१० मंसिर २०८१ सोमबार
image/svg+xml

विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा

हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन्। नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो।

नेपाल एयरलाइन्सले दक्षिण कोरिया उडान गर्ने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ।

कोरियन एयरलाइन्सले हवाई भाडामा गरेको मनोमानी नियन्त्रण गर्न माग

कोरियन एयरलाइन्सले हवाई भाडामा गरेको मनोपोली नियन्त्रणका लागि सरकारले हस्तक्षेप गर्न सरोकारवाला निकायहरुले माग गरेका छन्।

दुर्गममा नेपाल एयरलाइन्सको अनलाइन ईटिकट प्रणाली शुरु

नेपाल एयरलाइन्सको नेपालगञ्जबाट जुम्ला सहित दुर्गममा उडान हुने जहाजमा अनलाइन ईटिकट प्रणाली शुरु भएको छ।

जहाज दुर्घटनामा बेपत्ता एक यात्रुको खोजी जारी छ: नेपाली सेना

काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अझै भेटिएको छैन।

विमान दुर्घटनास्थलमा श्रद्धाञ्जलीसभा

पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन पारेर विमान दुर्घटनास्थल पोखरा–७ स्थित मितेरीपुल नजिक ठीक १०ः५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो।

दुर्घटनापछि घटे हवाई यात्रु र उडान संख्या

पोखरामा चालकदलका चार सदस्य र यात्रुसहित ७२ जनाको ज्यान जानेगरि यती एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि हवाई यात्रु निकै नै घटेका छन्। यात्रु मात्र घटेका छैनन की हवाई उडान संख्या पनि आधाको हाराहारीमा घटेको हवाई कम्पनिले बताएका छन्। झन्डै आधा संख्यामा यात्रु घटेको हवाई कम्पनिले बताएका छन्।

दुर्घटना जाँच आयोगद्वारा जहाजको उपकरण र कागजात सङ्कलन

यही माघ १ गते कास्कीको पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको नाइन एन–एएनसी एटीआर–७२–५०० जहाजबारे जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले दुर्घटनस्थलबाट आवश्यक पार्टपूर्जा र वायुयानका रेकर्डसहित कागजात सङ्कलन गरेको छ।

विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न माग

‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय जानकारी दिन नसकेको र आफूहरुसँग सम्पर्कसमेत नगरेको दुःखेसो गरेका छन्।

यती एयर दुर्घटना: गोष्ठि–बैठकदेखि पाहुनाको यात्रा नै रोकियो

आन्तरिक उडानतर्फ ठुलो संख्यामा मानवीय क्षति हुने गरि पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनापछिको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ। उक्त हवाई दुर्घटनामा १५ जना विदेशी पाहुना सहित ७२ जनाको ज्यान गएको थियो। घटनापछि पोखरा आउने विदेशी पाहुनाको आगमन प्रभावित भएको र दुर्घटनाको असर आन्तरिक पाहुनाको आगमनमा समेत परेको व्यवसायीले बताएका छन्।

एमाले अध्यक्ष ओली र चिनियाँ राजदूत सोङबीच भेट

बुधबार साँझ ओली निवास बालकोटमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले ओलीसँग भेट गरेका हुन्।

यती एयर दुर्घटनाः दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टिम घटनास्थलमा

पोखरामा गत आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट विज्ञ टोली आइपुगेको छ। विदेशी विज्ञको टोली बुधबार नै पोखरास्थित घटनास्थल पुगेको छ। एटिआर विमान निर्माता कम्पनिबाटै प्रतिनिधि आएको नेपाल नागरिक उड्ययन प्राधिकरणले बताएको छ।

पोखराबाट ल्याइएका ४८ शव परीक्षण गरिँदै

नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौँ ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको यती एयरलाइन्सले जनाएको छ।

यती विमान दुर्घटना संयोग मात्रै हो त?

यती समूहले व्यहोरेका १४ मध्ये ७ वटामा मानवीय क्षति भएको छ। २५ मे २००४ मा सोलुखुम्बुमा भएको दुर्घटनामा पहिलोपटक मानवीय क्षति भएको हो, जसमा ३ जनाको मृत्यु भएको थियो।

विमान दुर्घटना: पोखरामा पहिचान नभएका शव भोलि बिहान काठमाडौँ लगिने

पोखरामा आइतबार यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव भोलि हेलिकप्टरबाट काठमाठौँ लगिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्