२१ आश्विन २०८१ सोमबार
image/svg+xml

छानविन समितिले भन्यो : संसदले खरिद गरेका सबै गाडीमा कमजोरी

संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ।

‘गाउँपालिका अध्यक्षले गाडी चढ्ने, हामीले ट्याम्पु चढ्नुपर्ने?’

प्रतिनिधिसभाको बैठकमा सांसदलाई सरकारी गाडीको सुविधा उपलब्ध गराउनुपर्ने माग उठेको छ। मंगलबारको बैठकमा शून्य समयमा बोल्दै समाजवादी पार्टी नेपालकी सांसद रेणुका गुरुङले मर्यादाक्रममा आठौं तहमा रहेका सांसदलाई सरकारी गाडी दिन सरकारसँग माग गरिन।

नयाँ गाडी नचढ्ने उपमेयरको घोषणा, एम्बुलेन्स किन्ने निर्णय

गाउँका सिंहदरवारका जनप्रतिनिधिबीच कसले बढी सेवा सुविधा लिने भन्ने होड चलिरहेको समाचार आइरहँदा उदयपुरको कटारी नगर उपप्रमुख भिमकुमारी राउतले सुविधाको गाडी नचढ्ने घोषणा गरेकी छिन् । नगरपालिकाको गत असार दोस्रो साता सम्पन्न चौथो नगरसभाले उपप्रमुखका लागि छुट्टै गाडी (जिप) खरिद गर्ने निर्णय गरे अनुसार खरिदको प्रक्रियामा जान लाग्दा राउतले गाडी सुविधा नलिने निर्णय गर्दै सो रकमबाट एम्बुलेन्स किन्न सुझाएकी हुन्।

नगर अधिकृतको गाडीले एक भारतीयको मृत्यु

एक नगर अधिकृतको गाडीले ठक्कर दिएपछि एक भारतीय नागरिकको मृत्यु भएको छ। रौतहटको बौधीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीको ठक्करले मंगलबार एक भारतीयको मृत्यु भएको हो।

अनुदानका गाडी प्रयोगविहीन

विष्णुमति किनार छेउमै काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग छ। विभागअन्तर्गत ट्रान्सफर्मर स्टेसनको परिसरमा चुलिएको फोहोरको दृश्य टाढैबाट देखिन्छ। त्यसको ५ मिटर पर नपुग्दै करिब २ दर्जन सेतो रंगका मिनी ट्रक लामबद्ध राखिएका छन्। केही वर्षअघिसम्म चिटिक्क देखिएका यी ट्रकको अहिले स्वरूप नै परिवर्तन भएको छ। सेतो रंगको ट्रक खिया लागेर खैरो देखिन थालेका छन्। ट्रकका सिसा लेउ लागेर हरिया भएका छन्। ऐना यताउता बांगिएका छन्। घामको किरण पर्दा खिया लागेका ऐना पहेँला देखिन्छन्। टायरका हावा खुस्किएर लचक्क लच्किएका छन्। वषौँदखि थन्किएका यी ट्रकका वरपर घाँस र झारपात उम्रिएको छ।

जनप्रतिनिधिको सवारीसाधन मोह

जनतालाई अति आवश्यक एम्बुलेन्स, दमकलजस्ता सवारीसाधन किन्नुपर्ने हो तर, जनप्रतिनिधिले आफ्नो घरमा गाडी थन्काएर सरकारी गाडी चढ्नु आफ्नो सेवा सुविधाको लागि मात्र भएको प्रष्ट छ।

भारतीय गाडी नियन्त्रण गर्न प्रहरी अभियान

एउटा गाडी भारतमा चोरी भयो भनी बिमाको रकम उठाएर नेपालमा ल्याई भाडामा चलाउँदै गरेको पाइयो, भारतीय स्कुटीको नम्बर हालेर कार चलाइरहेको पनि भेटियो।

भारतीय गाडीबाटै गाँजा तस्करी

विशेष सूचनाका आधारमा खटाइएको प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक वीरगंज–२५, बहुअरीबाट बिआर २८ जी २७७० नम्बरको बोलेरो गाडीमा बनाइएको ‘फल्स बटम’भित्रबाट गाँजा बरामद गरेको हो।

पहिरोले पुरिँदा गाडीमा सवार दुई जनाको मृत्यु, ७ जना घाइते

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्रमा पहिरोले टाटासुमोको पछाडिको भाग पुरिँदा दुई जनाको मृत्यु भएको छ। घटनामा ७ जना घाइते भएका छन्।

करौडौंका सडकमा गुडेनन् गाडी

हिउँदको समयमा करोडौं रकम खर्च गरेर बाटो खन्ने र वर्षाको भेलले बगाउँदा जनता सडक सञ्जालबाट टाढिएका छन्।

दुई भारतीयसहित तीन गाडी प्रहरी नियन्त्रणमा

वीरगञ्जमा दुई भारतीयसहित तीन गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। भारतीय नम्बरका सवारी साधनहरु राजस्व छली पर्सामा अवैध रुपमा चलाइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। भारतीय गाडी डब्लुबिडी ९६६८ र पिबी२२ एन१५२७ नम्बरको गाडी नियत्रणमा लिएको हो।

भिसिटिएस जुनसुकै हालतमा कार्यान्वयन : महानिर्देशक

राजस्व अनुसन्धान विभागले मालबाहक गाडीको अनुगमन प्रणाली (भेहिकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम–भिसिटिएस) जुनसुकै हालतमा पनि कार्यान्वयन गरेर नै छाड्ने जनाएको छ।

सद्दे थन्क्याउँदै, नयाँ किन्दै

संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै उनीहरुलाई नयाँ गाडी दिने तयारी भएको छ। पहिलो लटमा चार समितिका सभापतिलाई गाडी उपलब्ध गराइसकिएको छ। दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराउने तयारी छ। संसद् सचिवालयले केही दिनभित्रै दोस्रो लटमा ११ सभापतिलाई गाडी उपलब्ध गराइने जनाएको छ। सचिवालयले ६ करोड १६ लाख रुपैयाँ खर्चेर ११ स्कोर्पियो गाडी खरिद गरिसकेको छ।

साउनदेखि गाडी थन्काउने ट्रक व्यवसायीको चेतावनी

ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत् निगरानी गर्ने गरी सरकारले बजेटमार्फत् ल्याएको नीति अव्यवहारिक भएको भन्दै सच्याउन प्रदेश ५ का ट्रक व्यवसायीले माग गरेका छन। नीति तत्काल नसच्याए साउन १ गते देखि सवारीसाधन घर, ग्यारेजमा थन्काउन बाध्य हुने चेतावनी पनि व्यवसायीले दिएका छन्।

विषादी परीक्षण नगरे भारतीय गाडी नाकामै जलाउने चेतावनी

नेपालको मौलिक राज्य व्यवस्था नेपालतन्त्र र नेपालवादको माग राख्दै आएको हाम्रो पार्टी नेपालले आफ्नो आधिकारिक नीति तथा कार्यक्रम र सरकारसँगको माग पत्र सार्वजनिक गरेको छ। करिब भूमिगत शैलीमा आफ्नो राजनीतिक गतिविधि संचालन गर्दै आएको उक्त पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्