११ मंसिर २०८१ मंगलबार
image/svg+xml

छाला र मस्तिष्कको सम्बन्ध

छाला र दिमागको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । हुन त कुनै पनि रोग लाग्नुमा दिमागको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसकारण बिरामीले  मानसिक तनाव लिनु हुँदैन । त्यसका लागि मेन्टल रिल्याक्स गर्नुपर्ने हुन्छ । मानसिक तनाव छ भने  जुनसुकै रोग भए पनि बढ्न जान्छ ।   झन् स्लोरोसिस त अलिकति बढी तनाव लिनेबित्तिकै बढ्न थालिहाल्छ । त्यसैले चोटपटक, चिन्ता र चुरोट–रक्सी बिल्कुलै नलिन हामी सचेत गराउँछौँ ।

समरमा छालाको स्याहार

गर्मीमा छालालाई विशेष स्याहार गर्न जरुरी हुन्छ । गर्मीमा घाम र तातो हावाले छालाको प्राकृतिक सुन्दरता मार्छ । र, छालालाई फुस्रो बनाउँछ । त्यसकारण यो मौसममा छालाको हेरचाह अरु समयभन्दा बढी गर्न जरुरी हुन्छ ।

गर्मीमा कसरी गर्ने छालाको हेरचाह

गर्मी मौसम छालासम्बन्धी रोगका लागि पनि संवदेनशील मौसम मानिन्छ। यो मौसममा सूर्यको ताप चर्को हुने, वातवरणमा सुक्ष्म जीवाणु र किराफट्यांग्रासमेत यही मौसममा बढी सक्रिय हुन्छन्। यी वातवरणमा हाम्रो छालाको सम्पर्क हुन पुगेमा छालासम्बन्धि विभिन्न रोग लाग्ने छाला रोग विशेषज्ञ बताउँछन्।

पाटे बाघको छालासहित पक्राउ

संरक्षित पाटे बाघको छाला र हड्डीसहित एक युवकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पूर्वी मकवानपुरको वागमती गाउँपालिका–४, सल्लेनी जरायोटारका २९ वर्षीय चेतबहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको हो।

रेड पाण्डाको छाला सहित दुई पक्राउ

प्रहरीले रेड पाण्डाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ। बाजुरा स्वाभिकार्तिक गाउँपालिका–२ घर भई काठमाडौं मैतिदेवी बस्ने २२ बर्षीय धर्वेन्द्र शाही र सोही ठाउँ घर भई नयाँबानेश्वर बस्ने २३ बर्षीय सुशील शाहीलाई १ थान रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो।

चितुवाको छालासहित दुई पक्राउ

नेपालमा वन्यजन्तु संरक्षण र अवैध कारोबार नियन्त्रण गर्न सक्रिय भएपनि रकमगत आकारमा धेरै मूल्यमा विक्री हुने हुँदा दुर्लभ वन्यजन्तुको चोरी–निकासी हुने क्रम दिनानुदिन बढ्दो छ। वन विनास र वासस्थान अतिक्रमणसँगै पैसा कमाउने गिरोह सक्रिय हुँदा वन्यजन्तुको चोरी– निकासी बढेको हो।

हाब्रेको छालासहित ४ जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु हाब्रेको छालासहित ४ जनालाई पक्राउ गरेको छ। ब्यूरोबाट खटिएको टोलीले अवैधरुपमा हाब्रेको दुई थान छाला ओसारपसार गरी खरिद बिक्री गर्न लागेको अवस्थामा बूढानीलकण्ठबाट मकवानपुरका विनोदकुमार राना, स्याङ्जाका हर्कबहादुर आले, नुवाकोटका राजकुमार तामाङ र भोजपुरका ध्यानबहादुर राईलाई आइतबार पक्राउ गरेको हो।

चितुवाको छालासहित तीन पक्राउ

सदरमुकाम बेसीसहरमै चितुवाको छालासहित तीनजना युवा पक्राउ परेका छन्। बेसीशहर नगरपालिका वडा ८ झिंगेखोलास्थित घलेगाउँ होटलबाट शुक्रबार राति चितुवाको एकथान छालासहित पक्राउ परेका सुन्दरबजार नगरपालिका ५ तार्कुका २७ वर्षीय बिनोद तामाङ, सुन्दबजार नगरपालिका ४ दुराडाँडाका २७ वर्षीय राजेश अधिकारी र सुन्दरबजार नगरपालिका ६ सुन्दरबजारका २७ वर्षीय कमल तामाङलाई जिल्ला प्रहरी कार्यालयले शनिबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

जाडो याममा छालाको हेरचाह कसरी गर्ने ?

