिस र मारवाडी युवा समाज लगायत संस्थामा क्रियाशील रहेर समाजिक छवीसमेत बनाइसकेका छन्।
वीरगन्जस्थित एकीकृत जाँच चौकी (आइसिपी) सञ्चालन भएको एक वर्ष पुग्न एक महिना मात्र बाँकी छ। भारत तथा भारत भएर हुने तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्वाकाँक्षासहित निर्मित ‘आइसिपी’ अपेक्षित उपयोगमा भने आउन सकेको छैन।
नेपालमा पहिलोपटक वीगन्जमा आयोजन हुन लागेको अश्वमेध गायत्री महायज्ञका लागि यज्ञस्थलमा गरिने विधि सुरु भएको छ। यज्ञस्थलमा दुई सय ५१ यज्ञकुण्ड निर्माणका लागि आइतबार यज्ञकुण्ड पूजन गरिएको छ। ‘यहाँ बन्ने यज्ञकुण्डहरूको निर्माणका लागि पूजासँगै यज्ञ सफल पार्न समस्त देवगणलाई आह्वान गरिएको छ,’ हरिद्वारबाट आएका जजसाहेब भनिने यज्ञका व्यवस्थापक श्री भागवान् सिंहले भने, ‘भूमि, यज्ञकुण्ड र ज्यावलहरूको पूजापछि यज्ञशालाले पूर्णता पाउनेछ।’
नेपालमा पहिलोपटक वीरगन्जमा आयोजना गर्न लागिएको अश्वमेध गायत्री महायज्ञको तयारी तीव्र पारिएको छ। अखिल विश्व गायत्री परिवारले आयोजना गर्ने महायज्ञ फागुन १९ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।
गत सोमबार विहान ११ बजे वीरगन्ज घन्टाघरदेखि सीमापारि रक्सौलसम्म पुग्ने टेम्पोमा एक महिलाले अन्दाजी १५ केजी सामान भएको एउटा बोरा राखेर केहिबेर बेपत्ता भइन्। सिट क्षमता अनुसार यात्रु भरिए। टेम्पोमा सामान हालेर बेपत्ता भएकी महिलालाई सबैले कुर्न थाले। १० मिनेटपछि महिला आइन् र टेम्पोमा बसिन्। उनको हातमा ५०–५० दरका केही थान नेपाली नोट थिए। उनको नाम सुगिया देवी रहेछ। चालकले टेम्पो गुडाउनासाथ उनले बोरालाई सिट मुनि लुकाइन्। बोरामा के छ भनी सोध्दा मरिच भएको बताइन्। यो संवाददाता त्यही टेम्पोमा थियो।
वीरगन्ज महानगरपालिकाको छप्कैया, भकुवालगायत साना बाटा अहिले तस्करीको रुटमा परिणत भएको स्थानीयले बताएका छन्। प्रहरीले ग्रामीण भेगबाट तस्करीका सामना पक्राउ गर्न थालेकाे छ। यता तस्करहरुले समेत नयाँ तरिका अपनाउन थालेका छन्।