१० आश्विन २०८१ बिहीबार
image/svg+xml

आप्रवासीका शिविरमा आगलागी, एक हजार व्यक्ति भागेको आशंका

ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेका छन्।

८० प्रतिशत आप्रवासीको बचत शून्य

विदेशमा कार्यरत नेपाली कामदारमध्ये ८० प्रतिशतले विदेशमा श्रम गर्दा कमाएको धेरै पैसा घरपरिवारका महिनैपिच्छेको आवश्यकता पूर्तिमै सकिएको बताएका छन्। जसले गर्दा स्वदेश फर्केर स्वरोजगारमा संलग्न हुन आर्थिक अभाव हुने उनीहरुको भनाइ छ।

अमेरिकी राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश आप्रवासीका लागि इतिहासकै कठोर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेकाे कार्यकारी आदेशमार्फत आफ्नो अनुदार आप्रवासी नीतिलाई अझ कडाईका साथ निरन्तरता दिएका छन्।आप्रवासीका क्षेत्रमा काम गर्ने ज्ञाताहरुका अनुसार गत सोमबार जारी कार्यकारी आदेश अमेरिकी आप्रवासी ईतिहासकै कठोर मानेका छन्। राष्ट्रपति ट्रम्पले आगामी नोभेम्बरमा हुन गईरहेको राष्ट्रपति चुनाव केन्द्रित गरेर कार्यकारी आदेश जारी गरेको आप्रवासी कानुनका जानकार एटोर्नी डिल्लीराज भट्टले नागरिकन्यूजलाई बताए।

ग्रिसले अवैध आप्रवासीलाई फिर्ता पठाउने कास्टानिज

ग्रिसले यही मार्च १ पछि अवैधरूपमा ग्रिस प्रवेश गरेका आप्रवासीलाई उनीहरू आएकै स्थानतर्फ फर्काउने जनाएको छ। उनीहरू छिमेकी मुलुक टर्कीको सेरेजबाट बिना इजाजत ग्रिस प्रवेश गरेका थिए। ग्रिसका आप्रवासमन्त्री नोटिस मिटाराचीले रातिको समयमा लुकिछिपी ग्रिस पुगेकाहरूलाई पक्राउ गरी उनीहरूकै देशतर्फ फर्काइने जानकारी दिए।

ग्रिसले आप्रवासीका आवेदन नलिने, टर्कीबाट प्रवेश रोक

ग्रिसले आगामी महिनादेखि आप्रवासीका आवेदन नलिने घोषणा गरेको छ। यसअघि टर्कीले आप्रवासीहरूलाई युरोपतर्फ जाने प्रवेशद्वार खोलिदिएको बताएको थियो।

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

ग्रीसले टर्कीको सीमाभित्र प्रवेश गर्न चाहने झण्डै १० हजार आप्रवासीलाई सीमामै रोकेको त्यहाँको सरकारले जनाएको छ।

‘श्रमिकको सीप र क्षमता विकासमा जोड देऊ’

केन्द्रीय तथ्यांक विभागका अनुसार हाल विदेशिने युवामध्ये १.५ प्रतिशत मात्र सम्बन्धित काममा दक्ष भएर वैदेशिक रोजगारीमा जाने गर्छन्। सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा एकातिर नेपालले प्राप्त गर्ने रेमिटेन्स वृद्धि हुन सकेको छैन भने अर्कोतर्फ त्यस्ता युवा जोखिममा पर्ने गरेका छन्।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसमा चेतनामूलक नाटक

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस विविध कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा बुधबार सदरमुकाममा चेतनामूलक र्‍याली र नाटक प्रदर्शन गरियो।

'उत्पादनशील क्षेत्रमा रेमिट्यान्स लगानी गर्नुहोस्'

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले साताव्यापी अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ को उद्घाटन गरेका छन्। मन्त्री यादवले आप्रवासी कामदार दिवस २०१९ को अवसरमा सर्लाहीको हरिवनमा आयोजित ‘विदेशबाट आएको विप्रेशणको उत्पादनमूलक प्रयोगका लागि अवसर र चुनौती’ विषयक छलफल कार्यक्रम गमलामा पानी हालेर उद्घाटन गरेका हुन्।

मौरिटानिया नजिक डुङ्गा दुर्घटना, ५८ जना आप्रवासीको मृत्यु

अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ।

४० आप्रवासी उद्धार

टर्कीको एजियन तटीय क्षेत्रमा कम्तीमा ४० जना गैरकानुनी आप्रवासीको उद्धार गरिएको टर्कीको राष्ट्रिय रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ।

लिबियाबाट २ सय अवैध आप्रवासी फिर्ता

लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २ सय जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ।

पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ

पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन्। उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन्।

आप्रवासी कामदारसम्बन्धी सम्मेलन नेपालमा

नेपालमा कात्तिक २६ देखि २८ सम्म आप्रवासी कामदारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले सम्मेलनको जानकारी गराउँदै नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, प्रतिनिधिसँग मंगलबार छलफल गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्