८ आश्विन २०८१ मंगलबार
image/svg+xml

समाचार संकलनमा रोक लगाएकाेमा महानगरद्वारा दुःख प्रकट

समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ।

समाचार संकलनमा रोक लगाएकोमा निन्दा

समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन्।

एक अर्ब ६६ करोड राजश्व संकलन

जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आर्थि वर्षको माघ मसान्तसम्ममा १ अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ।

५ करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

बाकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ को माघ मसान्तसम्म ५ करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ।

खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापन गरिँदै

इलाम सदरमुकामलाई २० वर्षसम्म चौबीसै घण्टा खानेपानी दिनेगरी सञ्चालन गर्न लागिएको तेस्रो साना सहरी खानेपानी आयोजनाका लागि रकम संकलन र जग्गा व्यवस्थापनको काम अघि बढाइएको छ। उपभोक्ता समितिले मुहानबाहेक विभिन्न स्थानमा राखिने ट्याङकीको जग्गा व्यवस्थापन भइरहेको र जनसहभागिताको रकम संकलन सुरु गर्न लागेको जनाएको छ।

सहयोग संकलनका नाममा ठगी

पोखरा लेखनाथ उपमहानगरपालिका स्थित फेवातालका रमेश पाण्डे यतिबेला रुकुम (पश्चिम) को सदरमुकाम मुसीकोट खलंगामा छन्। उनी यहाँ आर्थिक सहायता मागिरहेका छन्। जिल्ला प्रशासन कार्यालय पोखराको छाप र प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर भएको पत्र देखाउँदै उनी सहयोग मागिरहेका छन्।

सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु

नेकपा एमाले आफ्नो अडानबाट पछाडि हटेपछि ६ नम्बर प्रदेशमा सरकार गठन प्रक्रिया अगाडि बढेको छ । एमालेले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने अडान राख्दै आएको थियो । एमाले आफ्नो अडान छोडेर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनका लागि हस्ताक्षर संकलनमा लागेको छ।

अग्नी पीडितका लागि हङकङमा राहत संकलन

खोटाङको हलेसीका अग्नी पिडितका लागि हङकङमा ५ लाखभन्दा बढि राहत संकलन भएको छ। नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले निर्माण गरेको टहरामा कष्टकर जीवन बिताइरहेका अग्नी पीडितको सहयोगका लागि सञ्चालन गरिएको अभियानकाक्रममा ४० हजार १ सय ८० हङकङ डलर संकलन गरिएको खोटाङ समाजका पुर्वअध्यक्ष तेजप्रकाश राईले बताए।

६ महिनामा करिब अढाई अर्ब राजस्व संकलन

कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा करिब अढाई अर्ब राजस्व संकलन गरेको छ । साउनदेखि पुस महिनासम्म लक्ष्यको १३०.६१ प्रतिशत राजस्व संकलन गरिएको भन्सार कार्यालयले जनाएको छ ।

राजस्व संकलनको क्षेत्र बढाउनु चुनौतीपूर्ण

गत वर्षको बजेट हेर्ने हो भने कुल राजस्व सात सय ३० अर्ब रुपैयाँ थियो । जबकी हाम्रो चालु खर्च आठ सय तीन अर्ब रुपैयाँ छ । राजस्वले चालु खर्च पूरा गर्न सकेको अवस्था छैन । घाटा बजेट छ । कर बढाउन त सकौंला । राजस्वले कुल गार्हस्थ उत्पादन (जिडिपी)मा २२.३ प्रतिशत योगदान गरेको छ ।

यातायातमा १२ अर्ब राजस्व संकलन

यातायात व्यवस्था विभागले चालु आर्थिक वर्षको ६ महिनामा १२ अर्ब एक करोड ९६ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

लक्ष्यभन्दा २२ करोड बढी राजश्व संकलन

आन्तरिक राजश्व कार्यालय दाङले चालू आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा रु ८५ करोड २६ लाख ७१ हजार राजश्व संकलन गरेको छ।

दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

आन्तरिक राजस्व कर्यालय भरतपुर चितवनले चालु आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख ४ हजार बढी राजस्व संकलन गरेको छ।

छ महिनामा ५९ अर्ब राजश्व संकलन

बिरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७४–७५ को पछिल्लो ६ महिनामा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिएका सामानबाट रु ५९ अर्ब ३७ करोड ९७ लाख १२ हजार राजश्व संकलन गरेको छ।

एक अर्ब ६० करोडभन्दा बढी राजश्व संकलन

रसुवागढी भन्सार कार्यालयले आर्थिक वर्षको ६ महिनामा एक अर्ब ६० करोडभन्दा बढी भन्सार असुली गरेको छ। साउन महिनादेखि पुस मसान्तसम्ममा एक अर्ब ६० करोड ९५ लाख राजश्व संकलन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्