१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सहायक रजिष्ट्रार पन्थी विरुद्ध मुद्दा

एक लाख घुस सहित पक्राउ परेकी कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीता कुमारी पन्थीविरुद्ध अख्तियारले बुधवार मुद्दा दर्ता गरेको छ। कम्पनी रजिष्ट्रारमा दर्ता भएको निजी स्कुललाई कम कर लगाउने भन्दै उनले घुस रकम मागेकी थिइन।

निरौलाद्वारा पदभार ग्रहण

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले मंगलबार पदभार ग्रहण गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्चको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने न्याय सेवा आयोगको सिफारिस अनुमोदन गरेपछि निरौलाले मंगलबार पदभार ग्रहण गरेका हुन्।

एक लाख घुससहित सहायक रजिष्ट्रार पन्थी कलंकीबाट पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुससहित कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिष्ट्रार गीता कुमारी पन्थीलाई नियन्त्रणमा लिएको छ। घुसबापतको रकम लिएर छोरी पोषण पन्थीलाई राख्न दिएको अवस्थामा दुवै जनालाई काठमाडौं १४ कलंकीस्थित एनएमबी बैंकको पार्किङ्गबाट सोमवार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

पूर्वाञ्चल विश्वविद्यालयकाे सहायक रजिष्ट्रार र डिन नियुक्ती बदर गर्न माग

पूर्वाञ्चल विश्वविद्यालयमा गैर कानुनी रुपमा सह रजिष्ट्रार र सह डिनको नियुक्ती गरिएको भन्दै बदर गर्न माग गरिएको छ।

काममा फर्कीए रजिष्ट्रार

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बिहीबारदेखि कामकाज सुरु गरेका छन्।

कम्पनी रजिष्ट्रारमा अनलार्इन भुक्तानी सेवा सुरु

कम्पनी रजिष्ट्रार कार्यालयले आज देखि अनलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनी दर्ता तथा स्वामित्व हस्तान्तरणका लागि अनलाईन मार्फत आवेदन लिने प्रक्रिया सुरु गरेको २ वर्ष पछि कार्यालयले अनलाईन पेमेन्ट सेवा सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्