जाडोको समयमा छालाको राम्रोसँग हेरचाह गर्नुपर्छ । जाडोमा हाम्रो शरीरबाट छालालाई चाहिने चिल्लो पदार्थ कम उत्पादन हुँदा छाला फुस्रो, सुख्खा, खस्रो, फाट्ने हुन्छ । त्यसैले छालालाई मुलायम तथा नरम राख्नका लागि मोस्चराइजिङ क्रिम तथा लोसनको समयसमयमा राम्रो तरिकाले प्रयोग गर्नुपर्छ । सकेसम्म जाडोयाममा साबुनको प्रयोग कम गर्नुपर्छ । साबुन प्रयोग गर्दा छाला फुस्रो, कडा, चिलाउने र एलर्जीजस्ता समस्या देखापर्छ ।

छालाको हेरचाह

मानिसको छाला सामान्य, सुख्खा, तैलीय,  सुख्खा र तैलीयको मिश्रण र संवेदनशील किसिमको हुन्छ ।  आँखा मुनिको डार्क सर्कल अर्थात् कालो दाग रगतको खराबीले हुने गर्छ । यसले आँखाको तल कालो वा नीलो दाग बसाउँछ । यो पिगमेन्टेसनका कारण पनि हुने गर्छ । पिगमेन्टेसन भनेको मानिसको छालाको रङको परिवर्तन हुने प्रक्रिया हो । जुन केही शरीरको असामान्य अवस्थामा हुने गर्छ । आँखा मुनिको डार्क सर्कल देखियो भने तपाईंले बुझ्न आवश्यक छ, या त तपाईंको रगतमा खराब तरिकाले रक्तसञ्चार भइरहेको छ कि त आँखाको तनाब बढिरहेको छ । पिगमेन्टेसनका कारण पनि यस्तो भइरहेको हुनसक्छ ।

छालालाई चम्किलो बनाउने उपाय

हामी नेपाली चाडपर्वप्रेमी छौँ । हरेक चाडमा हामीलाई रम्रिनु र राम्रो देखिनुपर्छ । हामीले दसैँ–तिहार होस् या अन्य चाडबाड, सबै बेला लुगाफाटो, सरसमान जोर्नमा धेरै ध्यान दिन्छौँ तर छालाको स्याहारका बारेमा त्यति सोच्दैनौँ । त्यस्तै ध्यान हामीले हाम्रो छालाका लागि पनि दिनुपर्छ । हामीले दिनहुँ यसको ख्याल गर्न नसके पनि फुर्सदको समयमा भने ख्याल राख्नुपर्छ । हाम्रो बाहिरी रुप भनेको छाला हो । त्यसैले यसको हेरविचारमा विशेष ध्यान पुर्याउनुपर्छ । दसैँको समय भनेको गर्मी र जाडो बीचको समय हो । यो समयमा हामीले छालाको विशेष हेरविचार गर्नुपर्ने हुन्छ ।

गर्मीमा छालाको सुरक्षाका लागि दही

आफ्नो शरीरमा सुन्दर र आकर्षक छाला होस् भन्ने चाहना हरेक मानिसको हुन्छ तर कैयौँ प्रयास गर्दा पनि कतिपयको यस्तो चाहना पूरा हुन सक्दैन । अझ गर्मी मौसममा त छालाको सुरक्षा गर्ने विभिन्न चिन्ता उत्पन्न हुने गरेका छन् । छालाको सुन्दरताका लागि दही साह्रै उपयोगी हुनसक्छ ।

चितुवाको छाला र हड्डीसहित राेकाया पक्राउ

कालीकोटको कालीकोट पलाटा गाउँपालिका–८ का भक्तबहादुर रोकायालाई संरक्षित वन्यजन्तु चितुवाको छालासहित महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्