८ वैशाख २०८१ शनिबार
अर्थ

कम्पनी रजिष्ट्रारमा अनलार्इन भुक्तानी सेवा सुरु

फाइल तस्बिर

काठमाडौ– कम्पनी रजिष्ट्रार कार्यालयले आज देखि अनलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ। कम्पनी दर्ता तथा स्वामित्व हस्तान्तरणका लागि अनलाईनमार्फत आवेदन लिने प्रक्रिया सुरु गरेको २ वर्षपछि कार्यालयले अनलाईन पेमेन्ट सेवा सुरु गरेको हो।

कार्यालयलाई तिर्नुपर्ने सबैखाले रकम अनलाईनमार्फत भुक्तानी गर्न मिल्ने यो प्रणालीबाट अधिकतम १ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिन्छ।

अनलाइन भुक्तानी प्रणालीको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादबले उद्घाटन गरेका हुन्। सो क्रममा मन्त्री यादवले अनलाइन पेमेन्ट सेवाले कम्पनी रजिष्ट्रार कार्यालय भित्र हुने अनियमीतता र ढिलासुस्ती अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा गरे।

कार्यक्रममा उद्योग सचिव यमकुमारी खतिवडाले इपेमेन्ट अझै प्रभावकारी बनाउन र वढी रकमसमेतको भुक्तानी गर्न सकिने बनाउन केही कानुनी सुधारहरु वाधक रहेकोले ती सुधार गर्नुपर्ने धारणा राखेकी थिईन। पारदर्शीता कायम गर्न यो प्रणाली प्रभावकारी हुने उनको भनाई थियो।

 

प्रकाशित: २५ मंसिर २०७५ ०९:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App