८ वैशाख २०८१ शनिबार

कोरोना कहरमा साउन : मेहन्दी र हरियो चुरा किन्नेको छैन भिड

साउन महिना महिलाहरूका लागि विशेष महिना हो। यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ। धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ। यो महिनामा भगवान शिवको विशेष पूजार्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ। साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन।

फेसनेबल महिना साउन : हरियो, पहेलो र मेहन्दीको मौसम

साउनलाई फेसनको महिना भनेर भनिन्छ । अरू महिनाभन्दा साउन महिनामा महिलालाई फेसनले बढी नै छुने गर्छ । यस महिनामा महिलाहरुले हरियो पहेँलो रंगका चुरा, पोते, हातमा मेहन्दी लगाएर सजिएर हिँड्छन् । त्यति मात्रै हैन, साउनको प्रत्येक सोमबार व्रत बसेका महिलाको फेसनले त आँखा नै तिरमिराउँछ । उनीहरुले लगाएका हरिया, पहेँला रंगका बस्त्रहरुले साउन महिना पहिचान गर्न पनि मुस्किल पर्दैन ।

साउन : पोते र मेहन्दी (भिडियो)

साउनको महिना, आउँदै गरेको तीज काठमाडौंको इन्द्रचोकको पोते बजार निकै व्यस्त छ। सतुंगलबाट आएकी दुर्गा ज्ञवाली पोते बजारमा नौगेडी बनाउँदै गरेकी भेटिइन्। साउन महिनादेखि तीज र दसैँसम्म लगाउनका लागि नौगेडी किन्न लागेको उनी बताउँछिन्।

मेगाको मेहन्दी उत्सव

महिला ग्राहकका लागि मेगा बैंकले मेहन्दी उत्सव आयोजना गरेको छ । साउन महिनाभर चल्ने यो उत्सवमा ग्राहकले मेगा बैंकका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन्।

साउनमा मेहन्दीको महत्व

साउन महिना लाग्यो । साउन महिनालाई महिलाहरूले विशेष महत्व दिन्छन् । मेहन्दी लगाउने पर्वका रुपमा समेत साउनलाई लिने गरिन्छ । यस समय महिलाहरु सोमबारको ब्रत पनि बस्ने गर्छन् । साउन महिनामा हरेक उमेरका महिला तथा युवतीले हातमा हरियो चुरा र मेहन्दी लगाएको देख्न सक्छौँ ।

साउनसँगै मेहन्दी

साउन लागेसँगै धेरैजसो महिला हरियो पोते, हरियो चुरा अनि रातो  सारीमा  सजिन्छन्। राजधानीका सपिङ मलदेखि गाउँघरका मठमन्दिरमा  मेहन्दी लाउने र लगाउनेको भिड लाग्छ। स–सना केटाकेटीदेखि अधवैंशे महिलासम्म हरिया चुराको छनछन र मेहन्दीको गाढा रङमा रमाउँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्