२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चालु आवमा ५.८४% आर्थिक वृद्धिदर

कोभिड–१९ का कारण चालु आर्थिक वर्ष (आव) का केही महिना प्रभावित भए पनि ५.८४ प्रतिशतले मुलुकको अर्थतन्त्र विस्तार हुने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ।

पुँजी बजारबाट अघिल्लो वर्षभन्दा १३ गुणा बढी कर

आर्थिक वर्ष २०७६/७७ मा करिब एक अर्ब १५ करोड रूपैयाँ कर संकलन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १३ गुणाभन्दा धेरैले वृद्धि भई सरकारले साढे १५ अर्ब रूपैयाँ कर संकलन गरेको छ।

बेरुजु ४ खर्ब १८ अर्ब: सबैभन्दा बेथिति प्रदेश २ मा

सत्तामा बसेकाहरूले आर्थिक अनुशासन मिचेर जथाभावी ढंगले खर्च गरेपछि बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ। यो रकम आर्थिक वर्ष २०७६/७७ सम्मको हो।

नमुना समाजको बेइमानीः पेस्की फर्छ्यौटका लागि नक्कली बिल र हस्ताक्षर

चिंगाड गाउँपालिकाले वीरेन्द्रनगरस्थित नमुना समाजसँग अघिल्लो आर्थिक वर्ष चारवटा टोललाई नमुना गाउँ निर्माणका लागि ६ करोड २९ लाखको सम्झौता गर्‍यो। सम्झौतामा गाउँपालिकाले १ करोड २९ लाख र नमुना समाजले ५ करोड रुपैयाँ खर्चिने उल्लेख छ। सम्झौता लगत्तै नमुना समाजले गाउँपालिकाबाट १२ लाख रुपैयाँ पेस्की लग्यो। आव २०७६/७७ को अन्त्यतिर नमुना समाजले १ करोड रुपैयाँ बराबरको बिल भपाई गाउँपालिकामा पेस गर्‍यो।

२०७६/७७ मा उदयपुर अदालतका ६ सय ५९ मुद्दा किनारा

उदयपुरमा आर्थिक वर्ष ०७६/७७ मा साढे ६ सयबढी मुद्दा किनारा लागेको छ । जिल्ला अदालतले सार्वजनिक गरेको ‘वार्षिक मुद्दा फर्छ्यौट विवरण’ मा बलात्कार, सम्बन्ध विच्छेद र लागुऔषधलगायत बिबिध मुद्दाहरु द्रुतगतिमा छिनोफानो भएको उल्लेख छ ।

कर्णालीको बजेट खर्च १६ अर्ब

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १६ अर्ब ३६ करोड रुपैयाँँ बजेट खर्च गरेको छ । ३४ अर्ब ३५ करोड रुपैयाँ बजेट ल्याएको प्रदेश सरकारले अघिल्ला आर्थिक वर्षझैं गत वर्ष पनि लक्ष्य अनुसार खर्च गर्न सकेन ।

चालु बजेटमा मनपरी खर्च, असारमा मात्र एक खर्ब १६ अर्ब

आर्थिक वर्ष २०७६/७७ को अन्तिम महिना असारमा मात्रै चालु बजेटको एक खर्ब १६ अर्ब रुपैयाँ खर्च भएको छ। अघिल्ला महिनामा भएको खर्चसँग तुलना गर्दा असारको खर्च अस्वाभाविक र मनपरी रुपमा गरेको देखिन्छ।

वीरगन्ज महानगरको बजेट तीन अर्ब साढे ८६ करोड

मुलुककै ब्यपारीक नगरी तथा प्रदश २ को एकमात्र महानगरपालिका वीरगन्जले आगामी आर्थिक वर्ष ०७७/७८ का लागि तीन अर्ब ८६ करोड ५१ लाख रुपैयाँको बजेट ल्याएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्