२५ कार्तिक २०८१ आइतबार
image/svg+xml

जबरजस्ती करणीकाे आरोपमा प्रधानाध्यापक पक्राउ

जबरजस्ती करणी (अप्राकृतिक मैथुन) गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन्। फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थानस्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ बर्षीय खिलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

उपचार गर्न आएकी बालिकामाथि करणीको प्रयास, अहेब पक्राउ

उपचार गराउन आएकी एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्दै जिल्ला अस्पताल सल्लेका अहेब चन्द्रकुमार मल्ललाई प्रहरीले पक्राउ गरेको छ। मुसिकोट नगरपालिकाकी १४ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

गुण्डा नाइके लामा जबरजस्ती करणी मुद्दामा पक्राउ

गुण्डा नाइके सञ्जिव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ। लामालाई उडल्याण्ड कम्प्लेक्सस्थित उनकै नोला लाउञ्ज एण्ड बारबाट प्रहरीले पक्राउ गरेको हो।

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमानलाई तीन वर्ष कैद

आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ।

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

भोजपुर सदरमुकाममा डेरा गरी बस्दै आएकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ। टेम्के मैयुङ्ग कटि घर भई हाल ललितपुरको हात्तीवनमा बस्ने ४५ वर्षीय मित्र राईले जबरजस्तीकरणी गर्ने प्रयास गरेको पीडित परिवारले बताएका छन्।

जबरजस्ती करणीको आरोपमा एक पक्राउ

गएराति एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। कुश्मा नगरपालिका– ८ स्थित चुवाका दुर्गाबहादुर जिसीलाई प्रहरीले राति नै पक्राउ गरेको हो। आफ्नै घरमा बस्न आएकी एक आफन्त पर्ने महिलालाई अन्दाजी नौ बजेको समयमा जिसीले जबरजस्ती गरेको प्रहरीमा उजुरी परेको छ।

किशोरीलाई करणी गर्ने सूर्यबहादुरलाई सात वर्ष कैद

आफ्नै घरमा आश्रय लिएर बसेकी १५ वर्षीया किशोरीलाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ।

२९ महिने नाबालिका करणी अभियोगमा किशोर पक्राउ

जिल्ला प्रहरी कार्यालय भोजपुरले २९ महिने बालिकालाई करणी गर्न खोजेको अरोपमा एक जनालाई जर्वजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएको छ। करणी उद्योगमा भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका – ५ मझौलेका १४ वर्षीय बालकलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गराई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

वृद्धा आमालाई करणी गरेको आरोपमा छाेरा पक्राउ

भिमसेन थापा गाउँपालिका–६ मा आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । युवककी पत्नीले ६५ वर्षीया आमालाई करणी गरेको देखेपछि युवकविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । पत्नीको उजुरीका आधारमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

करणी उद्योग आरोपी युवक पक्राउ

७८ वर्षीया वृद्धामाथि जबर्जस्ती करणी उद्योगको आरोपमा २३ वर्षे युवक पक्राउ परेका छन्। पक्राउ परेका रोङ गाउँपालिका–४ का युवक सुदीप गुरुङलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जबरजस्ती करणीको आरोपमा कानून व्यवसायी पक्राउ

भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा बुधबार पक्राउ परेका छन्।

जबर्जस्ती करणीको फैसला उल्टियो

जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ।  फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन्। उनले पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भरेका छन्।

जबर्जस्ती करणीविरुद्ध तीनमहिने अभियान

केही महिनायता जबर्जस्ती करणीका घटना बढ्न थालेपछि सिरहामा प्रहरीले आइतबारदेखि तीनमहिने जनचेतनामूलक अभियान शुरु गरेको छ।

आफ्नै घरमा काम गर्ने बालिकामाथि जबरजस्ती करणी

ऋण लगानी गरेर मिटर व्याजी साहुको रुपमा मुलुकव्यापी चर्चा कमाएका श्याम प्रदेशी उपनामले चिनिने श्यामकृष्ण साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरी प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

जबरजस्ती करणी गर्ने झा पक्राउ

ज्यान मार्ने र जबरजस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई शुक्रबार प्रहरीले सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्